Sahara Sansar

Saturday, April 30, 2011

सिन्धुलीवासीको कोलम्वियामा पहिलो नेपाली रेष्टुरेन्ट

0 comments




 एसवी गौतम,वैशाख १८,सिन्धुली 

दक्षिण अमेरिकाको कोलम्वियामा वस्दै आएका सिन्धुलीवासीले पर्यटन वर्षको अवसर पारेर विदेशीलाई नेपाली खानाको स्वाद दिन रेष्टुरेन्ट साचालनमा ल्याएका छन् । सिन्धुली शान्तेश्वरी वडा नम्वर २  राम्पुर अव्जशे घर भएका छत्रवहादुर मैनालीले पत्नी मारिया इमा डियाजसगँ मिलेर राजधानी बोगोटा डिसीमा नेपाली मौलीक खाना मात्र पाईने सगरमाथा रेष्टुरेन्ट साचालनमा ल्याउनु भएको हो । 

निकै ठन्डा ठाउँ छ  नेपाल जस्तै डाडाकाडाँ छ तर नेपालमा जस्तो लोडसेडिङ हुदैन मैनालीले फेसवुकको च्याटमा भन्नुभयो । नेपालमा मनाईदै गरेको पर्यटन वर्षमा पर्यटकलाई भ्रमण गराउन उत्पेरणा दिने गरेको मैनालीको भनाई छ । मैनालीको रेष्टुरेन्टमा एभरेष्टभुमीको खानाको स्वादका लागी आमन्त्रण भनेर लेखिएको छ । 

आफु र पत्नी डियाजसगँ मिलेर खोलिएको रेष्टुरेन्ट भर्खर मात्र सुरुवात भएकोले खासै कमाई नभएपनी  करिव ६ लाख नेपाली रुपैया जती कमाई हुने मैनालीको भनाई छ । आफ्नो रेष्टुरेन्टमा नेपाली मौलीक खानाढिडो गुन्द्रुकका साथै मःमरोटीपालक पनिरदाल भात लगायत माछा मासुका परिकार पाईने जानकारी दिनुभयो । नेपाली खाना खान पाईएकोमा कोलम्वियाली निकै नै उत्सुक र खुसी भएको पनी उहाँको भनाई छ । होटलका भित्ताहरुमा नेपालका प्राकृतिक सम्पदापर्यटकिय स्थलधार्मिक स्थलहरुको वारेमा पोस्टहररु टागिएका छन् साथै नेपाल भनेको सगरमाथाको देश,वुद्ध जन्मेको देश,स्वतन्त्र देश,वहादुर गार्खालीको देश भनेर कोलम्वियालीलाई जानकारी गराउदै आएको पनी मैनालीको भनाई रहेको छ ।

 एउटा रमाईलो सजोंग सगरमाथा आरोहण गर्ने केहि कोलंवियाली नागरिकले सगरमाथा होटलको नाम सुनेपछि सम्पर्क गर्ने गरेको र आफुले नेपालका वारेमा त्यहाका नागरिकलाई जानकारी गराउने गरेको र होटलको वारेमा अझ प्रचारप्रसारमा ल्याउन अनलाईन प्रयोगकर्तालाई पनी सहयोग हवस् भनेर सगरमाथा डट यालासाईट डट कम नामको साईटमा नेपालको चिनारी घुम्न लायक स्थलहरुसामाजिक सास्कृतिक परिवेशवारे जानकारी गराईएको हुदा धेरै कोलम्वियाली हौसिएका मैनालीकॊ भनाई छ ।

 साथै आफ्नो गृह जिल्ला सिन्धुलीको वारेमा सिन्धुली दर्पण डक कम डट एनपी अनलाईन  मार्फत समाचारजानकारी पढ्दै आएकाले सिन्धुलीको पर्यटकिट स्थलको वारेमा कोलम्वियालीलाई नागरिकलाई जानकारी गराउन चाहेकाले जानकारी उपलव्ध गराउन पनी आग्रह गर्नुभएको छ । 

Read More......

एक दिवसीय पशु स्वास्थ्य शिविर सम्पन्न

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख १६ गोरखा।नेपाल पारा भेटनरी एण्ड लाइभ स्टक एसोसिएसन जिल्ला कार्यसमिति गोरखाको आयोजनामा जिल्लाको दरबुङ गाउँ विकास समितिमा एक दिवसीय पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दरबुङ फाँटमा भएको उक्त शिविरमा ४७५ घरधुरीका पशुहरुको परीक्षण तथा उपचार गरिएको एसोसियसनका अध्यक्ष सानुकाजी वन्तले बताउनुभयो ।

३५६ पशुको गोबर परीक्षण, १२ सय पशुको उपचार गरिएको उहाँले जानकारी दिनुभयो संस्थाका अध्यक्ष समेत रहनुभएका वन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा संस्थाका केन्द्रीय सदस्य इन्द्रहरी खनालले गाउँ गाउँमा किसानहरुको समस्या सरकारले हल गर्नुपर्ने बताउनुभयो ।

संस्थाको जिल्ला कोष, केन्द्र कोष र गाउँ विकास समितिको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको आयोजकले बताएका छन् । संस्थाले देशभरीका जिल्लामा शिविर संचालन गर्ने क्रममा गोरखाको दरबुङमा गरेको हो । शिविर सञ्चालनबाट गाउँलेहरु खुशी भएका छन् ।

Read More......

जेठ १४ मा एकीकृत मस्यौदा आउँछ :प्रचण्ड

0 comments


बैशाख १७   चितवन। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जेठ १४ गते संविधान जारी हुने कुनै सम्भावना नरहेको वताउनुभएको छ । साथै उहाँले दलहरुको सहमतिमा संविधानको एकीकृत मस्यौदा जारी हुने जानकारी दिनुभएको छ । शनिबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसंग प्रचण्डले त्यसका लागि नेपाली कांग्रेस र एमालेसंग सकारात्मक छलफल भैरहेको बताउनुभयो ।  शुक्रबार साँझ पनि नेपाली कांग्रेसका नेताहरुसंग छलफल भएको उहाँको भनाई थियो ।

 भरतपुर क्यान्सर अस्पतालको विवादका सम्वन्धमा संचारकर्मीले राखेको जिज्ञासामा उहाँले भोलि तीन प्रमुख दलका शीर्ष नेताहरुको वैठक बसेर त्यसलाई टुङ्गो लगाउने जानकारी दिनुभयो । पार्टी भित्र कुनै विवाद नरहेको दावी गर्दै प्रचण्डले विगत देखिनै कुनै न कुनै ढंगले फरक मत रहँदै आएको र त्यसले पार्टी एकतामा कुनै फरक नपार्ने बताउनुभयो । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरमा हुने एकीकृत नेकपा माओवादी समर्थित प्राध्यापक संघको ताम्सालिङ स्तरीय भेलाको उद्घाटन गर्न प्रचण्ड चितवन जानुभएको हो।

यस्तै पूर्वी चितवनको पिठुवामा रहेको जनजागृति उच्च माविको स्वर्ण महोत्सवको उद्घाटन गर्न माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई पनि आज चितवन जानुभएको छ ।



Read More......

पत्रकार महासङ्घमा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता

0 comments

बैशाख १७ काठमाडौं।  नेपाल पत्रकार महासंघको नेयाँ नेतृत्व चयनका लागि शनिबारदेखि औपचारिक चुनावी कार्यक्रम सुरु भएको छ । विभिन्न प्यानल बनाएर शनिबार नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता भएको छ । दिउँसो ४ बजेसम्म दिइएको समय अनुसार अध्यक्ष पदका लागि पाँच, उपाध्यक्षमा ३ महासचिवमा ३, सचिवमा पाँच, कोषाध्यक्षमा ५ जनाले उम्म्द्वारी दिएका छन् ।

त्यस्तै पूर्वाञ्चलबाट १२, मध्यमाञ्चलबाट ५, पश्चिमाञ्चलबाट ५, मध्यपश्चिमाञ्चलबाट ५, सुदूरपश्चिमबाट ४, कर्णालीबाट ५, उपत्यकाबाट ७, महिलाबाट ९, मधेशीबाट १०, जानजाति ४, दलित पाँच र प्रतिष्ठान ८ जनाले उम्मेद्वारी दिएका छन् ।  अध्यक्ष पदका लागि शिव गाउँले, पोषण केसी, केदार कोइराला, मधेशबाट चन्द्रदेव कामति लगायतले उम्मेदवारी दिनुभएको छ । महासङ्घको केन्द्रीय कार्यालय काठमाडौंको सन्चारग्राममा बेलुका ६ बजे उम्मेद्वारहरुको नामावली प्रकाशित गरिने भएको छ । 

यसैगरी दावी विरोधका लागि भोलि १० देखि १२ बजेसम्मको समय तोकिएको छ भने २ बजेदेखि ६ बजेसम्ममा उम्मेद्वारी फिर्ता लिन सकिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रमअनुसार नयाँ नेतृत्वका लागि उम्मेद्वारको अन्तिम नामावली पर्सि प्रकाशित गरिने छ । पत्रकार महासङ्घको महाधिवेशन वैशाख २० गतेदेखि सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि वैशाख २१ गते बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने छ ।


Read More......

सिन्धुली आउदै गरेका यात्रुमाथि बनेपामा दुव्र्यवहार

0 comments

यम चौलागाई
 बैशाख १७ सिन्धुली। दुई महिनाअघि प्रशासनसँग गरेको सम्झौता उलंघन गरी काभ्रेको बनेपामा आज हिमाल–तराई यातायात व्यवसायि समितिले सिन्धुली आउदै गरेको बसबाट यात्रु झारेर दुव्र्यवहार गरी वीपी राजमार्गमा एकतर्फि सिण्डिकेट लागू गरेपछि सिन्धुलीका यातायात मजदुर आन्दोलित बनेका छन् ।

काठमाण्डौको चाबहिलबाट यात्रुबोकेर सिन्धुलीतर्फ आउदै गरेको बा २ ख ५८६० नम्बरको बसलाई बनेपामा बसपार्कमा हिजो विहान उक्त समितिका पदाधिकारीले रोकेर बसको सिट फ्याक्ने, टायरको पुरै हावा खोल्ने र यात्रु बसबाट झारेर आफ्नो समितिको गाडीमा हालेर पठाउने जस्ता दुव्र्यवहार गरेको सिन्धुली यातायात सेवा समितिले जनाएको छ ।

सिन्धुली यातायात सेवा समितिका उपाध्यक्ष राजकुमार पौडेले बनेपामा आफ्नो समितिको गाडीलाई दुव्र्यवहार गरी रोकेको खबर आएपछि सिन्धुली वसपार्कमा पनि हिमाल– तराई यातायात व्यवसायि समितिको बा २ ख ३२८१ नम्बरको गाडीलाई यातायात मजदुरले घेरेर राखेका बताउनुभयो । दुई महिनाअघि सिन्धुलीका यातायात व्यवसायिले आन्दोलन गरेर बनेपामा स्थानीय प्रशासनको रोहबरमा दुवै जिल्लाका यातायात सेवा समितका पदाधिकारीले वार्ता गरी वीपी राजमार्गमा खारेज गरेका सिण्डिकेट फेरी लागु भएपछि आफुहरु आन्दोलित
भएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष पौडेलका अनुसार विहिबार पनि बनेपामा उक्त समितिका मजदुरले सिन्धुलीतर्फ आउदै गरेको बसबाट यात्रु झारेर आफ्नो गाडीमा हालेर सिन्धुली पठाएका थिए । हिमाल–तराई यातायात व्यवसायि समितिले आफ्नो गाडी चल्न दिए उनीहरुको गाडी पनि चल्न दिने नभए नदिने उहाँको भनाई छ । दुई महिनाअघि वनेपामा दुवैतर्फका यातायात सेवा समितिका पदाधिकारीहरु बीच स्थानीय प्रशासनको रोहबरमा वार्ता हुदा वीपी राजमार्गको सिण्डिकेट खारेद गरी मिलेर यातायातका साधन सञ्चालन गर्ने सहमति भएको सिन्धुली यातायात सेवा समितिले जनाएको छ ।

उक्त सहमति पछि दुवै समितिका वसहरु वीपी राजमार्ग हुदै काठमाण्डौसम्म निर्बाध रुपमा सञ्चालन हुदै आएका थिए । यसबाट यात्रुहरुलाई निकै सुविधा पुगेको थियो भने महेन्द्र र पृथ्वी राजमार्ग हुदै दिनभरि यात्रा गरेर काठमाण्डौ जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको थियो ।

Read More......

जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा सशस्त्र संघर्ष परित्यागको घोषणा

0 comments

बैशाख १७ लहान। सरकारसँग वार्ता गरिरहेको उत्कर्ष मुक्ति भनिने राजीव झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले आजदेखि सशस्त्र संघर्षको बाटो परित्यागको घोषणा गरेको छ  । सप्तरीको राजबिराजमा आज बिहान  आयोजित पत्रकार सम्मेलन मार्फत मोर्चाले उक्त घोषणा गरेको हो । 

बि.सं. २०६१ साउन १० गतेदेखि तराईमा सशस्त्र संघर्ष गर्दै आएको मोर्चाका केन्द्रिय अध्यक्ष झाले जस्तोसुकै बिकट परिस्थितिमा पनि हतियार न उठाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


Read More......

संविधान जारी नभएसम्म संविधानसभा विघटन हुदैन: डा.भट्टराई

0 comments

बैशाख १७ चितवन। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. वावुराम भट्टराइले नया संविधान जारी नभएसम्म कुनै पनि हालतमा संविधानसभा विघटन नहुने बताउनु भएको छ । पूर्वी चितवनको पिठुवामा रहेको जनजागृति उच्च माविको स्वर्ण वर्षको आज उद्घाटन गर्दै डा.भट्टराइले दलहरु विचको खिचातानीले गर्दा उपलव्धी धरापमा परेको बताउनुभयो । 

 डा.भट्टराईले आफ्नो संविधान आफै वनाउने चरणमा रहेका वेला दलहरु बिचको झगडाले गर्दा २०१७ साल दोहोरिने सक्ने आशंका व्यक्त गर्नु भयो । तोकिएको समयमा संविधान वन्न नसके अर्को चुनाव गर्नु पर्छ भन्ने केही पार्टीका नेताको भनाइलाई कुतर्कको सज्ञा दिदै डा भट्टराइले संविधानसभाको निर्वाचन विश्वमा पटक पटक नभएको उल्लेख गर्नु भयो ।

Read More......

शान्ति प्रक्रियासँगै नयाँ संविधान जारी नभए स्थिति भयावह हुने मन्त्री तुलाधरको भनाइ

0 comments

वैशाख १७ काभ्रेपलाञ्चोक। शिक्षा मन्त्री गंगालाल तुलाधरले शान्ति प्रक्रियालाई सार्थक निष्र्कषमा नपु¥याउने र नयाँ संविधान पनि निर्धारित समयमै जारी नगर्ने हो भने देशको स्थिति भयावह हुने बताउनुभएको छ ।  काभ्रेको धुलिखेलमा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालले आयोजना गरेको नेपालमा पब्लिक विश्वविद्यालय ः आवश्यकता र औचित्य विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै तुलाधरले यस्तो कुरा बताउनु भएको हो । 

देश संक्रमणकालीन अवस्थामा गुर्जिरहेको बेला शिक्षा क्षेत्र पनि त्यसैको चपेटामा परेको भन्दै मन्त्री तुलाधरले संख्यात्मक भन्दा पनि गुणात्मक शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने तर्फ प्राध्यापकहरुको ध्यान जानु जरुरी रहेको बताउनुभयो ।

Read More......

Friday, April 29, 2011

दाहाल प्रतिवेदन बहुमतले पारित, वैद्यको फरक मत

0 comments

वैशाख १६ काठमाडौँ। माओवादीको शुक्रबार  सम्पन्न केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको शान्ति र संविधानलाई प्राथमिकतामा राख्‍ने प्रतिवेदन बहुमतले पारित गरेको छ।  


दाहालको प्रतिवेदनप्रति उपाध्यक्ष मोहन वैद्यले फरक मत दर्ता गराउँदै जनविद्रोहमा जानु पर्नेमा जोड दिएका छन्।

Read More......

दुवईमा नेपाली युवकको हत्या

0 comments

वैशाख १६ दुवई । वैदेशिक रोजगारीका शिलशिलामा दुवई पुगेका एक युवकको हत्या भएको छ । लमजुङ मालिङ गाविस- ३ का ३६ वर्षीय डिलाराम गुरुङको बुधबार हत्या भएको परिवारजनले बताएका छन् । मृतकमा दाजु रघुनाथले हत्यामा आफ्नो भाई कार्यरत कम्पनीकै कर्मचारीको संलग्नता रहेको बताउनु भयो ।


कम्पनीमा रहेको कम्प्युटरबाट इन्टरनेट चलाउँदा गलत सन्देश प्रवाह गरेको आरोपमा कम्पनी मालिकको योजनामा सहकर्मीले नै उनको हत्या गरेको रघुनाथको भनाई छ ।

Read More......

विलियम र केट मिडलटन !

0 comments

 बेलायती राजकुमार विलियम र  दुलही केट मिडलटन  विवाह समारोहमा । फोटो: प्रेस एसोसिएट 

Read More......

फ्रेण्ड्स क्लबद्वारा स्वयम्भु क्लब पराजित

0 comments

बैशाख १६ काठमाडौं। सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा ३–० गोलअन्तरले स्वयम्भु क्लबलाई पराजित गर्दै फ्रेण्ड्स क्लब विजयी भएको छ । फ्रेन्डस्को तर्फबाट पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल भएको थियो । 

राजधानीको दशरथ रङ्गशालामा अहिले थ्रीस्टार र कोइलापानी पोलस्टारबीच प्रतियोगिताको दोस्रो खेल भइरहेको छ । पहिलो हाफ अघि ३ गोल गरेको थ्रीस्टारले अहिलेसम्म अरु दुई गोल थप्दै ५ गोल गरिसकेको छ भने कोइलापानी पोलस्टारले गोल गर्न सकेको छैन ।

Read More......

बेलायती राजकुमार विलियमको विवाह सम्पन्न

0 comments

बैशाख १६ लण्डन।  बेलायती राजकुमार विलियमको शुक्रबार  केट मिडिलटनका साथ विवाह सम्पन्न भएको छ । वेस्टमिन्स्टर भवनमा भएको विवाहमा धर्मगुरु आर्च विशप रोवन विलियम्सले नव जोडीलाई विवाहको सपथ गराउनुभएको थियो । राजकुमार विलियमको वैवाहिक समारोहमा बेलायती प्रधानमन्त्री डेबिड कैमरन, पप गायक एल्टन जान र चर्चित फुटबल खेलाडी डेविट बेकमसहित विभिन्न मुलुकमा १९ सय पाहुनाहरुको उपस्थिति रहेको थियो । 

राजकुमारको विवाह भएको अवसरलाई बेलायतमा उत्साहपूर्वक लिइएको छ । वैवाहिक समारोहमा सहभागी हुन हजारौं नागरिक गएरातिदेखि नै सडकमा बसेका थिए । १० लाखभन्दा बढि मानिस लन्डनको सडकमा रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । 

विश्वका विभिन्न टेलिभिजन च्यानलहरुले वैवाहिक समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए ।

Read More......

कालीगण्डकी करिडोर छिटो सम्पन्न गराउन धौलागिरीका सभाषद एकजुट

0 comments

चन्द्रश्वर बस्ताकोटी
 बैशाख १६ मुस्ताङ। जेठ १४ भित्र संविधान निर्माण हुने सम्भावना निकै कम रहको एकिकृत नेकपा माओबादीका प्रवक्ता दिननाथ शर्माले बताउनुभएको छ ।शुक्रबार मिरेष्ट नेपालले मुस्ताङको  सदरमुकाम जोमसोममा आयोजना गरिने सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन आउनुभएका शर्माले पत्रकारहरुसग पुर्ण संविधान जारी गर्न नसकिएपनि एकिकृत मस्यौदा भने सार्वजनिक गर्न सकिने बताउनुभएको हो । जति सुकै मत बाझीएको देखिएपनि नेपालका राजनितिक दलहरु अन्तमा आवश्यकताको बेला एक भै निर्णयमा पुग्ने गरेको समेत बताउनु भयो ।

उहाँले राजनैतिक अस्थिरताले विकास निर्माणलाई प्रभाव पार्न नहुने समेत प्रस्ट पानुभयो । नर्वेका राजदुत थोर जिसले सेन, नेकपा एमालेकी सभाषद् लक्की शेर्पा लगाएतका नेताहरूसंग जोमसोमको एयरपोर्ट स्थित एक्याप जोमसोमको कार्यकक्षमा सञ्चारकर्मीसंग कुराकानी गदै शर्माले शान्ति र संविधान माओबादीको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

कार्यक्रममा धौलागिरि अञ्चलको मात्र नभई नेपालकै विकासका लागि कोसेढुङा सावित हुने भएको चिन र भारतलाई छोटो दुरीमा जोड्ने कालीगण्डकी करीडोर सम्पन्न गर्न सवै राजनैतिक दलका सभाषद एक जुट भएको समेत बताउनुभयो । उहाँले बिकास निर्माणमा दलगत स्वार्थ प्रयोग हुन नहुने समेत प्रस्ट पार्नुभयो । भैरहवा, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्ला समेत जोडने कालीगण्डकी करिडोरले नेपालकै बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताइन्छ ।

कार्यक्रममा नर्वेका राजदुत थोर जिसले सेनले शान्ति प्रकृया र सबिधान निमार्णमा नर्वेले उत्तीकै महत्व दिएको बताउदै सबिधानले नागरिकको र नागरिकले सबिधानको रक्षा गर्नुपर्ने बताउनु भयो ।

सार्वजनिक सुनुवाईका लागि एकिकृत नेकपा माओबादीका प्रवक्ता दिननाथ शर्मा, नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, एकिकृत नेकपा माओबादीका सभाषद बिरेन्द्र ज्वारचन, नेकपा एमालेकी सभाषद् लक्की शेपा र टसि साङमो गुरुङसेनी नर्वेका राजदुत थोर जिसले सेन लगायत मुस्ताङ आएका हुन । पत्रकार भेटधाटमा नेपाली काग्रेसका नेता मिनेन्द्र रिजाल भने सहभागी हुनु भएन ।

 कार्यक्रममा स्थानिय बासीन्दा, आमा समुहका प्रतिनिधिहरु, मिरेष्ट नेपालका अध्यक्ष सुरेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Read More......

बसको छतमा यात्रु राखिए जरिवाना गरिने

0 comments

यम चौलागाई
 बैशाख १६ सिन्धुली। बर्दिबास– सिन्धुली– वनेपा वीपी राजमार्गमा सवारी दुर्घट्ना बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसलाई न्युनिकरण गर्न पहल सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार एक सर्बपक्षिय बैठक बोलाई त्यसबारे छलफल गराएको छ । छतमा यात्रु बोक्ने बसलाई पहिलो पटक दुई हजार रुपिया र फेरी पाईएमा पटकैपिच्छे दोब्बर जरिवाना गर्दै जाने बैठकमा सहमति भएको छ । यसरी जरिवाना हुने रकम उक्त कोषमा जम्मा गर्ने निर्णय भएको छ । सर्बदलिय बैठकमा सहभागि वीपी यातायात सेवा समितिका पदाधिकारीले पनि बैठकमा भएको सहमतिलाई पूर्ण पालना गर्ने बताएको कार्यालयले जनाएको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले दुर्घट्ना कम गर्न बसको छतमा यात्रु बोक्ने सम्बन्धित गाडी धनीलाई कडा कारबाही गर्ने र सवारी साधन दुर्घट्ना उद्धार कोष स्थापना गरिने सहमति भएको बताउनु भयो । बैठकमा सार्बजनिक यातायात आचार संहिता २०६७ को पूर्ण कार्यान्वयन गराउने निर्णय
भएको छ । बस चलाउनुअघि ट्राफिकलाई चेकजाँच गराउने, मोबाईल फोनमा गफ गर्ने र जाँड रक्सिको सेवन सबारी चलाएको बेला निषेध गर्ने लगायतको सहमती भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकरी दिनुभयो ।

छलफलमा भएका निर्णय शुक्रबारदेखि नै कार्यान्वयनमा ल्याईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबारको बैठकबाट भएको निर्णय यातायात व्यवसायिले आ–आफ्नो समितिभित्र छलफल गरी बैशाख २५ गते जिल्ला प्रशासन कार्यालयमा बस्ने सर्बदलिय बैठकमा जानकारी गराउनु पर्ने बैठकमा सहमति भएको छ । छलफल कार्यक्रममा एकिकृत नेकपा माओवादीका सह–ईन्चार्ज राजन दाहाल, दिर्घराज श्रेष्ठ, नेपाली काँग्रेसका सभापति मोहन बराल, सुरक्षाकर्मी, यातायात व्यवसायि लगायतको सहभागिता रहेको थियो ।

यसैबीच वीपी राजमार्गमा बिहिबार भएको बस दुर्घट्नामा निधन भएका रामेछाप जिल्ला खाडादेवी गाविस–९ निवासी सोमबहादुर कार्कीको र सालु गाविस–२ निवासी ढुण्डीराज भुर्तेलको परिवारलाई किरीयाखर्च स्वरुप २५ हजार रुपियाका दरले वीपी राजमार्ग यातायात सेवा समितिबाट सहयोग दिलाईएको प्रजिअ भण्डारीले बताउनुभयो ।

दुर्घटनामा कार्की, भुर्तेल र रतनचुरा सिन्धुलीका गणेश श्रेष्ठको मृत्यु भएको थियो भने अन्य ३० यात्रु घाईते भएका थिए । छलफलमा सहभागि मध्यपहाडी यातायात व्यवसायि समितिका अध्यक्ष टिका देवकोटाले भाडा दर पुरानो भएकाले त्यसलाई पुनराबोलकन गरि भाडा दर बढाउन माग गर्नु भएको थियो ।

वीपी राजमार्ग यातायात सेवा समितिका अध्यक्ष राजेन्द्रबिक्रम थापाले ठाँउ–ठाँउमा गाडीवालासँग पैसा असुल्ने समूह बढेकाले सुरक्षाको माग गर्नु भएको थियो । यातायाता अनुगमन समितिले चेकजाँच गरी रहने पर्ने पनि उहाँको भनाई थियो ।

Read More......

भारतको इसारामा तराईमा आपराधिक संगठनहरु सक्रिय रहेको नेकपा माले राष्ट्रवादी मोर्चाका अध्यक्षको आरोप

0 comments

बैशाख १६ गुल्मी।   भारतको इसारामा तराईमा आपराधिक संगठनहरु सक्रिय रहेको नेकपा माले राष्ट्रवादी मोर्चाका अध्यक्ष मिनानाथ देवकोटाले आरोप लगाउनुभएको छ । राष्ट्रव्यापी अभियानका क्रममा गुल्मी पुग्नुभएका नेता देवकोटाले सदरमुकाम तम्घासमा कोणसभा गर्दै वैदेशिक हस्ताक्षेप विरुद्ध नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

नेपालका राजनीतिक दलहरु सरकार फाल्ने र बनाउने खेलमा मात्रै लाग्दा राष्ट्रियता धरापमा परेको धारणा राख्नुभयो । दलहरु सत्ता केन्द्रित राजनीतिमा लागेकै कारण ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको भावना विपरीत देश अनिर्णयको बन्दी बनिरहेको उहाँको तर्क थियो । 

समयमै संविधान निर्माणलगायतका विषयमा राष्ट्रव्यापी जन दवाव अभियानका क्रममा अन्य २० जिल्ला हुदै उहाँ आज गुल्मी आउनुभएको हो ।


Read More......

सिन्धुलीको दुर्घटनामा थप एकको मृत्यु

0 comments

उमा पौडेल
बैशाख १६ सिन्धुली। वीपी राजमार्ग अन्तर्गत बिहीवार  सिन्धुलीको भद्रकाली गाविसमा भएको दुर्घटनामा आज दिउँसो थप १  जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धली रतनचुराका गणेशबहादुर श्रेष्ठ भएको प्रहरीले जनाएको छ ।

यसअघि रामेछापका सोमबहादुर कार्की र सर्लाहीका ढुण्डिराल भुर्तेलको मृत्यु भैसकेको थियो ।

 दुर्घटनामा अन्य  ३९ जना घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ ।

Read More......

मुक्त घोषणा गरेका हलियाद्धारा राजधानी केन्द्रित आन्दोलनको घोषणा

0 comments

बैशाख १६ काठमाडौं। वर्षैदेखि सुदुर र मध्यपश्चिमा हलियको रुपमा जीवन बिताइरहेकाहरुले न्यायीक पुनस्थापनाको माग गर्दै राजधानी केन्द्रित कार्यक्रमको घोषणा गरेको छन् ।  २०६५ भदौ २१ गते सरकारले मुक्त घोषणा गरेका हलियाहरु हाल मालिकबाट मुक्त भए पनि आर्थिक अभावमा सडकमा जिवन यापन गरिरहेको भन्दै राष्ट्रिय हलिया मुक्त माहासंघ डडेलधुराले शुक्रबार काठमाण्डूमा कार्यक्रमको आयोजना गरि सञ्चारकर्मीहरुलाई यस्तो जानकारी दिएको हो । 

हाल नेपालमा २० हजार ५९ जना हलिया रहेको बताउदै महासंघका अध्यक्ष राजुराम भुलले पुनस्थापना सहित हलिया मुक्ति हुनुपर्ने र हलियाका माग आगामि संविधानमा समेट्नु पर्ने बताउनुभयो । वैशाख २१ गतेसम्म जारी कार्यक्रम निर्णयक र अन्तिम आन्दोलनको रुपमा हुने आयोजकले  बतएको छ ।

Read More......

अपराध र अपराधीलाई अहिलेको सरकारले संरक्षण दिएको राप्रपा अध्यक्ष थापाको आरोप

0 comments

बैशाख १६ काठमाडौं ।  देशको समग्र विकासको लागि  राष्ट्रियता र प्रजातन्त्रको पक्षमा नेपालीले आफ्नो जीवन उत्सर्ग गर्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताउनुभएको छ । शान्त्ति र प्रजातन्त्रका लागि नयाँ चुनाव राप्रपा नेपालको वृहत आमसभामा उहाँले यस्तो बताउनुभएको हो  ।

अपराध र अपराधीलाई अहिलेको सरकारले संरक्षण दिइरहेकाले मुलुकमा हिसांको राजनीति सुर भएको उहाँले आरोप लगाउनुभयो । ६२/६३ सालको जनआन्दोलनले राजसस्थालाई समाप्त पारेको भएपनि त्यो राजाको सहमतिमा जनताको चाहाँना अनुसार  भएको दाबी गर्नुभयो । 

अहिले मुलुकमा  नायाँ नयाँ उद्योग खुल्नुपर्ने भएपनि बन्द हर्तालले  उद्योग व्यवसाय धारासायी बन्दै गएकोले विदेशी संस्थाहरुले पनि लगानिका लागि  सहयोग नगरेको उल्लेख गर्नुभयो ।

Read More......

दलहरुबीच विश्वास भए निर्धारित समयमै संविधान आउने: मन्त्री रायमाझी

0 comments


बैशाख १६ काभ्रेपलाञ्चोक । भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दलहरुबीच विश्वासको वातावरण सृजना भए निर्धारित समयमै संविधान जारी गर्न सकिने बताउनुभएको छ । काभ्रेको शंखु पिपलटार कटुञ्जे हँुदै वीपी राजमार्ग जोड्ने २५ किलोमिटर ग्रामीण मोटर बाटोको शुक्रबार शिलान्यास गर्न शंखु गाविस पुग्नुभएका रायमाझीले यस्तो बताउनुभएको हो । 

एकीकृत माओवादीका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले बाहिर हल्ला आएजस्तो शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्यपुनर्संरचनाको विषयमा खासै मतभेद् नरहेको बताउँदै अहिले दलहरुमा को तल र को माथिको भावना पैदा भएकै कारण निर्धारित समयमा संविधान जारी गर्न समस्या उत्पन्न भएको बताउनुभयो । 

मन्त्री रायमाझीले देशको राजनीतिक स्थिति ठीक नभएको भन्दै आप्mनो देशको स्रोतसाधन, विदेशी लगानी र नेपाली जनताको पसिनालाई सार्थकता दिनसके मात्रै ग्रामीण भेगको विकास हुने धारणा राख्नुभयो  ।  

Read More......

इन्धन अभावले सडक मर्मतकार्य रोकियो

0 comments

बैशाख १६ मुस्ताङ। नेपाल सरकारले पेट्रोलीयम पदार्थ बितरणमा सरलता र सहजता ल्याउन नसक्दा धौलागीरीका सम्पुर्ण विकास निर्माणका काम प्रभावित बनेका छन् ।ईन्धन समस्याले विकास निर्माणका क्षेत्रमा प्रत्येक्ष असर पारेको भन्दै निर्माणसम्बध तत्काल ब्यवस्था मिलाउन समेत माग गरेका छन् ।

दुई सातादेखि धौलागिरि क्षेत्रमा पेट्रोलियम पदार्थ नपाइएपछि सडक मर्मतको काम ठप्प नै भएको हो । एक वर्षभित्रमा कालोपत्रे गरिसक्नुुपर्ने बेनी–मालढुङ्गा सडकका साथै धौलागिरि अञ्चलको बालुङ, पर्वतमा समेत प्रत्यक्ष असर परेको  हो ।

पेट्रोलियम पदार्थको अभावका कारण बेनी–दरबाङ र बेनी–मालढुङ्गा सडक मर्मतकार्यमा मात्रै दैनिक लाखौ नोक्सानी भइरहेको बताइएको छ । बर्षाको समय सुरु भएकाले ईन्धनको सुलभता नहुदा विकास निर्माणका कामहरु समयमै सम्पन्न नहुने सम्वधीत व्यक्तिहरुको भनाई छ ।

Read More......

बेहुली

0 comments

राजकुमार विलियमसितको विवाह समारोहका लागि वेस्टमिनिस्टरमा केट मिडलटन आफ्नी बहिनी साथ । फोटो: एएफपी

Read More......

Thursday, April 28, 2011

पत्रकार महासङ्घ द्वैध चरित्रबाट मुक्त हुनुपर्ने पत्रकारहरुको भनाइ

0 comments

बैशाख १५ काठमाडौं। पत्रकारहरुले नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको हकहितका लागि खुलेर काम गर्न नसकेको गुनासो गरेका छन् । श्रमजीवी पत्रकार सङ्घर्ष समितिले बिहीवार काठमाडौमा गरेको अन्तक्र्रियामा महासङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका र वरिष्ठ पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।

सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएका शिव गाउँलेले अहिलेसम्म कुरा धेरै भएपनि श्रमजीवी पत्रकारको पक्षमा महासङ्घले काम गर्न नसकेको दावी गर्दै अब स्पष्ट रुपमा महासङ्घलाई श्रमजीवीको प्रतिनिधिको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।उहाँले वाचा गर्नुभन्दा पनि कार्यान्वयन महत्वपूर्ण हुने भन्दै पत्रकारको भौतिक र व्यावसायिक सुरक्षा, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि अभियान चलाउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो । सभापति पदका अर्का उम्मेवार केदार कोइरालाले आफू कुनै दल विशेषको पत्रकार नभएको भन्दै आफूले पत्रकारिताको व्यवसायिकताका लागि लड्ने दावी गर्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गगन विष्टले अहिलेसम्मको महासङ्घका पदाधिकारीले बोलीमा श्रमजीवी भने पनि मालिक जस्तो व्यवहार भएको आरोप लगाउँदै महासङ्घ द्वैध चरित्रबाट मुक्त हुनुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पत्रकारको हकहितको लागि खुलेका कुनै पनि संगठनहरुले श्रमजीवी पत्रकारहरुको हितमा सोचे जति काम गर्न नसकेको दावी गर्दै पत्रकारको अधिकार, सुरक्षाका लागि सबै एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

 नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष मुरारी शर्माले पत्रकारहरुको संगठन पार्टीहरुको खल्तिमा पुगेको भन्दै यस्तो संगठनले श्रमजीवी पत्रकारहरुको हीत गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

Read More......

मस्जिदसहित ११ घर जले

0 comments


प्रतीक्षा वान्तवा
 बैशाख १५ धरान। मोरङको टकुवा गाविसमा आगलागी हुँदा एउटै बस्तीको ११ घर जलेर नष्ट भएको छ । गहुँ काट्ने थ्रेसरबाट सल्केको आगोले एक मस्जिदसहित बस्तीलाई नै खरानी बनाएको मोरङ प्रहरीले जनाएको छ।बिहीवार  बिहान भएको आगलागीमा टकुवा–८ का ११ घर जलेका छन् । बस्तीमा रहेको मुस्लिम समुदायको मस्जिद पनि जलेर नष्ट भएको छ । विराटनगरबाट गएका बारुणयन्त्र, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयवासीले दुई घण्टापछि आगो निभाएको प्रहरीले जनाएको छ ।

आगलागीमा टकुवा–८ का मुसलिम मिया, मोहमद हुसेन, अलि हुसेन, सलमान, सोने लाल साह, बिसेक साह, सीताराम साह, परमानन्द साह, मानदेवी साह र निलप्रसाद साहको घर जलेर नष्ट भएको छ । आगलागीमा घर जलेपछि ती घरहरुमा बसिरहेका झण्डै २ सय व्यक्ति बिचल्लीमा परेका छन् ।

उता, सप्तरीको भगतपुरमा पनि बिहीवार  भएको भीषण आगलागीमा २७ परिवारका चार दर्जन बढि घरहरु जलेर नष्ट हुँदा ५३ लाख रुपैंयाँ बराबरको क्षति भएको छ । भगतपुर १ दुर्गापुर टोलका देवु खङको घरबाट विहान २ बजे अचानक सुरु भएको आगलागी फैलिंएर टोलका ५० भन्दा बढि घर, गोठ जलेर नष्ट भएको हो ।

आगलागीबाट टोल नै खरानी भएपछि करिब एक सय जना घरबारविहीन भएका छन् ।

Read More......

थारु समुदायको बर्का नाच प्रदर्शन हुँदै, हजारौं दर्शकको सहभागिता

0 comments

बैशाख १५  कैलाली। थारु समूदायको ऐतिहासिक एवं पौराणिक नाच ‘बर्कानाच’ संरक्षणका लागि कञ्चनपुरको कृष्णपुर गाविसको बलुहाफाँटामा बिहीवारदेखि प्रदर्शन सुरु गरि एको छ । बर्कानाच थारु समुदायको सबैभन्दा ठूलो एवं पौराणिक नाच हो । यसमा देव देउता, गुरुवाहरुले आ–आफ्नो कला देखाउने गर्दछन् ।

यो नाचमा लगभग एक सयभन्दा बढिको सहभागिता हुने गर्दछ । महाभारतको कथामा आधारित विषयवस्तुलाई समेटेर नाचगान गरिने परम्परा रहेको छ । बर्का नाच प्रदर्शन गरेको गाउँमा उत्पादन बढी हुने, रोग नलाग्ने तथा अनिष्ट नहुने थारु समूदायमा मान्यता रहेको छ । बालमुक्ति युवा क्लबको आयोजनामा बर्कानाचको प्रदर्शन गरिएको हो ।

 तीन दिनसम्म प्रदर्शन हुने बर्कानाच हेर्न हजारौंको सङ्ख्यामा स्थानीय बासिन्दा उपस्थित भएका छन् । बर्कानाचको प्रदर्शनीको सभासद् देवीलाल चौधरीले उद्घाटन गर्नुभएको छ ।

Read More......

लोकतान्त्रिक मधेसी संगठनको राष्ट्रिय भेला जनकपुरमा

0 comments

बैशाख १५ जनकपुर।  नेकपा एमालेसँग सम्वद्ध लोकतान्त्रिक मधेशी संगठनको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट जनकपुरमा सुरु भएको छ । “सम्प्रदायिक सद्भाव आत्मस्वाभिमान, समानुपातिक प्रतिनिधित्वका लागि नयाँ नेपाल” भन्ने मुल नाराका साथ जनकपुर चुरोट कारखानाको खेल मैदानमा ३ दिनसम्म चल्ने महाधिवेसनको प्रधानमन्त्री तथा एमालेको केन्द्रिय अध्यक्ष झलनाथ खनालले  बिहीवार दिउँसो उदघाटन गर्नभएको छ । 

कार्यक्रममा एमाले वरिष्ठ नेता केपी शर्मा ओली, लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष तथा सिंचाइ मन्त्री रघुवीर महासेठ, एमालेको वैकल्पिक केन्द्रिय सदस्य तथा स्थानीय विकास राज्य मन्त्री शत्रुधन महतो लगायतकाको सहभागिता रहेको थियो । अधिवेशनमा २२ जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । 

यसैबीच प्रधानमन्त्रीको आगमनलाई लिएर जनतान्त्रिक तराई मुक्ति मोर्चा नेतृत्वको राजन मुक्ति समूहले  बिहीवार तराई बन्दको घोषणा गरेका छन् । बन्दका कारण जनकपुरबाट चल्ने छोटो तथा लामो दुरीका यातायातका साधनहरु प्रभावित भएका छन् ।


Read More......

भारतमा पाइलटहरुको हड्ताल, यात्रीहरु मर्कामा

0 comments

बैशाख १५ काठमाडौं।  एयर इन्डियाका पाइलटहरुको हड्ताल आज दोस्रो दिन पनि जारी रहेपछि हवाई यात्रुहरु मर्कामा परेका छन् । हड्तालले गर्दा भारतभर हवाईसेवा प्रभावित भएको छ । धेरैजसो उडानहरु बन्द गरिएका छन् । एयर इन्डियाले हरेक दिन ३ सय २० भन्दा बढी उडान भर्ने गर्दछ ।

हड्तालले गर्दा आज झन्डै २० प्रतिशत उडान कटौती गरिएका छन् । एयर इन्डिया कम्पनीले भने यात्रीहरुको सहयोगका लागि जानकारी दिने व्यवस्था प्रभावकारी बनाइएको जनाएको छ । कम्पनीले अरु उडानबाट पनि यात्रीहरुलाई गन्तव्यमा पु¥याउन थप कर्मचारीहरु परिचालन गरिएको जनाएको छ । उच्च अदालतले पाइलटहरुलाई आफ्नो ह्डतालको कार्यक्रम फिर्ता लिन भनेको थियो । तर उनीहरुले हड्ताल फिर्ता गर्न नमाने पछि ६ पाइलटलाई बर्खास्त गरिएको छ । 

विभिन्न माग राखी एयर इन्डियाका झन्डै ६ सय पाइलटहरु आन्दोलन उत्रिएका छन् ।

Read More......

भारतबाट असहयोग भएको महसुस गरें : प्रचण्ड

0 comments


वैशाख १५ काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारीसँगै माओवादी र भारतको सम्बन्ध प्रगाढ भएपनि पछिल्लो समयमा भारतबाट सोंचेअनुसार सहयोग नभएको बताउनुभएको छ ।


भारतीय दैनिक पत्रिका द हिन्दुलाई दिनुभएको अन्र्तवार्तामा प्रचण्डले माओवादी नेतृत्वमा सरकार बनेपछि आफुले जनताको चाहनाअनुसार केही महत्वपूर्ण एजेण्डा उठाएपनि भारतीय पक्षबाट सहयोग नपाएको बताउनुभयो । ‘जव मैले यी काम गर्ने प्रयास गरें तब मलाई भारतले मलाई सहयोग नगरेको महसुस गरें जुन कुरा कटवाल काण्डमा आएर स्पष्ट भयो ।’ प्रचण्डको भनाई छ- त्यसैले १२ बुँदे समझदारी गर्दा हामीवीच जुनखालको न्यानो सम्बन्ध थियो पछि त्यो चिसिंदै गयो ।’



माओवादी र भारतवीचको सम्बन्ध सुधार हुनुपर्ने पक्षमा आफुहरु रहेपनि सम्बन्ध सुधार गर्ने मुख्य जिम्मेवारी भारतको भएको प्रचण्डको भनाई छ । सवैभन्दा ठूलो र परिवर्तनको वाहक शक्ति माओवादीलाई भारतले असहयोग गरेको प्रचण्डको भनाई छ । भारतीय बिदेशमन्त्री र बिदेशसचिवको हालैका भ्रमणका क्रममा असहमतिबारे खुलेर कुरा भएको प्रचण्डले बताउनुभयो ।



सेना समायोजनका लागि नेपाली सेनाले गरेको मिश्रित फोर्सको प्रस्ताव सकरात्मक भएको भन्दै प्रचण्डले मिश्रित फोर्स स्थापनको सहमति नजिक पुगिसकिएको बताउनुभयो । आफ्नो पार्टीको चाहना लडाकुको छुट्टै फोर्स भएपनि तत्काल त्यो सम्भव नभएकाले मिश्रित फोर्स स्थापनाका लागि माओवादी सहमत रहेको उहाँले बताउनुभयो । दलहरुवीच यसबारे सहमति भएपछि समायोजनमा जाने र नजाने लडाकुवीच रिग्रुपिङ सुरु हुने प्रचण्डको भनाई छ ।



सेना समायोजन र संबिधान निर्माण अन्तरसम्बन्धीत रहकोले एकीकृत मस्यौदा बनाउने र सेना समायोजनको मोडालिटी तय गर्ने काम संगसंगै गर्नुपर्ने माओवादी धारणा रहेको उहाँको भनाई छ । तर सेना समायोजन सकिएपछि मात्र संबिधान जारी गर्ने बिषयमा माओवादी सहमत रहेको प्रचण्डले बताउनुभयो ।

Read More......

फिफा गोल फुटवल प्रोजेक्टका लागि नेपाल पनि छनौट

0 comments

बैशाख १५ काठमाडौं।  विश्व फुटबल महासङ्घ (फिफा) ले विश्वका १० राष्ट्रमा पाईलट प्रोजेक्टको रुपमा सुरु गर्न लागेको फिफा गोल फुटवल प्रोजेक्टका लागि नेपाल पनि छानिएको छ । प्रोजेक्टसम्बन्धी संभाव्यताका लागि फिफाका पदाधिकारीहरु नेपालमा अध्ययन गरिरहेको अखिल नेपाल फुटवल सङ्घ एन्फाले जनाएको छ। फिफाले गोल फुटबल प्रोजेक्टको तीन वर्षे अवधिमा अमेरिकी चार लाख डलर उपलब्ध गराउनेछ ।

फिफाको टिम समक्ष आज एन्फा कम्प्लेक्समा आयोजित एक समारोहमा एन्फाद्धारा गोल फुटबल प्रोजेक्ट अन्तर्गत कार्यान्वयनमा ल्याउन खोजेको विषयमा एन्फाका टेक्निकल डाईरेक्टर भिम थापाले प्रस्ताव पेश गर्नुभएको थियो । एन्फा अध्यक्ष गणेश थापाले फिफाले नेपाललाई जहिले पनि पहिलो प्राथमिकतामा राखी फिफाका कार्यक्रम प्रदान गर्दै आईरहेकोमा फिफाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

Read More......

संविधान नबन्नुमा माओवादीको ढुलमुले चरित्र दोषी: काङग्रेस नेता आचार्य

0 comments

बैशाख १५ काठमाडौं।  नेपाली काङग्रेसका नेता नरहरि आचार्यले एकीकृत नेकपा माओवादीका ढुलमुले चरित्रका कारणले गर्दा थपिएको समयमा पनि संविधान बन्न नसकेको बताउनुभएको छ । बिहीवार  काठमाडौंको एक कार्यक्रममा नेता आचार्यले बाँकी रहेको समयमा सबै प्रक्रिया पूरा गर्दा पनि संविधान ल्याउन नसकेमा मात्रै संविधानसभाको म्याद थपको विषयमा सोच्न सकिने बताउनुभयो । 

उहाँले माओवादीले चाहेको जस्तो जनवादी शासन व्यवस्था नेपालमा सम्भव नभएको बताउँदै आफूले गरेका सबै सम्झौता पालना गर्न पनि एकीकृत माओवादीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नागरिक पहल नामक संस्थाका अध्यक्ष राजेश सिलवालले राष्ट्रिय सहमतिबाट मुलुकलाई निकास दिन सबै दलहरुलाई जिम्मेवार हुन आग्रह  गर्नुभयो । 


Read More......

घ्याच्चोकबासीका ११ प्रतिबद्धता

0 comments

राजेन्द्र न्यौपाने
 गोरखा जिल्लाको घ्याच्चोक गाउँ विकास समितिलाई पूर्ण सरसफाईयुक्त बनाउन घ्याच्चोवासीहरुले ११ बुँुदे घोषणा पत्र जारी गरेका छन् ।उनीहरुले सबै घर परिवारले नियमित चर्पी प्रयोग गरि मर्मत संभार गर्ने, चर्पी गएर आएपछि दिसा धोएपछि, खानापकाउन अघि, खाना खानु अघिपछि, बच्चालाई खाना खुवाउनु अघिपछि र फोहोर छोएपछि, राम्रोसँग मिचिमिचि सावुन वा खरानी पानीले हात धुने, खानेपानीको गाग्री भित्र बाहिर नियमित सफा गर्ने र खाना तथा पानी छोपेर राख्ने ,घर आँगन बाटो वर पर र सार्वजनिक स्थानमा नियमित सरसफाई गर्ने,भाडा सुकाउने चाङ, भाँडा माझ्ने स्ल्याब नियमित प्रयोग गर्ने, खाने पानीको मुहान, पानी जम्मा गर्ने ट्याँकी , धारा नियमित सरसफाई गर्ने, पशुपंछि ( सुँगुर, बंगुर, कुकुर, कुखुरा )लाख व्यवस्थीयत गर्ने तथा गाई बस्तुको गोबर मललाई व्यवस्थि गर्ने उनीले प्रतिबद्धता गरेका छन् ।

यसैगरी विद्यालय,स्वास्थ्य चौकी, गा.वि.स. भवन र सामुदायिक भवनहरमा फोहोर व्यवस्थित गर्ने, नुहाउदा, कपडा धुँदा वा अन्य काम गर्दा धाराबाट वा ट्याँकीबा खेर गएको पानीलाई तरकारीबारीमा प्रयोग गर्ने वा उचित तरिकाले व्यवस्थापन गर्ने, आगामी दिनमा खानेपानी र सरसफाईका लागि नियमित मर्मत संभार कोष संकलनलाई निरन्तरता दिने, गा.वि.स. भित्र कसैले बाहिर दिसा पिसाव गरेको देखेममा रु १५० जरिवाना गर्ने साथै घर छुट्टिएर वा बसाइसराई गरि आउने घरहरुले अनिवार्य रुपमा चर्पी निर्माण गरि प्रयोग गर्न लगाउने निति नियमलाई कार्यन्वयन गर्दै यस गा.वि.स.लाईपूर्ण सरसफाई र दिगोपनको व्यवस्थापन गर्ने गाउँलेहरुको प्रतिबद्धता रहेको छ ।

गा.वि.स.मा रहेका ४१३ घरधुरीहरुमा पक्की शौचालय घरैपिच्छे धारा भएको गोरखा जिल्लाको घ्याच्चोकगा.वि.स एकमात्र रहेको छ । २०४६ सालको जनआन्दोलन पछि सिम्जुङबाट अलग गराइएको उक्त गा.वि.स. निर्वाचन क्षेत्र नं. २ को अन्तिम गा.वि.स. हो । २०६३ साल सम्म जम्मा सात घरमा मात्र शौचालय रहेको यो गाउँको अहिलेको अवस्थाले देशको विकास सजिलै सम्वभ रहेको संकेट गरेको छ ।

पञ्चवर्षिय योजना निर्माण गर्दा मलेसिया र नेपालमा नेपालको स्थिति बलियो रहेपनि नेपालबाट आज मलेसियामा काम गर्न नेपालीहरु जानुपर्ने बाध्यता छ । शिक्षा , स्वास्थ्य क्षेत्रको गाउँबाटै विकास गरी ग्रामीण उत्पादनमुखि सहकारीमो जोड सरकारले दिन सके सबै नेपालीहरुको भविष्य स्वर्णीम हुने गोरखाको घ्याच्चोकले पाठ सिकाएको छ ।

राष्ट्रिय वातारण पुरस्कारको पर्र्खाइ रहेको उक्त गा.वि.स.मा दाताको लगानी र गाउँलेको अथक परिश्रमले राम्रो काम सम्भव भएको हो । गाउँमा रहेका प्रत्येक घरधुरीले ७२ दिनसम्म लगातार श्रम गरेका थिए भने २०६५ बाट थालिएको अभियान २०६७ मा सम्पन्न भएको थियो । नेपालका सबै गा.वि.स.का मानिसहरु गोरखाको घ्याच्चोक गा.वि.स.का मानिसहरु जस्तै लागि पर्ने हो भने स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुनेछ । स्वास्थ्यमा गर्नुपर्ने खर्च विकासमा गर्दा यसले गाउँको विकासमा राम्रो टेवा पुग्दछ र सबैको भविष्य उज्जववल हुन्छ । 

Read More......

बस दुर्घटना हुदा सिन्धुलीमा १ जनाको मृत्यु ,२९ जना घाइते

0 comments

एसवी गौतम
 बैशाख १५ सिन्धुली। विपि राजमार्ग अन्तर्गत सिन्धुलीको भद्रकाली गाविसको पिपलभन्ज्याङ र ढुंग्रभञ्ज्याङको बीचमा आज बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन।

मृत्यु हुनेमा रामेछाप घर भएका वर्ष ६५ का सोम वहादुर कार्की रहेको सिन्धुलीका प्रहरी नायव निरिक्षक महेन्द्र प्रसाद शाहले जानकारी दिनुभयो । सिन्धुलीको खुर्कोटवाट सिन्धुलीमाढीतर्फ आउदै गरेको ना २ ख ५८५७ नं. को बस बढी लोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । अत्यधिक मोड भएको सो रोडमा मोड कटाउन नसकेको कारण गाडी पल्टेको थियो ।

घाइते मध्ये धेरैको अवस्था गम्भिर रहेको छ । घाइते सवैको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । 

Read More......

Wednesday, April 27, 2011

पारसले कसुर गरेको ठहर, पहिलो पटकलाई माफी

0 comments

बैशाख १४ चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले पुर्व युवराज पारस शाहले सार्वजनिक स्थानमा होहल्ला गरेको कसुर ठहर गर्दै आगामी दिनमा यस्तो नगर्न फैसला सुनाएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको टाईगर टप्स होटलमा भएको गोली काण्डबारे चलिरहेको मुद्दाको बुधवार  छिनोफानो गर्दै प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको एकल इजलासले यस्तो फैसला सुनाएको हो ।

कागज गराउने बयानका बेला पुर्व युवराज पारसले बंगलादेशी नागरिक रुवेल चौधरीसंग भनाभन भएको स्वीकार गरेकोले सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अनुसार पहिलो पटकलाई कागज गरेर छाड्ने आदेश भएको जनाईएको छ ।

गोलीकाण्डका पीडित भनिएका बंगलादेशी नागरिक रुवेल चौधरी र पूर्वयुवराज पारस शाहसँग गत चैत्र ८ गते लिईएको बयानका आधारमा शाहका तर्फबाट वकिलहरु गणेश केसी, हिरा रेग्मी, बद्री गौतम र चुडामणी सापकोटाले बहस गर्नुभएको थियो ।

गत मंसिर २५ गते टाईगर टप्स होटलमा रुबेललाई गोली हानेको आरोपमा मेघौली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गंगा क्षेत्रीले पूर्वयुवराज शाह विरुद्ध सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दायर गर्नुभएको थियो ।

Read More......

भलिबलको उपाधी पोखरालाई

0 comments

बैशाख १४ पोखरा ।नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समिति पोखराले रुकुममा जारी खुल्ला शहिद स्मृति रनिङ्ग सिल्ड पुरुष तथा महिला भलिबलको उपाधी जितेको छ ।सदरमुकाम खलंगामा भएको पुरुष भलिबलमा जनमुक्ति सेनाको पाँचौ डिभिजनलाई तीन–शून्यको सोझो सेटमा हराउँदै पोखराले उपाधीमा कब्जा जमाएको हो ।

आजै भएको महिला भलिबलको उपाधी पनि पोखराले नै हात पारेको छ । महिला भलिबलमा पनि जनमुक्ति सेनाको पाँचौ डिभिजनलाई तीन–शून्यले हराउँदै पोखराले उपाधी उचालेको हो । पुरुषतर्फको उपाधीसँगै पोखराले नगद एक लाख, शिल्ड र प्रमाणपत्र पाएको छ । उप विजेता जनमुक्ति सेनाको पाँचौं डिभिजनले ५० हजार नगदसहित मेडल र पमाणपत्रमा चित्त बुझाएको छ ।

त्यस्तै महिला भलिबल विजेता तमुवान राज्य समिति पोखराले नगद ५० हजारसहित शिल्ड,प्रमाण पत्र र उप–विजेता पाँचौ डिभिजनले नगद २५ हजारसहित मेडल, प्रमाणपत्र पाएको छ ।

गएको बैशाख ९ गतेदेखि सुरु भएको खेलमा २२ पुरुष र १० महिला समुहले सहभागिता जनाएका थिए ।

Read More......

अफगानि सेनाका पाइलटको आक्रमणमा नेटोका ८ सैनिक मारीए

0 comments

बैशाख १४ बीबीसी । अफगानि सेनाका पाइलटले गरेको आक्रमणमा नेटो गठबन्धनका ८ जना सैनिक मारीएका छन् । राजधानी काबुलको बिमानस्थलमा अफगानि एयर फोर्सका  पाइलटले गरेको आक्रमणपछि भएको दोहोरो भिडन्तमा उनी पनि मारीएका छन् ।

आक्रमणमा मारीएका सेनाको नाम र देश भने नखुलेको बीबीसीले जनाएको छ ।मानसिक बिरामी रहेका भनिएका ति पाइलटले तालिवानको योजना अनुसार आक्रमण गरेको हुनसक्ने नेटो सेनाले आशंका गरेको छ । घटनापछि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परीचालन गरीएको छ ।


Read More......

जिम्मेवारी पुरा गर्न नसक्नेलाई राजिनामा गर्न लगाउने चलन : ओली

0 comments

 वैशाख १४ विराटनगर, । एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न नसके प्रधानमन्त्री झलनाथ खनाललाई राजिनामा गर्न लगाउने बताउनुभएको छ ।

विराटनगरमा माओवादी लडाकुको कुटाईबाट घाईते कार्यकर्ताको स्वास्थ्य अवस्था बुझ्ने क्रममा सञ्चारकर्मीसंग कुगर्दै एमाले नेता ओलीले तोकिएको जिम्मेवारी पुरा गर्न नसके फिर्ता बोलाउने भन्दा पनि पदबाट राजिनामा गराउने चलन रहेको बताउनुभयो ।

प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानमा आफ्नो अर्जनदृष्टि भनेर दिने गरेको अभिब्यक्तिप्रति ब्याङग गर्दै एमाले नेता ओलीले अर्जुनदृष्टि भन्दैमा शान्ति र संविधान पुरा नहुने बताउनुभयो ।

उहाँले जेठ १४ गतेसम्म शान्ति र संविधान पूरा गर्ने पक्षमा आफू रहेको बताउनु भएको छ । ओलीले संविधानसभाको म्याद थप गर्न नहुने समेत उल्लेख गर्नुभएको छ ।

Read More......

प्रलेसको कार्यक्रमको तयारी पुरा

0 comments

वैशाख १४ दाङ। प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले भोली गर्न थालकोे विचार गोष्ठिको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रलेस दाङका अध्यक्ष रामप्रसाद जैसी र सचिव शरद अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिनुभएको हो ।

प्रलेसले आयोजना गरेको गोष्ठिमा प्रलेसका पूर्व महासचिव अमर गिरीले नेपाली साहित्यमा प्रगतिवाद र प्रलेसका केन्द्रीय सदस्य पद्मप्रसाद शर्माले दाङको प्रगतिशील साहित्य र चुनौति विषययमा आधार पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तुत कार्यपत्र मध्य गिरीको कार्यपत्रमाथि नेपालगञ्ज वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. गोपाल अधिकारी र टीकाराम उदासीले टिप्पणी गर्नुहुने भएको छ । त्यसैगरी शर्माले प्रस्तुत गर्नुहुने कार्यपत्रमाथि साहित्यकारहरु शरद देवकोटा, प्रमोद धिताल र समिक्षक सुशिल गौतमले टिप्पणि गर्नुहुने भएको छ । भोलि विहान ११ वजे नेपाल पत्रकार महासंघको सभाकक्षमा कार्यक्रम हुँदैछ ।

वैसाख महिनाको कार्यक्रम अन्तर्गत प्रलेस दाङले सोही अवसरमा पारिजात स्मृति दिवस पनि मनाउने भएको छ । प्रलेसले कार्यक्रममा उपश्थितीका लागि सम्र्पू साहित्यकारहरु, पत्रकार, विद्यार्थि, कानुन व्यवसायी लगायत सवैलाई आग्रह गर्नुभएको छ ।

यसैवीच जन साहित्यिक मञ्च दाङका अध्यक्ष भुवन देवकोटाले प्रलेसले आयोजना गरेको विचार गोष्ठिमा उपश्थितीका लागि मञ्चमा आवद्ध लगायत सवै साहित्यकारहरुसंग आग्रह गर्नुभएको छ ।

Read More......

हत्याका अभियुक्त सार्वजनिक

0 comments

अनुपबावु श्रेष्ठ
 बैशाख १४ गोरखा जिल्ला प्रहरी कार्यालय गोरखाले गत चैत १५ गते गोरखा आरुचनौटे ५ सिमखोलामा हत्या गरिएको अवस्थामो एक युवतीको शव फेला पारेको घटना बारे आज पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजानिक गरेको छ ।

गोरखा आरुअर्वाङ्ग ३ बस्ने २५ वर्षिया वकिल खड्का र ५ का २४ बर्षिया मिनबहादुर गुरुङलाई सार्वजानिक गरेको हो । अभियुक्तद्धयले बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ की सीता सुनार (केसी) लाई हत्या गरेका बताइएको छन् । अभियुक्त गुरुङ र खड्का नेपाली सेनाको श्री गोरखदल गण गुलरिया ब्यारेकमा कार्यरत सैनिक  भएको समेत प्रहरीले जानकारी दिएको छ । अभियुक्त मध्ये गुरुङ फरार रहेको र खड्कालाई व्यारेकबाट नै पक्राउ गरी गोरखा ल्याईएको हो ।

अभियुक्त गुरुङले बिहे गर्न भन्दै गोरखा ल्याएको र मनकामना मन्दिरमा सिन्दुर हाली घर लैजाने क्रममा घरकी जेठी श्रीमतीले अस्विकार गरेपछि हत्या गरेको अभियुक्तले बताएका छन् । फरार अभियुक्त गुरुङको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Read More......

भारतीय धर्मगुरु साईबाबाको अन्त्येष्टि

0 comments

 वैशाख १४ । भारतीय धर्मगुरु सत्य साईबाबाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । साईबाबाको पार्थिव शरीरलाई धार्मिक परम्पराअनुसार प्रशान्ति निलियम आश्रममा सधाधिस्त गरिएको सत्य साई ट्रष्टले जनाएको छ ।

 उहा“को अन्तिम संस्कारमा भारतको प्रसिद्ध धार्मिक नदी कृष्णा, गोदावरी, गङ्गा, यमुना र काबेरी नदीको जल प्रयोग गरिएको छ भने प्रसिद्ध धार्मिकस्थल काशी र मथुराको माटो प्रयोग गरिएको छ । अन्तिम संस्कारमा भारतमा विभिन्न दलका नेताहरुका साथै ठूलो सङख्यामा उहाँका समर्थकहरुको उपस्थिति रहेको थियो । 

अन्तिम संस्कारपछि समाधिस्थल दर्शनका लागि खुला गरिने भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

Read More......

नेपाली सेनाको ट्रक दुर्घटना हुदा ३० सेना घाइते

0 comments


प्रमिला बुढाथोकी
 बैशाख १४ सिन्धुली। नेपाली सेनाको ट्रक दुर्घटना हुदा मंगलवार  सिन्धुलीको कमलामाइ नगरपालीका १० बाघमारामा ३० जना नेपाली सेना घाइते भएका छन । घाइतेमध्य १ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

बा १ ग १५०९ नं को  वर्दिवासवाट सिन्धुलीतर्फ आउदै गरेको नेपाली सेनाको ट्रक स्टेरिङमा आएको गडवडीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइते सवैको महोत्तरी वर्दिवासमा रहेको जनसेवा पोलिक्लीनीकमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । उक्त ट्रकमा श्री पुरानो गोरख गण ठुलीटार सिन्धुलीमा कार्यरत सेनाहरु रहेका थिए । 

Read More......

जेठ १४ मा नयाँ संविधान जारी हुने संभावना क्षीण

0 comments

 बैशाख १४ काठमाडौं। विभिन्न राजनीतिक दलका नेताहरुले जेठ  १४ मा नयाँ संविधान जारी हुने संभावना क्षीण भएको स्वीकारेका छन् । यद्यपि तत्काल राजनीतिक सहमति गर्ने हो भने संविधान जारी गर्नु असंभव नभएको पनि दोहोर्याएका छन् । आज रिपोर्टस् क्लव काठमाडौमा नेताहरुले थपिएको एक वर्षको अवधिमा संविधान नलेखिनुमा एक अर्को दलमाथि दोषारोपण गर्दै संविधानसभाको म्याद थप्ने विषयमा पनि अन्योलता प्रकट गरेका छन् ।

साक्षात्कारमा नेपाली कांङ्ग्रेसका नेता डा.नारायण खड्काले माओवादी शान्ति प्रक्रियाप्रति इमान्दार नभएकाले नयाँ संविधान जारी गर्न नसकिने बताउनुभयो । कम्तीमा सेना समायोजन र शान्ति प्रक्रियाको बारेमा कार्यतालिका नभैकन संविधानसभाको म्याद थप्ने पक्षमा पनि नेपाली काङ्ग्रेस नरहेको खड्काको भनाई थियो ।

एकीकृत नेकपा माओवादीका नेता सीपी गजुरेलले नयाँ संविधान जारी गर्नका लागि महत्वपूर्ण विवादका विषयमा नेपाली काङ्ग्रेसले गम्भीरता नदेखाएको र एमालेलाई सत्तामा मात्रै चासो भएकाले माओवादी एक्लैको प्रयासले संभव नभएको बताउनुभयो । संविधानसभाको म्याद थप्नका लागि पनि संविधान लेख्ने प्रतिवद्धता हुनुपर्ने बताउँदै गजुरेलले आपसी समझदारी नबनाइकन जति म्याद थपे पनि कुनै अर्थ नहुने तर्क गर्नुभयो । पार्टीभित्रको कुरालाई लिएर मिडियामा आएको समाचारप्रति आक्रोशित हुँदै गजुरेलले पार्टीभित्र कुनै विवाद नभएको र दुई फरक फरक प्रतिवेदनलाई एकै बनाएर पारित गरिने दावी गर्नुभयो ।

एमाले नेता एवं प्र्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले संविधान लेखनमा भएको ढिलासुस्ती प्रमुख दलका नेताहरुकै कमजोरीले भएको बताउनुभयो । नयाँ संविधान जारी हुने दिन जेठ १४ आउन ठीक एक महिना रहेका बेला उहाँले नयाँ संविधान नागरिकको चाहना भएकाले नेताहरुले जनआन्दोलनको म्याण्डेटलाई विर्सन नमिल्ने बताउनुभयो ।

नेपाल सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले प्रमुख दलहरु संविधान लेख्नमा भन्दा सत्तामा केन्द्रित भएकाले संविधान लेखनमा ध्यानै नदिएको दावी गर्नुभयो । आफूहरु संविधानसभाको म्याद थप्ने पक्षमा नरहेको अडान लिंदै कर्णले मधेशलाई एकप्रदेश बनाउन दलहरुले आनाकानी गरेकाले आफूहरु आन्दोलनको मोर्चामा उभिएको बताउनुभयो ।

Read More......

काँगे्सले जनजागरण कार्यक्रम गर्ने

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख १४ गोरखा।नेपाली काँग्रेस गोर्खाले यहि महिनाको १५ गते राष्टिय जनजागरण अभियान कार्यक्रम गनेर् भएको छ । देशैभरी विभिन्न कार्यक्रमहरु गरेको काँग्रेसले जिल्ला समिति गोर्खाको आयोजनामा सो दिन कार्यक्रम गर्न लागेको हो ।

सदरमुकामको हिमाली चलचित्र मन्दिर गोर्खामा हुने उक्त कार्यक्रममा शहिदका परिवारहरुलाई अभिनन्दन गरिनुका साथै नेपाली काँग्रेस विगत देखी वर्तमान सम्म, नामक पुस्तक पनि विमोचन गरिने जिल्ला सभापति हरि घलेले जानकारी दिनुभयो ।

काँगे्रस महामन्त्रि प्रकाशमान सिं, सचेतक कमला पन्त, केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे, युवा नेता गगन थापा लगाएतका वरिष्ठ केन्द्रिय नेताहरुले सम्वोधन गर्ने कार्यक्रममा जिल्ला भरीका नेता तथा कार्यकर्ताहरुलाई सदरमुकाममा उतार्ने घलेले वताउनुभयो ।

विहान ११ वजेदेखि शुरु हुने कार्यक्रममा विभिन्न वाजागाजा र झाँकी सहितको जुलुशले हरमटारी, वसपार्क, ठुलो आँगन, पाटेचौर, हस्पिटलचोक हुँदै वजार परिक्रमा गरेपछि हिमाली हलमा पुगेपछि औपचारीक रुपमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।

Read More......

ताम्सालिङ्को वन्दले जनजीवन कष्टकर

0 comments

यम चौलागाई
 बैशाख १४ सिन्धुली ।विभिन्न माग राखी ताम्सालिङ् संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको वन्दबाट सिन्धुलीमा जनजीवन कष्टकर बनेको छ । वन्दका कारण विहानदेखि नै सदरकमुकाम सिन्धुलीमाढीका पसलहरु खुलेका छैनन् । वीपी राजमार्गमा पनि लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चलेका छैनन् । सदरमुकाममा रहेका क्याम्पसहरु समेत नखुलेका स्थानीय बासिन्दाले बताएका छन् ।

संविधान निर्माणमा दवाव दिन र संविधानसभामा प्रस्तावित सुनकोसी प्रदेशको विरोध गर्दै ताम्सालिङ् राज्य टुक्र्याउन खोजेको विरोधमा ताम्सालिङ् क्षेत्रका ११ जिल्लामा आज बन्दको आह्वान गरीएको आयोजकले बताएको छ ।

Read More......

Tuesday, April 26, 2011

नेवाः र ताम्सालिङ्को वन्दले जनजीवन कष्टकर

0 comments

बैशाख १४ नुवाकोट ।नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले आज नेवाः र ताम्सालिङ बन्द आव्हवान गरेको छ । नेवाः राज्य काठमाडौ उपत्यका हो भने ताम्सालिङ भन्नाले सिन्धुपाल्चोक, नुवाकोट मकवानपुर, धादिङ, काभ्रे, रसुवालगायतका जिल्ला पर्दछन । 

बन्दले शिक्षण सस्था लामो तथा छोटो दुरीको यातायात कलकारखाना लगायत सार्वजनिक सेवाहरु ठप्प रहेका छन । समयमै संविधान निर्माण आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न तथा संविधानसभाको म्याद थपविरुद्ध बन्द आव्हान गरिएको संघर्ष समितिले जनाएको छ ।

 स्थानीय प्रशासनले सम्भावित दुर्घटना हुन नदिन विहानै देखि चोक चोकमा सयौ प्रहरी परिचालन गरेको छ ।

Read More......

आज नेवाः र ताम्सालिङ राज्य बन्द

0 comments

बैशाख १४नुवाकोट ।नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले आज नेवाः र ताम्सालिङ बन्द आव्हवान गरेको छ । नेवाः राज्य काठमाडौ उपत्यका हो भने ताम्सालिङ भन्नाले सिन्धुपाल्चोक, नुवाकोट मकवानपुर, धादिङ, काभ्रे, रसुवालगायतका जिल्ला पर्दछन । समयमै संविधान निर्माण आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न तथा संविधानसभाको म्याद थपविरुद्ध बन्द आव्हान गरिएको संघर्ष समितिले जनाएको छ । बन्दले शिक्षण सस्था लामो तथा छोटो दुरीको यातायात कलकारखाना लगायत सार्वजनिक सेवाहरु ठप्प रहेका छन । स्थानीय प्रशासनले सम्भावित दुर्घटना हुन नदिन विहानै देखि चोक चोकमा सयौ प्रहरी परिचालन गरेको छ ।

Read More......

महान अनुजा, बिल्ला पत्रकार, जिल्ल राष्ट्रपती !

1 comments


एसवी गौतम
 सिन्धुली।  अनुजा काण्डले नेपाली मुलधारका साचारकर्मी र तिनीहरुको क्षमता तथा व्यवसायिकता माथी गम्भिर प्रश्न उठाएको हो  तपाईहरुलाई के लाग्छ  भेटेर फिर्ता दिईएको एकानव्वे लाख कान्तिपुर राष्ट्रिय दैनिकको समाचार सम्पादकीय राष्ट्रपती  र प्रधानन्याधीसकॊ स्यावासी अनी विविसीको भावुक अन्र्तवार्ता अन्त्यमा क्षमायाचना । मुर्खको  समाचार पाईयो भनेर छापिहाल्ने पत्रकार कि मेरो त्यो समाचार किन नछापिदिएको भनेर वारम्वार घचघचाईरहने अनुजा वानियाँ  तपाई दोषी ठहर् याउनुपर्दा कसलाई देख्नुहुन्छ  म त अनुजालाई  सफल योजनाकारको रुपमा देख्छु । 

आखिर घरकै परिवारले समेत नपत्याउने अनुजाको कामले  राष्ट्रपती जस्तो मान्छेले त पत्याए । चर्चामा आउन कित त दुई नम्वरी धन्दा गर्नु पर्छ हैन भने अती राम्रो काम गर्न पर्छ अनी मात्र सारा विश्वलॆ चिन्छ भन्ने मान्यतालाई अनुजाले सानै देखी माईन्डमेकअप गरेको हुनुपर्छ । दृढ प्रतिज्ञा र कामलाई निरन्तरता दिएर नै आज अनुजा सोचेको काममा सफल भएकि छिन् । यसवाट हामीले पनी कुनै काम गर्नु छ भने योजना सगँसगै हरेश नखाईकन निरन्तर  साथ अघाडी वढाउदा सक्दा अन्ततः सफल हुईदोरहेछ । नेपालका दुई वेवसाईट ईकान्तिपुरडटकम र नागरिकन्यूजडटकमा अनुजासगँ जोडिएका लेखको दोहोरी म प्रायः दिनै पढ्दै जान्थे । कसको कुरा पत्याउनु कसका कुरा नपत्याउनु ।

 ईकान्तिपुर भन्छ पैसा भेटेकै हो र दिईसकिन् नागरिकन्यूज भन्छ सवै कपोकल्पित हो । कसका कुरा पत्याउनु कसका कुरा नपत्याउनुफेरी यो दोहोरी त अहिल्यमात्रै पनी होईन केहि समय अघीमात्रै युनिटी काण्डमा पनि पत्रपत्रिकाहरुले भिन्नभिन्नै लेख लेखेकै हुन् । कान्तिपुरमा अव युनिटीले हवाईजहाज किन्दै छ युनिटी टेलिभिजन खोल्दै छ भन्दै लेखहरु र ठुला ठुला विज्ञापनहरु छापेकै हो  सायदै नागरिक पत्रिकालाई युनिटीले विज्ञापन उपलव्ध गराउदैनथ्यो होला वा नागरिक दैनिक पत्रिकामा एक्टिभफलोअप जर्नालिष्ट भएर पनी हुन सक्छ  अन्त्यमा युनिटीले  धनी वनाउने हैन कि जोगी चै वनाउदै छ भनेर सारा विश्वमा रहेका नेपालीलाई खवरदारी गदै नागरिक राष्ट्रिय दैनिक पत्रिका जनतालाई खवरदारी गर्न पहिलो भएकै हो । कुरा रह्यॊ गणतन्त्र नेपालको पहिलो राष्ट्रिपती रामवरण यादव  अनुजाले एकानव्वे लाख र हिराको हार फिर्ता गरेको अनी दुई लाख रुपैँया लिन नमानेको खवरले राष्ट्रपतीको हृदयपनी पग्लेछ । हुनत त्यस्तो अवस्थामा कसको चै मन नपग्लेलार ।

 फेरी यो घटना सत्यता भएको भएत अनुजाले झनै वाहवाही वटुलीहाल्थिन् राष्ट्रिपतीले पनी हतारमै दिएको स्यावासीपनी गतिलो नै हुन्थ्यो । तर राष्ट्रिपतीले यस्तै छोटै समयमा चर्चामा नआएका नेपाली वैज्ञानिकहरुसफल कृषकहरुअन्वेषणखोजकर्तासमाजसेवीहरुलाई  फोन गरेर सम्मान गरेको भए प्रमाणित भईसकेकाका व्यक्तिको सम्मान सार्थक हुन्थ्यो । अव त नेताहरुले  वोलेको कुरा वोलेकै हैन भनेर पनी भन्न मिलेन दिईसकेको वधाई फिर्ता लिन पैसाको कारोवार पनी होईन । पहिलो राष्ट्रपतीले आफैले गरेको नागरिकसगँको पहिलो भेट साच्चै पहिलो गासमा ढुङ्गा जस्तो भएको छ । पहिलो शव्द सिन्धुलीमा त खुवै आई रहन्छ फेरी आफु त दुई चार वर्ष पत्रकारिता गरेपनि छ महिनामै पत्रकारिताको खोस्टा वोकेर चुप लाग्ने पत्रकार जस्तो पनी परिएन पत्रकार साथीहरुकै झलझलती याद आईरहन्छ । केहि महिना अघी पत्रकारको चुनाव भयो  काहि नलागेको जात्रा सायद सिन्धुलीमा अनी अरु केहि जिल्लामा लागेको सुनेको छु । दुई अध्यक्ष छन् पत्रकार महासघं शाखा सिन्धुलीमा । 

यहि वैशाख १ गतेवाट सिन्धुलीमा पहिलो दैनिक पत्रिका निस्कदैछ भनेने ढ्वाङ् फुकियो आखिरमा पहिलो त अर्कै पो रहेछ त्यहा पनी कोहि त जिल्ल परे नै । अझ आफु त अनलाईन प्रती पनि रुची देखाउने मान्छे तपाईले पढी रहनु भएको सिन्धुली दर्पण सन् २००९ देखी व्लगस्पोटडट टिकेडट सिओ सिसि हुदै  डटकममा आईरहेको छ अनलाईन सेवा भनेको व्लगस्पोट होस् या डट ओआरजी अथवा डटएनटिसीअनलाईन भनेको खवरलाई विश्वमाझ पुर् याउनु हो  रिडरलाई सेवा दिनु हो ।

भरखर आको एउटा केजाती अनलाईन जिल्लाको पहिलो र एकमात्र अनलाईन रे त्यसमा पनी मेरो पहिलो रे साढे गोरुको के जाती जस्ता मान्छेहरु छन् हाम्रा जिल्लामा आफ्नो जग के हो भन्ने नवुझिनै वोल्छन्लेख्छन् । हुनत कुकरले टोक्यो भन्दैमा कुकुरलाई नै टोक्न त मिलेन वरु अर्काको काममा खुरापाती गर्नुभन्दा त अनुजाको जस्तै  वुद्धि पलाउदा पो राम्रो हुन्थ्यो कि ।

Read More......

नेपालकै ठुलो सिता गुफा ओझेलमा

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख १३ गोरखा। धार्मीक, सांस्कृतिक र ऐतिहासीक महत्व वोकेको भए पनि सरोकारवालाहरुको वेवास्ताको कारण गोर्खा जिल्लाको उत्तरी भेगमा रहेको नेपालकै ठुलो सितागुफा यतिखेर ओझेलमा परेको छ । सदरमुकाम वाट १३ कोस दुरीमा अवस्थित स्वाँरा गाविस वार्ड न २ वग्दुलको सितागुफा सम्वन्धित् निकाय र संघ संस्थाको ध्यान पुग्न नसक्दा प्रचार प्रसारको अभावमा पछाडी परेको हो । राम र सिताको कथा संग सम्वन्धित भएको पर्यटकीय स्थलको प्रचुर संभावन वोकेको गुफा भित्र पानिको पोखरी,मौरीको चाका, वागको छाला, जाँतो ढिकि, गाईको थुन, शिवको आकृति, पाप र धर्मको दुलो, राम र सिताको आकृति लगाएतका थुप्प्रै आकृतिहरु प्रष्ट रुपमा देख्न सकिन्छ ।

स्थानीय वासिन्दाको पहलमा प्रत्येक रामनवमीको भोली पल्ट मेला लाग्ने सो स्थानमा महिला समुहको सक्रियतामा निर्माण गरिएको रामसिताको मन्दिरमा पुजा गरि वत्ति वालेमा मनले चाहेको र आँटेको पुग्ने जनविश्वास रहेको छ । मान्छे पुगिने ठाउँ सम्म जानको लागी करिव एक घण्टा लाग्ने गुफाको वरिपरि यो मौषममा गुँरास, काफल,तिंदु, ऐसेलु, मचेनी, थाकल प्रशस्त रुपमा पाईन्छ । उत्तरमा धार्चेलेक, पश्मिमा सौरपानिको थानिथान ,पुर्वमा वजेनी ताल र दिदि वैनी डाँडा दक्षिणमा ताकुकोटको माईस्थान र रानिमुलको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।

मगर र तामाङको जातीको वसोवास रहेको उक्त ठाउँमा गुफाको लागी भनेर अहिले सम्म कसैले पनि चासो नदिएको स्थानिय वासिन्दा दल वहादुर गुरुङले गुनासो गर्नुभयो । उहाँले गुफाको प्रर्वद्धनको लागी यदि सरकारी पक्ष वाट सहयोग र साथ भए जिल्लाको मात्र नभएर समग्र नेपालकै लागी गर्भ गर्न लाएक उक्त गुफा नेपालकै ठुलो भएको दावी गर्नुभयो । चल्लामा छोडेको कुखुरा आरुघाटमा पुगी वास्ने भएर निस्केको कारण गुफा आरुघाट सम्म रहेको र आरुघाट गण्डकी तिरमा रहेको गुफामा पनि रामनवमीमा पुजा गरिने गुरुङले वताउनुभयो । 

जिल्लाको सदरमुकाम वाट पाँचखुवा देउराली सम्म गाडी सम्मको यात्रा पछि करिव डेढ घण्टाको पैदल यात्रा पछि पुग्न सकिने सो गुफामा नेपाल सरकार र स्थानिय वासिन्दाको पहलमा कच्चि वाटो समेत पुगेको छ । 

Read More......

गुम्दाबासीले लापुलाई पैंचे तिरे

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख १३  गोरखा। गुम्दा गाउँ विकास समितिका स्थानीय गाउँलेहरुले लापु गाउँ विकास समितिमा निर्माधिन
कालरात्री निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि श्रमदान गरेका छन् । उनीहरुले यस अघि गुम्दालाई लगाएको पैंचो तिरेका हुन् ।

गुम्दा गा.वि.स.का १८५ भन्दा बढी स्थानीयहरुले छिमेकी गा.वि.स मा अवस्थित उक्त विद्यालयमा मंगलवार  दिनभरी श्रम गरेको लापुबाट स्थानीय सन्त बहादुर वि.क.ले जानकारी दिनुभयो ।

यसअघि लापुबाट गुम्दामा गुम्दालाई नमुना गाउँ विकास समिति निर्माणका कार्यमा श्रमदानका लागि ८५ जना स्थानीय लापुवासीहरु गएका थिए । गुम्दाबाट श्रमदानमा लापु आएका सिंहबहादुर गुरुङले लापुबासीले लगाएको पर्म तिर्न आफूहरु विद्यालय निर्माण कार्यमा आएको बताउनुभयो ।

गुम्दाबाट आएका साबुर गुरुङले दुई गाउँ विकास समितिका जनता बीच सहयोगको आदानप्रदान गर्दा विकास निर्माणमा तीव्रता दिनका साथै भावनात्मक एकताले तीव्र विकासको संकेत गर्ने अनुभव बताउनुभयो ।

कालरात्री निम्न माध्यमिक विद्यालयको भवन निर्माणको लागि चिनिया राजदुतावासले दिएको २० लाख रुपैंयाबाट भवन निर्माणको काम थालनी भएको हो ।

स्टमेट अनुसारका भवन निर्मााणका लागि दुतावासले दिएको भन्दा धेरै रकम लाग्ने भएकोले श्रमदानमा गाउँ र छिमेकी गाउँलेहरु खटिएका हुन् । जिल्ला सदरमुकामबाट विकट भूगोलमा रहेको लापु गाउँ विकास समितिमा अहिले सम्म माध्यमिक विद्यालय समेत रहेको छैन । 

Read More......

कुन चाँही मन पर्‍यो ?

0 comments


रुकुमको सदरमुकाम मुसिकोट खलंगामा बिक्रिका लागि राखिएका छालाका जुता। जिल्लामै उत्पादन गरिएका   छालाका जुता राम्रो सगै टिकाउ समेत हुने भएपछि महंगो भएपनि किन्नेहरुको आकर्षण रहेको छ । फोटो: मेगराज खड्का

Read More......

राजनितिक चपेटामा गोरखाकाली रबर उद्योग

0 comments

भगवान खनाल
 गोरखा। देशकै एकमात्र टायर उत्पादन गर्ने गोरखाकाली रबर उद्योग चरम राजनितिका कारण संकटमा परेको छ । देशमा दिनहुँ यातायात व्यवसाय लोकप्रिय बन्दै गरिरहेको अवस्थामा यातायातको लागि प्रमुख रुपमा चाहिने टायर र ट्युव उत्पादन गर्ने उद्योगभने दिनहुँ बन्द उन्मुख बन्दै गएको छ । यो निकै दुःखद अवस्था हो । उद्योगको संचालक समितिमा एमालेको वर्चश्व रहेको छ ।

नीति निर्माण तहमा एमालेकरण हुनुले कर्मचारीहरुको मन जित्ने गरी कहिलेपनि राम्रो काम त्यहाँबाट हुनसकेको छैन । उता संगठानिक रुपमा माओवादीराजका कारण उद्योग राजनितिको चपेटामा छ । यसरी दोहोरो रुपमा उद्योगमा चरम राजनिति व्याप्त छ । टाउकोमा एमाले र खुट्टामा माओवादी बनेर उद्योग घिस्रिएको छ । यसले उद्योगलाई कहाँनेर ठेगान लगाउने हो हेर्न बाँकी छ । उद्योग संंचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर एमालेका सल्लाहकार हुन् । कर्मचारी यूनियनसँग सम्बद्धहरु यसलाई प्रीतिकर मान्दैनन् । उद्योगको माथिल्लो निकाय राजनितिको प्रमुख अखडा बनेको ले निकै समस्या सिर्जना भएको छ।

संचालक समितिले कहिलैपनि उद्योगलाई लाभमा लानेगरी काम गर्न सकेको छैन । राजनितिक दबाबमा रहेको संचालक समितिले राष्ट्रिय उद्योग बचाउनको लागि कुनै प्रयास गरेको पाइदैन । उद्योग स्थापानाताकाका नीति निर्माण तहका एउटै कर्मचारी उद्योगमा छैनन् ।उनीहरुले नाजायज फाइदा उद्योगबाट कमाए । यहाँको कुनै पनि अनियमितता, ढीलासुस्ती र लापार्वाहीका घट्नाहरु बाहिर आउदैन ।

उद्योग काठमाण्डौंमुखी बनेकोले निकै समस्या देखिएको छ । उद्योगको सोच कारखाना र श्रमिकमुखी बन्न सकेको छैन । नेपालको बजारमा गोरखाकाली रबर उद्योगबाट उत्पादित टायरको खपत हुनेभने उद्योगको अवस्था निकै सुधारिएर आउँछ । माओवादी ने तृत्वको सरकारको पालामा अर्थमन्त्री डा. बाबुराम भटराईले स्वदेशी टायरलाई प्रोत्साहन गर्न भन्दै सम्पूर्ण सरकारी सवारीमा गोरखकाली रबरको टायर प्रयोग गर्नेकुरा बजेट भाषणमा नै उठाइदिएका थिए । धेरै समयपछि, त्यो बर्ष टायर उत्पादन गर्नलाई कच्चापदार्थहरु पनि आएको र व्यापार पनि राम्रो भएको उद्योग श्रोत बताउँछ । तर यो फर्मान अनुसार सरकारी सवारीमा यहाँका टायर प्रयोग गर्न छाडिएको छ ।

उद्योग स्थापना गर्नकोलागि विभिन्न निकायहरुसँग लिइएको ऋणको ब्याजका कारण उद्योगको आर्थिक पक्ष नराम्ररी प्रभावित छ । यो ऋणको व्याज त के साँवा पनि उद्योगले तिर्न सक्दैन । उद्योग यो मिनाहा होस् भन्ने पक्षमा रहेको छ । ऋणमा चुर्लुम्म डुबेपनि सचालन खर्चभने उत्पादित टायर बेचेर धानिरहेको उद्योग श्रोत बताउँछ । त्यहाँका जिम्मेवार कुनैपनि अधिकारी नाम उद्धृत गरी केही भन्न चाहदैनन् । उद्योगको नीतिगत तहमा राणाकालीन सोच छ ।

कारखानामा कसैले केही बोलेर मिडियामा बाहिर आयो भने अनेक गरी खण्डन गर्न बाध्य पार्छन । उनीहरुको यस्तो सोचले गर्दा उद्योगले सोचेजसरी कहिल्यै गति लिएन । लक्ष्मीदासहरुमा गणतन्त्रमा पनि राजासाहे
ब सोच रहेको छ ।

यसलाई बदल्न नसके उद्योगको भविष्य छैन । करिबकरिब दुईदशक हुनलाग्दा उद्योग मृतप्राय हुनु निकै उदेकलाग्दो छ । जसरीपनि उद्योगलाई बचाउनुपर्छ । यसलाई गति दिनुपर्छ ।

उता साल्ट टे«निङ लिमिटेडले पनि उद्योगलाई चुुुसेको छ । यसले गर्दा माथि उठ्न पाएको छैन । उद्योगलाई बचाउन साल्ट टे«ड्रिङको छायाँबाट मुक्त पार्नुपर्ने उद्योग विज्ञहरुले बताएका छन् ।तत्कालीन अवस्थामा तराईका त्यत्रो समथरलाई छाडेर पहाडी क्षेत्रमा ल्याएर उद्योग स्थापनाहनु निकै नै सकारात्क पक्ष हो ।

यसलाई उद्योग संचालकले कहिलेपनि बुझ्ने कोशिस गरेनन् ।उनीहरुको गैरसोचका कारण उद्योग अस्ताउने पारामा गएको छ । स्थानीय मानिसहरुले सीपअनुसार जागीर पाएका छैनन् । भलै, मजदुरफाँटमा अलिबढीले रोजगार पाएका छन् । उद्योग बन्द हुन जादा उनीहरुको रोजीरोटी खोसिन जान्छ ।

कर्मचारीलाई काममा व्यस्त बनाउन उद्योगले पहल गर्नुपर्छ । जतिबढी काम भयो उतिनै कुनैपनि उद्योगको आम्दानी बढ्न जान्छ । कच्चा पदार्थका कारण उद्योगले टायर उत्पादन गर्न सक्दैन । कच्चापदार्थको आपूर्तिमा सहजता ल्याउनुपर्छ । प्रायजसो तेश्रोमुलुकबाट कच्चा पदार्थहरु आयातित गर्दा समयमा कच्चापदार्थहरु आउन सकेको छैन । यसमा संचालकहरुको ध्यान जान सकेको छैन । असक्षमहरुको अखडा
बनेको छ उद्योग । एकमहिना अघि जिएमले असक्षमताका कारण राजिनामा दिई अहिले त्यहीका कर्मचारीले कामु चलाएका छन् । 

Read More......

पूजा साबुनमा लेखिए को भन्दा २० ग्राम तौल कम

0 comments

वैशाख १३ काठमाडौँ । महाशक्ति सोप एन्ड केमिकल इन्ड्रस्ट्री प्राइभेट लिमिटेडव्दारा उत्पादित पूजा साबुनमा करिब २० ग्राम कम तौल कम पाइएको छ ।

बानेश्वरका उपभोक्ताले पूजा साबुनमा लेखिएको भन्दा २० ग्राम कम तौल पाएपछि आफू ठगिएको महसुस गरी पत्रकारलाई सो बारे सूचना दिएका थिए ।

उक्त साबुनको खोलमा १५० ग्राम लेखिए पनि लेखिएअनुसारको तौलमा २० ग्राम कम रहेको पाइएको जनाइएकोक छ ।

आफूले पूजा साबुनको उल्लेखित तौलमा शङ्का लागेपछि जोख्दा कम तौल रहेको पाइएको बानेश्वरका राज लुइटेलले साहारा संसार डटकमलाई बताएका छन् ।

सो साबुनको २० ग्राम कम तौल रहेको प्रमाण रासससँग सुरक्षित छ ।

पूजा साबुन र अर्को साबुनको खोलमा तौल १५० ग्राम नै लेखिएपनि अर्को सोही तौल लेखिएको साबुनको तुलनामा पूजा साबुनको लम्बाइ चौडाइ उचाई र तौलमा फरक रहेको छ ।

उपभोक्ता हित संरक्षण माचका सचिव रामचन्द्र िसंखडाले पूजा साबुनले उपभोक्तालाइ ठगी गरेको भन्दै यस्ता उद्योगलाई गुणस्तर नियन्त्रण तथा नापतौल विभागले कारवाही गर्नुपर्ने्र बताउनुभयो ।

प्रत्येक छ÷छ महिनामा विभागले गुणस्तर चिन्ह नविकरण गर्ने गरेको छ ।

उपभोक्ता हित संरक्षण ऐनअनुसार सरकारले सो कम्पनीलाई कारबाही गर्नुपर्ने भन्दै सचिव िसंखडाले ऐनमा पहिलोपटक गरेको गल्तीलाई प्रकृति हेरी रु पाँच लाखसम्म जरिवाना गर्न सकिने बताउनुभयो ।

कम्पनीका प्रशासन प्रमुख हरि बाँस्तोलाले अहिलेसम्म आफ्नो कम्पनीले उत्पादन गरेको साबुन कमसल नभएको दाबी गर्दै त्यस्तो गल्ती भएमा आन्तरिक अनुगमन गरिने बताउनुभयो ।

पूजा साबुन बजारमा ठूलो मात्रामा बिक्री हुने हुनाले सबै साबुनलाई जोखिरहन कम्पनी असक्षम रहेको छ त्यसैले एक दुईवटा साबुनहरुमा मात्र कम तौल भएको हुन सक्ने बाँस्तोलाको भनाई छ ।

Read More......

सहमति मै हो है !

0 comments

गोरखा जिल्लाका अधिकाँश कच्चि सडकमा जाने यात्रुवसले क्षमता भन्दा बढि यात्रु लिएर हिड्ने गर्दछन् । प्रहरी र यातायात व्यवसायी समितिको सहमतिमा क्षमता भन्दा बढि यात्रु हालिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई मासिक निश्चित रकम दिएकाले छतमा यात्रु राख्न छुट छ ।  फोटो: राजेन्द्र न्यौपाने


Read More......

चट्याङले रेडियोको प्रसारण वन्द

0 comments


वैशाख १३ तेह्रथुम।सोमवार राति परेको चट्याङले टान्स्फरमरमा क्षति पुगेपछि तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो 'रेडियो मेन्छ्यायेम्' को प्रसार वन्द भएको छ । 

चट्याङले टान्स्फरमरमा क्षति पुर्‍याएकाले रेडियोको प्रसारण वन्द भएको रेडियोकी स्टेसन म्यानेजर वसुन्धरा सिंजागुले वताइन् । चट्याकाङका कारण रेडियो वन्द हुँदा जिल्लावासी सूचना र मनोरोञ्जनबाट वन्चित भएका छन् ।

Read More......

म्याग्दीमा नक्कली नोट बरामद

0 comments

हरिकृष्ण गौतम
 बैशाख १३  म्याग्दी जिल्लाको पश्चिम ताकम गाविसमा प्रहरीले एक व्यक्तिबाट नेपाली नक्कली नोट बरामद गरेको छ ।  ताकम गाविसको वडा नंवर ४ मा गुप्ता फ्रेस हाउस सञ्चालन गरेर बसेका रवीकुमार गुप्ताको साथबाट पाँचसय रुपैयाँका १४ वटा नक्कली नोट बरामद गरिएको प्रहरी चौकी ताकमका प्रहरी सहायक निरिक्षक कृष्ण बेलबासे ले बताए ।  

विगत ६ महिनादेखि ताकम गाउँमा कुखुराको माशु बिक्रि गर्दैआएका गुप्ताको साथमा भेटिएको उक्त नोटसहित उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनी ल्याइंदैगरेको पनि उनले बताए ।  

पाँचसय रुपैयाँका सबै नोटमा सङ्केत नंवर (ख ४४१६४२६७) एकै भएको र पानीमा भिजाउँदा सबै नोटको रङ परिवर्तन भइ एकसय रुपैयाँको जस्तो देखिनुका साथै कमसल कागजका नोट भएका लगायतका प्रमाणका आधारमा नक्कली नोट भएको पुष्टी भएको प्रहरीले जनाएको छ ।  

स्थानीय एक बित्तिय संस्थाका साथै केहि युवाहरूको सहयोगमा उनलाई नक्कली नोटसहित पक्राउ गरिएको बताइएको छ । विगत एक साता अगाडीदेखि गाउँमा नक्कली नोट छ्यापछ्याप्ती भेटिएपछि प्रहरीले त्यसको खोजीकार्य गरिरहेको थियो ।  

यता पक्राउ परेका गुप्ताले भने आँफुले केहि समय अगाडी लुलाङ गाविसको दर गाउँका युवालाई पचास वटा कुखुरा बिक्रि गरेकोमा तिनै युवाबाट नक्कली नोट आएको भन्दै आफ्नो बचाउ गरेको प्रहरीले बताएको छ ।


Read More......

पुस्तक वितरण सपन्न

0 comments

संगम तिवारी 
 वैशाख १३ गोरखा । गोरखा मिलन समाज पोखराको आयोजनामा मंगलवार जलकन्या देवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवितृ तथा पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा मिलन समाजका अध्यक्ष राम वहादुर वयलकोटीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा पिएन क्याक्पसका सहायक प्राध्यापक अर्जुन वहादुर भण्डारी, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष ऋषिराम भट्टराई, विद्यालयका प्रधानाध्यापक राजिव गुरुङ, सेरा देवी सामुदायिक वन उपभोक्ता महासंघका सचिव उत्तम कुमार श्रेष्ठ, विद्यालयका अभिभावक शिला थापा, खोप्लाङ स्वास्थ्यका प्रमुख भरत राज पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा कक्षा प्रथम, द्धितिय, तृतीय हुनेलाई लाईं पुरस्कार वितरण वितरण गरिएको थियो । खोप्लाङ गाविसका वडा नं ७ मा अवस्थित यो ठाउँमा कुनै पनि विद्यालय नभएको र नजिकको विद्यालय पुग्न करिव १ घण्टाको समय लाग्ने भएकाले यस विद्यालय खोल्न परेको विद्यालयका प्राधानाध्यापक राजिव गुरुङले वताउनुभयो ।

२०६६ साल पौष २२ गते स्थानिय गाउँलेहरुको भेलाले यस विद्यायल खोलको र यस विद्यालयमा अंग्रेजी माध्यममा कक्षा नर्सरी,युकेजी र कक्षा १ सम्म पढाई हुँदै आएको र ३९ जना विद्यार्थी रहेको जनाएको छ ।

१ वर्षको कार्यकाल पुरा गरेको यस विद्यालय सन्दिप गुरुङ ९७.०५ प्रतिशत अंक ल्याई स्कुल प्रथम वनेका छन् । यस्तै विद्यालयका दिक्षान्त थापा यस वर्षका विद्यालय अनुशासित वनको जनाईएको छ ।

दलित, जनजातिको वसोवास रहेको यो गाउँमा स्कुल नभएको कारण अंग्रेजी माध्यमको विद्यालय निर्माण गरिएको छ । यस विद्यालय करिव ४ लाख रुपैयाँको लागनीमा निर्माण गरिएको र यहाँका विद्याथीहरु निम्न स्तरका भएका कारण एकता प्रकाशनका करिव २ हजार वरावरको पुस्तक विद्यालयमा अध्ययन रथ सवै ३९ जनालाई मंगलवारनै गोरखा मिलन समाजका अध्यक्ष राम वहादुर वयलकोटीले वितरण गर्नूभएको हो ।

Read More......

देशलाई नयाँ उचाइमा पुर् याउन माओवादी र एमाले बीच सातबुँदे सहमति भएको :प्रधानमन्त्री खनाल

0 comments

कूल तामाङ वैशाख १३ रसुवा । प्रधानमन्त्री झलनाथ खनालले सरकार र निजी क्षेत्रको साझेदारीमा धुन्चेदेखि गोसाइकुण्डसम्म केवुलकार निर्माण गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री खनालले आज रसुवा जिल्लामा सुरुभएको गोसाइकुण्ड-लाङटाङ रसुवा महोत्सवको उद्घाटन गर्दै स्याप्रुवेसी-रसुवागढी अन्तर्राष्ट्रिय केरुङमार्ग निर्माण भइरहेकोले यहाँ सुख्खा बन्दरगाह निर्माण दुर्लभ रेडपाण्डाको संरक्षण र चांैरीको दूधबाट बनाइएको छुर्पीलाई आधुनिकीकरण गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

उहाँले एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिमा सर्वपक्षीय सरकार निर्माण गरी देशलाई नयाँ उचाइमा पुर् याउन दृढ सङ्कल्प लिइएको बताउँदै वर्तमान सरकार दुईवामपन्थी बीचको नभई सबै दलको साझा भएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री खनाललाई जिल्लाका १८ गाविसका जनताको तर्फबाट १८ किलोको फुलको माला लगाई स्वागत गरिएको थियो उहाँले १८ वटा परेवा उडाएर शान्तिको कामना गर्नुभएको थियो ।

ुजडिबुटी तरकारी आलु र चीज रसुवाको धन्दा पर्यटनको लागि कुण्डस्थल लाङटाङ तामाङ सम्पदा मार्ग र रेडपाण्डाु भन्ने मूल नाराका साथ वैशाख १९ गतेसम्म साचालन हुने सो महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा स्थानीयस्तरमा उत्पादित सामानहरुको स्टल राखिएको छ ।

महोत्सव मूल समारोह समितिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जिल्लाको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि विद्युत उद्योग व्यापार कृषि शिक्षा स्वास्थ्य र पर्यटन क्षेत्र प्रवद्र्धनमा टेवा पुर् याई पर्यापर्यटनको माध्यमबाट स्थानीयस्तरमा रोजगारीको सिर्जना गरी गरिबी निवारणमा टेवा पुर् याउने लक्ष्य राखिएको बताउनुभयो ।

सो अवसरमा माओवादी फुर्पु वाङ्दी तामाङ नेपाली काँग्रेसका सभापति लामा कार्पु तामाङ नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङ सभासद् प्रेम तामाङ सहितका वक्ताले लाङ्टाङ गोसाइकुण्ड रसुवा महोत्सवले समग्र रसुवावासीको आर्थिक सामाजिक उत्थानमा टेवा पुर् याउने बताउनुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae