Sahara Sansar

Tuesday, April 12, 2011

काङ्ग्रेस नेताहरुको छुट्टाछुट्टै भेला

 चैत २९ काठमाडौं। पार्टी सभापतिको कदमप्रति असन्तुष्ट नेपाली काङ्ग्रेस देउवा पक्षले आज अलग्गै भेलाको आयोजना गरी विभिन्न विषयमा छलफल गर्ने भएको छ । सभापति सुशील कोइरालाले एकपक्षीय रुपमा पार्टी हाँक्न खोजेको भन्दै शेरबहादुर देउवाले छलफलका लागि आफ्नै निवासमा आफू निकट केन्द्रीय सदस्यहरुलाई बोलाउनुभएको छ । छलफल दिउँसो २ बजे पछि हुने बताइएको छ ।

 पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ र तरुण दल विघटन गर्ने सभापति कोइरालाको प्रस्तावप्रति देउवा पक्षले आपत्ति जनाउँदै आएको छ । भ्रातृ संस्थाहरु विघटनको प्रस्ताव सभापति ल्याएपछि देउवा पक्षले केन्द्रीय समितिको बैठकसमेत बहिष्कार गरेको थियो । पार्टीभित्र विवाद बढ्दै गएपछि नेविसङ्घ अध्यक्ष प्रदीप पौडेल पदबाट राजीनामा दिइसक्नुभएको छ ।

यसैबीच सभापति सुशील कोइरालाले पनि आजै आफू निकटका केन्द्रीय सदस्यहरुसँग अलग्गै छलफल गर्नुहुने भएको छ । कोइरालाले छलफलका लागि केन्द्रीय सदस्यहरुलाई महाराजगन्जमा रहेको निवासमा बोलाउनुभएको  छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae