Sahara Sansar

Saturday, April 9, 2011

पुस्तकालयद्वारा निःशुल्क स्वास्थ्य क्लिनिक सुरु

काठमाडौँ २७ चैत । विशालनगर पुस्तकालय कामपा-५हाँडीगाउँले शनिबारदेखि प्रत्येक दिन एक घन्टा निःशुल्क स्वास्थ्य क्ल्ािनिक सुरु गरेको छ ।

क्लिनिकको हास्य कलाकार बसुन्धरा भुसालले उद्घाटन गर्दै पुस्तकालयले सामाजिक सेवाको काम गरेर महत्वपूर्ण काम सुरु गरेको र हरेक पेसा व्यवसाय गर्ने व्यक्तिले केही प्रतिशत सामाजिक सेवामा खर्च गर्नुपर्ने विचार राख्नुभयो ।

हास्य कलाकार दीपकराज गिरी र नायिक पूजना प्रधानले आफूले कमाएको थोरै पैसा समाजिक सेवाका क्षेत्रमा लगानी गरेमा आत्मसन्तुष्टि प्राप्त हुने बताउनुभयो ।

सो अवसरमा कलाकार भुसाल र प्रधानले आर्थिक रुपमा कमजोर भएका मानिसलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य कोष खोल्न पुस्तकालयलाई रु।२५ हजार सहयोग गर्नुभयो ।

पुस्तकालयका अध्यक्ष गणेश श्रेष्ठले सर्वसाधारण जनताको ठूल-ठूला अस्पतालमा पहुँच नपुग्ने र लामो समयसम्म कुर्नुपर्ने भएकाले स्थानीय जनतालाई सुविधाका लागि निःशुल्क स्वास्थ्य क्लिनिक साचालन गर्न सुरु गरेको जानकारी दिनुभयो ।

क्लिनिकमा सोही क्षेत्रमा बसोबास गर्ने डा।sुन्दन अर्याल त्रिवि श्ािक्षण अस्पताल डा।विश्वराज श्रेष्ठ ओम अस्पताल डा।निरजप्रसाद पराजुली धुलिखेल अस्पताल डा।दीप लामिछाने पाटन अस्पताल डा। श्वेता बराल गङ्गालाल अस्पताल र डा।मोहना गिरी वीर अस्पताल ले सेवा पुर् याउनुहुनेछ ।
पुस्तकालयले शनिबार नै रक्तदान कार्यक्रमको आयोजना गरेकामा ९८ जना स्थानीय बासिन्दाले रगत दिएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae