Sahara Sansar

Saturday, April 9, 2011

स्थायी समितिको वैठकमा आएका नेता रयाफटिङको मजामा


दिनेश थापा सिन्धुपाल्चोक ।
राजधानीको कोलाहलभन्दा टाढा रहेर शान्त स्थानमा स्थायी समिति वैठक वस्न आएका एकिकृत नेकपा माओवादीका नेताहरुले सुनकोशी नदिमा रयाफटिङको मजा बटुल्ने अवसर पाएका छन् । अरनिको लोकमार्गको सुकुटेस्थित काठमाडौबाट ६९ किलोमिटर टाढाको ईक्वेटर रिसोर्टमा सरकारको पूर्णता लगायत पार्टीको विवादका विषयमा छलफल गर्न आएका नेताहरुलाई रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले हुन् । शनिवार दिउँसो साँढे एक वजे नेताहरुले वैठक स्थगीत गरेर रयाफटिङ गर्न तम्सिए ।

वैठकमा गरमागर्मी छलफलमा जुटेका नेताहरु सुनकोशी नदिको सितल पानीमा डुंगाको पाईडल खियाउँदै र पानीको छालमा भिज्दै रमाईरहेका थिए । वैठकमा विमती देखिएपनि रयाफटिङमा नेताहरुबीच एकताको सन्देश दिने प्रयास गरिएको थियो । गाईड गरिरहेका महेन्द्रसिंह थापाले गाईडको आदेश अनुसार सवैले एकैपटक पाईडल खियाउनुपर्ने बताउँदा पोलिटब्युरो सदस्य अग्नी सापकोटाले एकता आबश्यक रहेछ नि भन्दै नेताहरुको ध्यान आकर्षण गराएका थिए । तीनवटा बोटमा रहेका माओवादी नेताहरु झण्डै झण्डै बोटमा रयाफटिङको मजा बटुल्ने अवसर दिएका पनि प्यानल छुटएर बसेका थिए । पहिलो बोटमा अध्यक्ष प्रचण्डसँग उनका छोरा प्रकाश, देव गुरुङ, पोलिटव्युरो सदस्य अग्नी सापकोटा लगायत थिए ।

दोस्रो बोटमा नारायणकाजी श्रेष्ठ, मोहन वैद्य,कृष्णबहादुर महरा सहितको टोली थियो भने तेस्रो बोटमा बावुराम भट्टराई, दिनानाथ शर्मा, नरबहादुर कर्माचार्य, रामबहादुर थापाहरु बसेका थिए । तीन किलोमिटर लामो रयाफटिङमा अन्तिममा छुटेका बाबुराम सवैभन्दा अघि पुगेका थिए भने पहिला छुटेका प्रचण्डको बोट सबैभन्दा पछि परेको थियो । रयाफटिङ सकेपछि प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले रयाफटिङनेपालको पर्यटन बिकासको लागी महत्वपूर्ण पक्ष भएको बताए । पहिलो पटक जलविहारको अनुभव संगालेका प्रचण्डले चुनौति भएपनि रमाईलो अनुभव भएको सुनाए । अन्नपूर्ण पोष्टको प्रश्नमा ठट्टा गर्दै उनले भने, यो भन्दा त राजनीतिक यात्रा बढि चूनौतिपूर्ण छ नि ।

सँधै गम्भीर मुद्रामा देखिने उपाध्यक्ष बावुराम भट्टराई पनि पहिलो पटक रयाफटिङको मजा लुट्न पाएकोमा रोमाञ्चक देखिन्थे । उनले पनि प्रचण्ड जस्तै सारै रोमाञ्चक खेल भएको बताए । उनले चूनौतिपूण खेल भएकाले राजनीति गर्नेले यो खेलको अनुभव गर्नै पर्ने उनले बताए । सुनकोशी नदिमा सवैभनदा सजिलो मानिएको क्लास टु मा नेताहरुलाई रयाफटिङ गराईएको रिसोर्ट सञ्चालक महेन्द्र सिंह थापाले बताए । उनले नेताहरुलाई रयाफटिङ गराएर पर्यटन प्रवर्नदनमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae