Sahara Sansar

Saturday, April 9, 2011

नाइजेरियाको निर्वाचन कार्यालयमा बम विस्फोटमा मृत्यु हुनेको संख्या १३

चैत  २६ लागोस । नाइजेरियामा नाइजर राज्यको सुलेजामा राष्ट्रिय निर्वाचन आयोग कार्यालयमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या १३ पुगेको आयोगले शनिबार जनाएको छ । राज्यको राजधानी मिन्नामा आयोगका प्रवक्ता बे_िन्सन इक्पेले मृतक संख्या पहिलेको आठबाट बढेर शनिबार बिहान १३ पुगेको बताए । 

उनले पीडित र उनका परिवारलाई सहायता दिन आवश्यक कदम चाल्नुअघि आयोगले पीडितहरु र आफ्ना प्रभावित कर्मचारीबारे जानकारी हासिल गरिरहेको बताए । उनले तीन चरणको आम चुनावमा मतदातालाई सम्रक्षण र सुरक्षाको आश्वासन पनि दिए । उनले सुलेजामा भने शनिबारको संसदीय चुनाव स्थगीत भएकेा पनि जानकारी दिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae