Sahara Sansar

Wednesday, April 6, 2011

‘नागी–नारच्याङ’ पदमार्गमा पर्यटकको उत्साहजनक चहलपहल सुरु



कमल खत्री चैत २३ म्याग्दी ।
पर्यटन दिवसको अवसरमा सरकारले गत कात्र्तिक महिनामा घोषणा गरेको नागीनार्चिङपदमार्ग उद्घाटन नहुदै पर्यटकको उत्साहजनक चहलपहल सुरु भएको छ । आन्तरिक व्यवस्थापन, उचित प्रचारप्रसार र आकर्षक गन्तव्यका कारण छोटो समयमै पर्यटकको आगमन सुरु भएको हो । पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले पर्यटन मन्त्रालयले यो सँगै सिन्धुपाल्चोकको पाँचपोखरीभैरबकुण्ड र बाग्लुङको ढोरपाटन पदमार्ग पनि खुल्ला गरेको थियो । लामो र छोटो दुईवटा रुट प्रयोग गर्न सकिने नागीनाच्र्याङ पदमार्गलाई स्थानीयबासीन्दाले पर्वत म्याग्दी इको पदमार्ग भनेर बुझ्ने गरेका छन् । ६० किलोमिटर लामो पदमार्गले पर्वतको दुई र म्याग्दीको सात गाविसलाई समेटेको छ । म्याग्दीको पिप्ले१ घुमाउने तालबाट सुरु हुने पर्वत बाँसखर्क, डाडाँकटेरीनागीमहरेडाँडाडाडाँखर्कहिस्तानघराम्दीखिवाङख्रोपानारच्याङबेशी हुदै भुरुङतातोपानी आईपुग्न ९ दिन लाग्छ । अप्रिल महिनामै उद्घाटनको तयारीमा रहेको यो पदमार्गमा अहिलेसम्म ६ समुह विदेशी पर्यटकले भ्रमण गरिसकेको बाँसखर्कका पर्यटन व्यवसायी याम गुर्वजाले बताउनुभयो । मार्चमा ६ ग्रुपले भ्रमण गरेका थिए, उहाँले भन्नुभयो –‘त्यसभन्दा अघि जापानबाट एक, युकेबाट दुई र नेदरल्याण्डबाट दुई समुहले भ्रमण गरेका छन् ।उहाँले, बाँसखर्कमा स्थानीय र एक गैरसरकारी सँस्थाको पहलमा डाईनिङहल निर्माण भईसकेको जानकारी दिदै आधा दर्जन घरमा पर्यटकलाई सुत्ने व्यवस्था मिलाईएको बताउनुभयो । पदमार्ग भित्र पर्ने विभिन्न थरीका लालीगुराँस, खयरबराही, प्यारीबराह, चौरीखर्क, रुप्से झरना, अन्धगल्छी, चराचुरुङी, अन्नपूर्ण, निलगिरी, धवलागिरी, माछापुच्छ्रे, लगायत २९ हिमश्रृङखलाले पर्यटकको मन लोभ्याउन सक्ने स्थानीयबासीको भनाई छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae