कूल तामाङ्
चैत २३ नुवाकोट। दुइपीपल गाविसमा आदिवासी जनजाति महिलाको हक अधिकार सम्वन्धि दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ दुइपीपल गाउँ समितिको आयोजनामा भएको कार्यक्रममा आदिवासी महिलाको हक, अधिकार, आइएलओ महासन्धि, जनजाति महिलाको अवस्था र नेतृत्व तहमा उनीहरुको पहुचको बारेमा सहभागी महिलाहरुलाई प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाई आदिवासी जनजाति महासंघका भगवान राना र शर्मिला थापामगरले प्रशिक्षण दिनुभएको थियो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ दुइपीपल गाउँ समितिकी अध्यक्ष रश्मी तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि मन्तव्य राखेका थिए ।
दुईपीपल गाविसमा आदिवासी जनजातिका पाँच वटा जाति रहेका छन् ।
0 comments:
Post a Comment