शोभा शर्मा बस्ताकोटी
चैत्र १८ म्याग्दी। म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा जनहित टे«निङ्ग एण्ड टे«डिङ्ग पोखरा आर्थिक सहयोग र म्याग्दी जेसीजको आयोजनामा ६५ दिने ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम शुक्रबार देखि सुरु भएको छ।
तालिमको उद्घाटन गदै बेनी बजार अर्थुङ्गे गाविसका सचिव कृष्णबहादुर कार्कीले सामाजिक र आर्थिक विपन्न भएकाले सानो लगानीमा राम्रो आम्दानी गर्न सक्ने भएकाले सिकेका ज्ञानलाई ब्यवहारमा उर्तान आग्रह गरे ।
तालिमको म्याग्दी जेसीजका कार्यवाहक अध्यक्ष रामकृष्ण बराइली, स्वागत कार्यकारी उपाध्यक्ष रस्मिता श्रेष्ठ र सञ्चालन महासचिव भिमसेन बराइलीले गनुभएको थियो ।
तालिममा सहभागिले पछिल्ला दिनमा स्वदेश तथा विदेशमा रोजगारमा जानेका लागि ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम निकै राम्रो भएकाले उपलब्धि मुलक हुने बताएका थिए ।
तालिममा नागरिक समाज म्याग्दीका अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ, जनहित टे«निङ्ग एण्ड टे«डिङ्गका नन्दलाल अधिकारीले तालिमपछि ब्यवसायीक रुपमा लाग्न सहभागिलाई आग्रह गरेका थिए ।
कार्यक्रममा म्याग्दी जेसिजका पुर्व अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, सुरत श्रेष्ठ, उत्तम कर्मचार्य, सुविन श्रेष्ठ, दलित बर्ग उत्थान समन्यन समितिका उपाध्यक्ष गब्य परियार, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी लगाएतको सहभागिता रहेको थियो । तालिममा ४५ जना प्रशिक्षथीको सहभागिता रहेको छ ।
0 comments:
Post a Comment