Sahara Sansar

Sunday, April 10, 2011

चैतेदसैँ र नयाँ वर्षका नाममा जवर्जस्ती चन्दा सङ्कलन कार्यमा सङ्लग्न पाँच पक्राउ

चैत २७  दोलखा। चैतेदसैँ र नयाँ वर्ष मनाउन भन्दै दोलखाका विभिन्न स्थानमा जबर्जस्ती चन्दा सङ्कलन गर्ने कार्य तीव्र भएको छ । लामोसाँघु-जिरी सडकखण्डका विभिन्न स्थानमा हतियार प्रदर्शन गर्दै युवा समूहहरुले चन्दा सङ्कलन तीव्र पारेका हुन् । 

धारिलो हतियार देखाई सवारीसाधनमा जबर्जस्ती चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दोलखाको खावाबाट पाँचजना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रे-३ का राजु बस्नेत सोही गाविस वडा नम्बर ५ का राजन बस्नेत जीवनकुमार दाहाल सुवासकुमार खड्का र १९ वर्षका शिव दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरीबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae