Sahara Sansar

Sunday, April 10, 2011

कार्यदल गठन गर्न एमाओवादी र एमाले सहमत

चैत २७ काठमाडौँ । सत्ता साझेदारीका विषयमा पछिल्लोपटक उत्पन्न सङ्कट समाधान गर्नका लागि सत्ता सहयात्री दल एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच कार्यदल गठन गर्ने सहमति भएको छ ।

सत्ता साझेदार एनेकपा माओवादी र नेकपा एमालेका शीर्ष नेताबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सरकार साचालनको न्यूनतम् साझा कार्यक्रम तय गर्ने सरकार साचालन कार्यविधि तयार पार्ने र मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गर्नका लागि सो कार्यदल गठन गर्ने सहमति भएको हो ।

विगत केही सयमदेखि सरकार गठनमा देखिएको ढिलाइ र सत्ता बाँडफाँडका विषयमा भएका अन्योलतालाई चिर्नका लागि दुई दिनभित्र सरकार साचालनको न्यूनतम् साझा कार्यक्रम तय गर्ने साचालन कार्यविधि तयार पार्ने र आचारसंहिता निर्माण गर्न कार्यदल गठन गरिएको एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कार्यदलले सरकार साचालनका लागि न्यूनतम् साझा कार्यक्रम तय गर्ने सरकार साचालनमा कस्तो कार्यविधि तयार पार्ने र सरकारमा प्रतिनिधित्व गर्नेहरुले पालना गर्नुपर्ने आचारसंहिता कस्तो रहने भन्ने बारेमा स्पष्ट खाका तयार गर्नुपर्ने छ ।

सत्ता साझेदार दुई दलका तर्फबाट चार-चारजना रहने गरी गठित सो कार्यदलमा एनेकपा माओवादीका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र नेताहरु पोष्टबहादुर बोगटी दिनानाथ शर्मा र देव गुरुङ हुनुहुन्छ भने एमालेका तर्फबाट भरतमोहन अधिकारी भीम रावल सुरेन्द्र पाण्डे र भीम आचार्य रहनुभएको छ ।

छलफलमा प्रधानमन्त्री खनाल एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहाल र सरकारलाई पूर्ण दिन दुई दलका नेता सम्मिलित वार्ता टोलीका सदस्यहरुको पनि उपस्थिति थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae