मान्छेले चाहे के असंभव रहेछ त ? हरेक वर्ष बर्ड फ्लुको आतंकले हैरान परेका थिए मानिस । अब भने ढुक्क हुने भएको छ । वैज्ञानिकहरूले बर्ड फ्लु नलाग्ने कुखुराको नष्ल तयार पार्न सफल भएका छन् । फोटोमा देखिएको यो घच्चीको भाले पनि त्यसैगरी हुर्किएको हो ।
वैज्ञानिकहरूले कुखुराको वंशलाई नै बदलिदिएर बर्ड फ्लु नलाग्ने बनाइदिएका हुन् । विभिन्न खाले चराहरुमा फैलिँदै यो रोग मान्छेमा नसरोस् भनेर यस्तो कुखुरा निकालिएको हो । अब बिना डर त्रास कुखुराका सपेटा खान पाइने, मानिसमा सरेर लाग्ने उपचार खर्च जोगिने, सास्ती भोग्नु नपर्ने र कुखुरामा लागेर लाखौँ लाख क्षति ब्यहोर्नु नपर्ने आशा वैज्ञानिकहरूले गरेका छन् ।
वैज्ञानिकहरूको अनुसन्धानमुलक पत्रीका साइन्सका अनुसार युरोपेली वैज्ञानिकहरूले कुखुराको वंशालाइ नै केही बदलिगरिदिएर वा नष्ल लाई अलिकति बदलिदिएर बर्ड फ्लु नलाग्ने बनाएका हुन् । क्याम्ब्रिज र एडनबर्गका वैज्ञानिकहरूले यो नष्ल बदलिएको कुखुरामा बर्ड फ्लु लाग्न सक्ने तर अरूमा भने नसर्ने दाबी गरेका छन् ।
हुनत यो बर्ड फ्लु मुख्य गरि चरामा र खासगरी कुखुरामा लाग्छ । तर मानिसमा सरेपछि श्वास प्रश्वास लगायतका अन्य समस्या ल्याउँछ । मानिसमा सरेको घटना सन् १९९७ मा हङकङमा फेला परेको थियो । सन् २००४ मा मलेशिया, भियतनाम लगायत विश्वका थुप्रै ठाउँमा देखा परे ।
अहिले तयार पारेका कुखुरा भने उनीहरूले मानिसले खाने अवस्था भैनसकेको र उनीहरू अनुसन्धानको प्रारम्भिक चरणमै रहेको बताएका छन् । आफूहरू बर्ड फ्लु लाग्दै नलाग्ने मानिसले खान हुने कुखुराको विकास गर्ने चरणमा रहेको अनुसन्धानमा संलग्न क्याम्ब्रिज विश्व विद्यालयका लोरेन्स तिलेले बताए । अहिले उनीहरूले उत्पादन गरेका कुखुरा अनुसन्धानका लागि मात्रै भएको उनीहरूको भनाई छ ।
बर्ड फ्लु लाग्ने जुन अनुवंशिकि (जिन) हुन्छ त्यसलाई नै निर्मूल गरिदिने प्रविधि भेट्टाएका हुन् । उनीहरूले विकास गरेका कुखुरामा बर्ड फ्लुको जीवाणु राखि दिएर अरू कुखुरासँग छोडीदिँदा नश्ल बदलेको र नबदलेको कुनै पनि कुखुरामा नसरेको निर्क्यौल भएपछि यो तथ्यलाई बाहिर ल्याएको दाबी गरेका छन् । बर्ड फ्लु ठूलो समस्याका रूपमा रहेका क्षेत्रमा यसले आर्थिक सुधार र मानवीय स्वास्थ्यमा ठूलो सहयोग पुग्ने आसा वैज्ञानिकहरूको छ ।
0 comments:
Post a Comment