Sahara Sansar

Sunday, April 10, 2011

जनगणनामा बास्तबिक परिचय उपलब्ध गराउन आग्रह

चन्द्र श्वर बस्तकोटि
 चैत २७ मुस्ताङ ।जनगणना सम्वन्धि सचेतना फैलाउन उद्देश्यले आइतबार मुस्ताङको सदरमुकाम जोमसोममा जिल्ला जनगणना कायालय मुस्ताङले सचेतना गोष्ठीको आयोजना गरेको छ । प्रत्येक दश वर्षमा गरिने जनगणना देश भरि जस्तै मुस्ताङमा पनि असार तिन गते देखि १३ गते सम्म हुने भएको छ । सबैलार्ई बास्तबिक परिचय उपलब्ध गराउन आग्रह गदै जनगणना सम्बन्धि सचेतना अभिवृद्धि गर्ने अभिप्रायको साथ जिल्ला गनगणना कार्यलयको आयोजनामा सचेतना गोष्ठी सम्पन्न भएको हो ।

 जेष्ठ १ देखि १८ सम्म जनसंख्याको सुचिकरण लिने त्यस्तै असार ३ गते देखि १३ सम्म राष्ट्रिय जनगणनाका लागि व्यक्तिगत विवरण संकलन गर्ने बताइएको छ भने यसको ताकी यसको कार्यालय यहि चैस १ गते स्थापना भएको थियो । यसका लागि ८ जना कर्मचारी खताइने र प्राथामिक विद्यालयका शिक्षकहरुलाई गणकका रुपमा र निम्न माध्यामिक विद्यालयका शिक्षकहरुलाई सुपरिवेक्षका रुपमा परिचालन गरिने जिल्ला जनगणना अधिकृत आनन्दराज अर्यालले बताउनभयो ।

यस भन्दा पहिला २०५७ सालको जनगणना अनुसार मुस्ताङ जिल्लाको जनसंख्या करिव १५ हजार रहेको थियो । तर यसपाली गरिने जनगणनामा मुस्ताङको जनसंख्या १७ हजार एक सय ६२ हुने जिल्ला जनगणना कार्यालयले अन्दाज गरेको छ । क्रममा  रहेका नागरिकको अवस्थाका बारेमा जानकारी हुने भएकाले राष्ट्रिय जनगणना २०६८ मा घरघरमा आउने तथ्याङ्क संकलक लाई आफ्ना बास्तबिक परिचय उपलब्ध गराउन  जिल्ला जनगणना कार्यालय मुस्ताङले आग्रह गरेको छ ।

प्रत्येक दश÷दश वर्षमा हुने जनगणनाको बारेमा जानकारी गराउन सदरमुकाम जोमसोममा आयोजना गरिएको सचेतना गोष्ठिमा कार्यालयले सवैको सहकार्यमा हुनुपर्नेमा जोड दिइएको थियो ।

देशको योजना निर्माणमा प्रभाव पार्ने भएकाले सही तथ्याङ्क संकलन गर्न सबै क्षेत्रबाट सहयोग सहयोग हुनुपर्ने  कार्यालयले जनाएको छ ।

विगतका जनगणनामा सिमान्तकृत, जनजाति, पछाडीपारिका समुदाय, दलितको जनसंख्या भन्दा निकै कम तथ्याङ्क संकलन हुने भएकाले यस बर्ष सचेत हुनुपर्नेमा समेत जोड दिएका थिए । जिल्लाका विभिन्न क्षेत्रमा कार्यालयका कर्मचारीका साथै स्थानियस्तरमा रहेका विद्यालयका शिक्षकहरूको समेत सहभागिता गराई तथ्याङ्क संकलन गरिने कार्यालयले जनाएको छ ।

गोष्ठीको अध्यक्षता जिल्ला जनगणना प्रमुख  प्रमुख जिला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गर्न भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae