Sahara Sansar

Wednesday, April 6, 2011

ताप्लेजुङका किसानले पर्याप्त मल नपाउँदा समस्या


रविन भट्टराई चैत २३ ताप्लेजुङ ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले सरकारबाट ढुवानी अनुदान दिईएको मल आज दोस्रो पटक वितरण गरेको छ । अघिल्ला वर्षको तुलनामा बजेट निकासा ढिलो भएकाले चैत्रमा मात्र मल वितरण गरीएको कार्यालयले जनाएको छ । दोस्रो पटक आज मात्र ताप्लेजुङमा प्रतिव्याक्ति २५ किलोका दरले १६ सय कुपन वितरण भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकारी मोतिलाल यादवले जानकारी दिनुभयो । ताप्लेजुङको हकमा १ हजार २ सय टन मलको आवश्यकता भए पनि यस वर्ष अनुदानको मल २ सय टन मात्र आएको उहाँको भनाई छ ।

अघिल्लो वर्षदेखि प्रहरीले भारतबाट आउने अबैध मललाई कडाई गरेपछि जिल्लाका किसान कृषि कार्यालयले दिने मलमा निर्भर रहन बाध्य भएका छन् । आज दोस्रो पटक कार्यालयले बाँडेको मलको कुपन लिनको लागि विहानैबाट कार्यालय अगाडि ठुलो भिड लागेको थियो । मल वितरण हुने खबर पाएपछि बिहानैबाट कार्यालय अगाडि लाईनमा बस्यौँ तर दुई स्थानबाट मात्र मलको लागि कुपन दिने भएको कारण हामीलाई असहज भएको छ कोहि गर्मि र भोकै बस्नु परेकाले थप समस्या परेको लाइन बसेकी किसान कमला बराल गुनासो पोख्नुहुन्छ । अघिल्लो वर्षको तुलनामा सरकारले ताप्लेजुङमा ६४ टन मलमा अनुदान दिएको भएपनि पर्याप्त अनुदान नहुँदा वर्षेनी किसानहरुले दुःख पाउँदै आएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae