Sahara Sansar

Wednesday, March 23, 2011

बहुलवाद र बहुदलीयता


मोहन वैद्य ‘किरण’
मूल्याङ्कनले उपयुक्त बेलामा बहुलवादमाथि सार्थक बहस गराएको छ । एकथरि साथीहरु बहुलवादलाई संविधानमै समावेश गर्नुपर्छ भनेर आइरहनु भएको छ । हामी त्यसको दृढ विपक्षमा छौं छौं  ! यसबारे मैले आफ्ना पूर्वप्रकाशित रचनाहरुमा स्पष्ट पारेको छु तर यस प्रकारको बहस हुन सकेको थिएन । त्यसैले गर्दा म यो बहसको सुरुवात बहुलवाद भनेको के हो भन्ने कुराबाटै सुरु गर्न चाहान्छु ।

बहुलवाद के हो ?
बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्त हो । यसले विश्वको उत्पात्ति र विकास एउटै तत्ववाट होइन्, बहुतत्वबाट भएको मान्यता राख्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शनका साथै प्राचीन युनानी दर्शनमा पनि पाइन्छ । भारतीय जैन दर्शनमा अनेकान्तवादको जुन सिद्धान्त छ, त्यो बहुलवाद नै हो ।

प्रारम्भिक भौतिवादमा पनि पृथ्वी, जल, तज, हावा वा परामाणुहरु जस्ता विभिन्न भौतिक तत्वहरुबाट संसार बन्यो भन्ने सिद्धान्तमा बहुलवादको केही लक्षणहरु पाइन्छन् । त्यस्तै, प्रारम्भीक आदर्शवादमा बहु–ईश्वरको चर्चा चगरिएको पाइन्छ । यो प्राचीनकालीन बहुलवादको कुरा भयो । आधुनिक कालमा भने बहुलवादको जन्म सर्वप्रथम जर्मनीमा भएको पाइन्छ ।

सत्रौं शताब्दीको अन्त्य र १८ औ. शताब्दीको प्रारम्भतिरका जर्मन बुद्धिवादी दर्शनिक लाइबनित्जले संसार चेलनामय बहुतत्व (monads) बाट बनेको छ भनेका थिए । पछि आए। बहुलवादी दर्शनलाई विकसीत गर्ने काम अमेरिकी व्यवहारवादी दार्शनिक विलिमय जेम्सले गरेका छन् । बीसौं शताब्दीको सुरुमा उनले यो विश्व एकरुप (universe) हैन, बहुरुप (multivers) छ भने। पछिल्लो समयमा बहुलावादी दर्शन इङ्ल्याडलगायत विश्वका विभिन्न देशमा फैलियौं र यसलाई बहुलवादी राजनीति व्यवस्थाको दार्शनिक आधारका रुपमा स्थापित गर्ने काम भयो । युरो–कम्युनिज्मको धाराले संसदीय व्यवस्था र बहुलवादलाई स्वीकार गरयो । अन्ततः बहुलवाद उत्तर आधुनिकतावादी दर्शनको प्रमुख आधारशीला बन्न पुग्यो । हाम्रो नेपालमा पनि ठ्याक्कै त्यही–कम्युनिज्म हुदै एमालेले बहुलवादलाई अङ्गीकार गरयो र उत्तरआधुनिकतावादको प्रवेशसँगै यहाँ पनि बहुलवाद बहसको विषय बन्न गएको छ । बहुलवादको दार्शनिक पक्ष बहुलवादको दार्शनिक पक्षको कुरा गुर्नअघि हामीले दर्शनका तीन प्रमुख धाराबारे पनि चर्चा गर्नु आवश्यक छ, ती हुन्–

अद्धैतवाद (monism), द्धैतवाद(dualism) र बहुलवाद(pluralsiam) । अद्धैतवाद दुई प्रकारका छन् । आदर्शवादी र द्धन्द्धात्मक भौतिकवादी । हरेक दर्शनका विभिन्न पाटा वा क्षेत्र हुन्छन्, जस्तै तत्वमीमांमा, ज्ञानमीमांमा, आभारमीमांमा आदि । तत्वमीमांमाले यो संसारको सृष्टि गर्ने तत्व एउटै छ कि धेरै भन्ने प्रश्नको उत्तर खोज्दछ ।

संसारको सृष्टि गर्ने तत्व एउटै छ भन्ने दर्शन सामान्यतया अद्धैतवाद हो तर त्यो एउटै तत्व परचेतना, परमेश्वर वा चेतना हो भनेर मानियो भने त्यो आदर्शवादी अद्धैतावाद भयो । त्यो तत्व एउटै छ तर त्यो परमेश्वर वा चेतना होइन, भौतिक तत्व हो भनेर मानियो भने त्यो भौतिकवादी वा द्धन्द्धात्मक भौतिवादी अद्धैतवाद हो । यी दुवै अद्धैतवादभित्र पर्छन् । फरक के छ भने एउटाले अलौकिक शक्तिलाई मान्दछ, अर्कोले भौतिक शक्तिलाई मान्दछ, । यो धेरै ठेलो भिन्नता हो । यसैगरी द्धैतबादले पदार्थ र चेतना दुवैलाइृ समानान्तर रुपमा प्राथमिक तत्व मान्दछ । बहुलवाद त्यो हो जसले बहुततवलाई प्राथकिम दर्जामा राख्दछ । तत्वदर्शनकै क्षेत्रमा बहुलवादीहरु भने विभिन्न किसिमका तत्वहरुले यो संसारको सृष्टि भयो भन्ने विश्वास गर्दछन् । यस सन्दर्भमा कसैले बहुदेवता, बहुचेतना कसैले परमाणु बहुलता र कसैले पृथ्वी, जल , तेल, वायु आकाश आदि बहुतत्वलाई प्रथामिक स्थानमा राख्ने गर्दछन् । तत्वदर्शनका क्षेत्रमा बहुलवादीहरु भौतिवादी, आदर्शवादी र तटस्थतावादी तीनै प्रकारका रहेका छन् । यो संसारको उत्पत्ती र विकासका लागि प्राथमिक तत्व चेतना वा पदार्थमध्ये कुन हो ? यो प्रश्नको जवाफमा आदर्शवादले चेता र भौतिकवादीले पदार्थलाई प्रस्तुत गर्दछ । यो स्थितीमा बहुलवादीले उक्कने ठाउँ नै पाउँदैन् । यो स्थितीमा बहुलवादीहरु तटस्थातावादी बन्दछन् । र अन्ततः ती आदर्शवादको भासमा फँस्न पुग्दछन् ।

बहुलवादहरु एकातिर आदर्शवादी तथा भौतिवादी दुवै प्रकारको अद्धैतवादको विरोध गर्दै संसारमा बहुलता व्यास्त छ भन्दछन् भने अर्कोतिर त्यसप्रकारको बहुलतालाई एकरुपतामा जोड्नका लागि इश्वरको पनि खोजि गर्दछन् । यो बहुलवादीहरुमा विद्यमान आफ्नो तर्कलाई आफैं खण्डन गर्ने वितण्डतावादी चिन्तन हो । ज्ञानमीमांसाको क्षत्रेमा पनि बहुलवादीहरुले सत्यको बहुलता स्विकार्छन् । आदर्शवादीहरु सत्य सदाका लागि निरपेक्ष, अपरिवर्तनीय र एउटै हुन्छ भन्छन् । द्धन्द्धात्मक भौतिकवादीहरु एकातिर सत्यलाई मूर्त तथा समग्र रुपम ग्रहण गर्दछन् । भने अर्कोतिर सापेक्ष एवम् निरपेक्ष हुने कुरा मान्दछन् तर बहुलवादीहरुका दृष्टिमा सत्य बहुल नै हुनछ । उनीहरु सत्यलाई उपयोगीतावादी कोणबाट हेर्दटन् । त्यसअनुसार सत्य हरेक व्यक्तिका हित र सफलतासँग जोडिएको बहुविध प्रकारका हुने गर्दछन् । उनीहरु सामाजिक व्यावहारलाई सत्यको कसौटी मान्दैनन् ।

आचारमीमांसाको क्षेत्रमा बहुलवाद भनेको चरम व्यक्तिवाद र उपभोक्तावाद हो । यसले के कुरा मान्दछ, भने हरेक समाजमा मानिस प्रकृतिजगत्का परमाणुजस्तै हुन् यी एकदम स्वतन्त्र र यी एकअर्काबाट पृथक हुन्छन् । व्यक्तिका स्वार्थलाई ने सवै भन्दा माथि राख्ने व्यक्तिवाद नै आचारका क्षेत्रमा बहुलवाद हो यसले समाजलाई निषेध गर्दै निजी हित, अभिरुचि र आचरणमा आधारित बहुमूल्य प्राणालीको पक्षपोषण गर्दछन् । समाजको हितलाई प्राथमिकतामा राख्ने सिद्धान्त समाजवाद हो । राजनीति क्षेत्रमा आखर्शवाद वा एकमनावादखले एकदमै तानाशाही र एकाधिकारवादी शासनसत्ताको सिद्धान्त मान्दछ । त्यो भनेको सामन्तवादी सिद्धान्त निरङ्कुश राजतन्त्र, सैनिक अधिनायकतन्त्र वा फासिवाद हो । बहुलवादले पूँजीवादी वर्गका हक, हित, स्वार्थ र स्वतन्त्रतालाई अत्यन्तै निरपेक्ष् रुपमा प्रस्तुत गर्दछ ।

बहुलवादको राजनीतिक आदर्श संसदीय बहुदलीय व्यवस्था हो । यसको आदर्श संसदिय बहुदलीय व्यवस्था हो । यसको विपरीत द्धन्द्धात्मक भौतिकवादी वा माक्र्सवादीहरुको राजनीति आदश भनेको वैज्ञानिक समाजवाद हो । जसले व्यक्ति होइन् , समाजलाई सर्वोपरि मान्छ र व्यक्ति होइन, समाजलाई सर्वोपरि मान्दछ र व्यक्तिका हितलाई समाजको हितको मातहतमा राख्दछ त बहुलवादीहरु समाजको हितलाई प्रथाकिमा राख्न चाहँदैनन् । उनीहरु व्यक्तिका हित र स्वार्थलाई नै प्रथामिकमा राख्छन् । यसरी राजनीतिक दर्शनको क्षेत्रमा पनि तीनैथरी दर्शनका आ–आफ्नै आदर्श शासनप्रणली ऐतिहासिक रुपमा विकसित भएका छन् । बहुलवादलाई हामीले रुप र सारमा हेर्न सक्छौं । सामन्तवादबाट पूँजीवादमा प्रवेश गर्दा जुन प्रगतिशिल भूमिका पुँजीवादीले खेलेका थियो, साम्राज्यवादमा फड्को हानेपछि पूँजीवादी हो , जसको चरम राजनीतिक रुप भनेको फासिवाद हो । फासिवादमा पतन भएपछि त्यो आफैंले पुर्पक्ष गर्दै  आएको बहुलवादलाई छाड.र एकमनावादमा पुग्दछ । साम्राज्यवादको अर्को विशेषता के पनि हो भने त्यसले शब्दमा उदारता, प्रजातन्त्र वा बहुलवादको पुर्पक्ष गर्दछ र कर्ममा चाहिँ चरम तानाशाहीको अभ्यासमा लाग्दछ । बहुलवादीहरुले रुपमा स्वतन्त्रताको कुरा गरे पनि सारमा पूरै तानाशाही लादेन् काम गर्दछन् । आफ्नो वर्गका लागि बहुलता र स्वतन्त्रता तर अर्को वर्गका लागि तानाशाही उनीहरुको चरित्र हुन्छ ।

दर्शनलाई पद्धति र विधिका हिसावले पनि हेर्नु जरुरी हुन्छ । आदर्शवाद, बहुलवाद र द्धन्द्धात्कम भौतिकवादका आ–आफ्ना विधि वा पद्धति हुन्छन् । आखर्शवादीहरुको एउटा ठुलो हिस्सा एकमनावादी वा अधिभूतवादी रहेको छ । उनीहरुले विपरित तत्वहरुलार्इ स्विकार्दैनन् । विपरित तत्वहरुका बीचमा सङ्घर्ष हुन्छ । भन्ने यर्थाथलाई पनि उनीहरुले अस्वीकार गर्छन् । उनीहरु जहाँसुकै एकतैएकता हुन्छ विरोधै हुदैन् भन्दर्छन् । दार्शनिक क्षेत्रमा विपरीत त्त्वहबरको अस्तित्व अस्वीकार गर्नेहरुलार्इ एकमनावादी भन्ने गरिनछ । बहुलवादले चाहीँ विपरीतहरुलाई त स्वीकार गर्दैन । बहुलवादीहरुका खृष्टिमा संसार बहुलैबहुल तथा विविधतैविधितामा आधारित हुन्छ । द्धन्द्धात्मक भौतिवादीहरु चाहीँ विपरीतहरुको एकत्वको मान्यतालाई स्वीकार गर्दछन् । तदनुसार विपरीतहरुको एकत्व भनेको एकता–सङ्घर्ष –रुपान्तर अर्थात नयाँ आधारमा नयाँ एकता हो। यहि पद्धतिको क्षेत्रमा  नैथरि दर्शनका तीन प्रकारका मान्यता देखापर्दछन् । बहुलवादको दार्शनिक मान्यता मूलतः मानसिक वा भौतिक अणु, परमाणु र कणहरुको बहुलतामा आधारित रहिआएको छ । उनीहरुको दृष्टिमा प्रत्येक अणु, परमाणु वा कणहरु निरपेक्ष रुपमा स्वतनत्र छन् र तिनैबाट संसार बनेको छ । उनीहरुको भनाइमा ती परमनणुहरुका बीच आङ्गिक एकता छैन । उनीहरुको यो सोच केवल विश्लेषणमा आभारित छ, संश्लेषणमा होइन । द्वन्द्वात्मक भौतिकवादले यो साचलाई पूरै परास्त गरेको छ ।

दर्शनको वैज्ञानिक विधि विश्लेषण मात्र होइन । द्वन्द्वात्मक एकत्वमा आधारित रहेको छ । बहुलवादले केवल विश्लेषण मात्रलाई पड्कने र संश्लेषणलाई परित्याग गर्ने गर्छ । यो अवैज्ञानिक तथा अधिभूतवादी चिन्तन हो । द्वन्द्वात्मक भौतिकवादको विपरीतहरको एकत्वको नियम विश्वको सार्वभौम नियम हो । यो विश्व देश र कालमा अवस्थित गतिशील पदार्थहरको समग्रहतामा आधारित छ । गतिशील पदार्थहरुका बीच एकता र सङ्द्धर्ष दुवै हुन्छ । लेनिनको भनाइअनुसार देश र कालमा अवस्थित पदार्थका विद्यमान गति भनेको अविच्छिन्नता (countinuity) र विच्छिन्नता (discontinuity) को एकता हो । गति भनेको अन्तविरोध हो र अन्तविरोधको एकता हो । यसरी हेर्दा अणु, परमाणु वा कणहरु गतिशील पदार्थका विविध रुप हुन् र ती परस्पर अन्योन्याश्रित रहेका हुन्छन् । विज्ञानले बहुलवाद होइन, द्वन्द्वात्मक भौतिकवादलाई साथ दिंदै आएको छ । यद्यपि कतिपय अवस्थामा बहुलवादीहरु विज्ञानलाई पनि आफ्नो पक्षमा उपयोग गर्ने कोसिस गर्दछन् । त्यो सदाका लागि सम्भव हुँदैन ।

भौतिक विज्ञानको क्षेत्रमा जब क्वान्टम सिद्धान्तको जन्म भयो र त्यसले प्रारम्भमा सबै चीज टुक्राटुक्रा अर्थात विभिन्न कणहरुमा विभाजित हुने कुरा बतायो, त्यो बेला बहुलवादीहरु अत्यन्तै खुसी भए । यसै गरी जब विज्ञानमा अनिश्चितताको सिद्धान्त विकसित भयो, त्यो बेला उनीहरुले अनिवार्यताको विरोधमा आकस्मिकताको पक्षपोषण गर्न थाले । परन्तु जब क्वान्टम यान्त्रिकीको थप विकास भयो, त्यो बेला के कुरा स्पष्ट भयो भने सूक्ष्म वस्तुहरु केवल कणहरु मात्रै होइन, कण र तरङ्गको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छन् । क्वान्टल यान्त्रिकीमा कण र तरङ्गको द्वन्द्वात्मक एकरुपताको अध्ययन गरिन्छ । त्यसले बहुलवाद होइन, भौतिकवादी द्वन्द्ववादको पुष्टि गर्दछ । वैज्ञानिक आइन्स्टाइनले एकीकृत क्षेत्रको सिद्धान्त (Unified Field Theory) प्रतिपादन गरे । यो सिद्धान्तमा उनले बहुलता हैन, एकरुपताको मान्यता प्रस्तुत गरेका छन् । सारा ब्रह्माणमा तारा, ग्रह, नक्षत्रसहित जुन अनेकौं पिण्डहरु छन्, ती आकर्षण र विकर्षणको द्वन्द्वात्मक मान्यताअनुरुप परस्पर अन्योन्याश्रित रहेका हुन्छन् ।

आखिर संसारको विविधतालाई आपसका एकरुपताले जोड्नैपर्छ । त्यसरी जोडिएन भने सारा दुनियाँ तथा ब्रह्माण्डमा भद्रगोल पैदा हुन्छ । के यो संसार हरेक वस्तु विच्छिन्न प्रवाहमय अर्थात् कण–तरङ्गमय छ । त्यो भनेको आकर्षण र विकर्षणको द्वन्द्वात्मक एकत्वको मान्यता हो । यसैगरी रसायनशास्त्रमा परमाणुहरुका बीचमा वियाजन र संयोजनको अध्ययन गरिन्छ । यो अध्ययनले पनि बहुलवादको खण्डन र द्वन्द्वात्मक भौतिकवादको पुष्टि गर्दछ ।

संविधानमा बहुलवाद किन नराख्ने ?
अहिले हामी संविधानसभामार्फत नयाँ संविधान निर्माणको क्रममा छौं । यतिबेला संबिधानमै ‘बहुलबाद’ शब्द राख्ने कि नराख्ने भन्ने छल्फल पनि चलिरहेको छ हाम्रो पार्टी एकीकृत नेकपा (माओबादी) ले संबिधानमा ‘बहुलवाद’ राख्न नमानेका कारण यो पार्टी बहुदलीय व्यवस्था, स्वतन्त्रता, लोकतन्त्र आदिका पक्षमा नै छैन भन्ने हिसावले गलत प्रचार पनि गरिएको छ । यसबारे स्पष्ट हुन जरुरी छ । अहिले हामी जुन संविधन बनाउन गइरहेका छौं, त्यो यथास्थितिवादी वा संसद्वादी संविधान होइन ।

अहिले हामीले बनाउन चाहेको संविधान जनताको सङ्घीय गणतन्त्रमा आधारित अग्रगामी एजम् प्रगतिशील संविधान हो । यस्तो संविधानमा सारमा वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक तथा जातव्यवस्थामा आधारित सबै समस्याको समाधान गरिन्छ । यहाँ यसप्रकारका सबै तह, तप्का तथा समुदायका जाताका आस्था र दृष्टिकोणलाई समेटिने काम हुन्छ । यो संविधान कुनै अतीतमुखी शक्ति र त्यसको दर्शनप्रति प्रतिबद्ध रहन सक्त्तैन । यो सबे सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिहरुको साझा अभिलेख हुनुपर्छ । त्यसमा कुनै एक पक्ष तथा वर्गको दर्शनलाई राख्ने र अर्को पक्षको दर्शालाई निषेध गर्नु ठीक हुँदैन । अहिले हामीकहाँ दुईथरि मान्यता र दर्शन मान्ने पक्ष छन्–एउटा, बहुदलीय संसदीय व्यवस्था मान्नेहरु छन्, जसले आफ्नो आस्था तथा आदर्शबमोजिम संविधानमै बहुलवाद राख्न चाहान्छने र दास्रो, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मान्नेहरु छन्, जसले संविधानमा बहुलवादलाई राख्न चाहँदैनन् ।

बहुलवाद एउटा दर्शन हो भन्ने माथि नै चर्चा गरिसकियो । अहिले हामीले के भोका छौं भने संविधानमा कसैका दर्शनलाई नराखौं । हामी बहुलवाद मान्दैनौं, हाम्रो दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । प्रश्न उठ्न सक्छ–संविधानमा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई पनि किन नराख्ने त ? हामीले त अरु दलले जस्तो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादीलाई संविधानमै राख्नुपर्छ भने र दाबी गरेका छैनौं । हाम्रो भनाइ संविधानमा कसैको पनि धर्म, दर्शन वा आस्थालाई नराखौं, सम्बन्धित सबैका साझा कुरा मात्रै राखौं भन्ने हो । आस्थाका सवालमा सम्बन्धित सबैलाई स्वतन्त्रता दिनुपर्छ । संविधानको तर्क पनि वैचारिक आस्थामा हस्तक्षेप पनि नपुयाउने भनेको हो । बहुलवाद मान्नुपर्छ भनेर संविधानमा राख्दा बहुलवाद नमान्नेको स्वतन्त्रतामा हस्तक्षेप हुन्छ र हामीले संविधानमा ‘बहुलबाद’ राख्न नमान्नुको प्रमुख कारण यही हो । साथै, बहुलवाद कुनै नयाँ र विज्ञानसम्त दर्शन पनि हाइन । अर्कोतिर, बहुलवाद नमानेकै कारण माओवादीहरु बहुदलीय व्यवस्था पनि मान्दैनन् भन्ने आरोप पनि लगाइने गरेको छ । हामी बहुदलीय व्ववस्था मान्दछौं । बहुदलीय व्यवस्था मान्नुको अर्थ बहुलवादीलाई नै मान्नुपर्छ भन्ने हुँदैन । हामीहरुको बीच फरकफरक दार्शनिक मान्यता छन् । नेपाली काङ्ग्रेस तथा एमालेहरु बहुलवादी दर्शनमा आधारित बहुदलीयता मान्दछन्, हामीहरु द्वन्द्वात्मक भौतिकवादी दर्शनद्वारा आलोकित बहुदलीय व्यवस्था मान्छौं ।

तसर्थ, हामीले जनताको साझा संविधान बनाऔं भनेका हौं । उनीहरु संसदीय व्यवस्था मान्नुपर्छ भन्छन्, हामी संसदीय व्यवस्था मान्दैनौं । सबैले संसदीय बहुदलीय व्यवस्था मान्छ भने त्यस्तो अवस्थामा पो बहुलवादलाई संविधानमा राख्नु ठिक हुन्छ त । अहिले त त्यस्तो स्थिति होइन । संविधानसभामा बहुलवादी र द्वन्द्वात्मक भौतिकवादी दुबैथरि को उपस्थिति भएकाले हामीले जनताको साझा संविधान बनाएर जानु नै उपयक्त हुन्छ भनेका हौं । संविधानमा ‘बहुलवाद’ राखियो भने त्यो हामी मान्दैनौं । हामी ‘द्वन्द्वात्मक भौतिकवाद’ राख्न दबाबमा ‘बहुलवाद’ स्विकार्ने पक्षमा पनि छैनौं बहुलवादकै सन्दर्भमा नेपाली राजनीतिमा अर्को एउटा भ्रम पनि छ । त्यो भ्रम भनेको नेकपा (एमाले) कम्युनिष्ट भएरै पनि बहुलवादको पक्षमा छ तर माओवादीले मात्रै किन विरोध गरेको भन्ने हो । मैले माथि युरो–कम्युनिज्मका बारेमा कुरा गरेको थिएँ । युरो–कम्यनिज्मले संसदीय व्यस्थालाई मानेका छ । त्यसले बहुलवाद र बहुदलीय व्यवस्थालाई स्विकारेको छ । एमाले त्यही युरो–कम्युनिज्मको नेपाली सन्तान मात्रै हो, द्वन्द्वात्मक भौतिकवादलाई मान्ने कम्युनिष्ट पार्टीले होइन । क्रान्तिकारी कम्युनिष्ट पार्टीले आफ्नो मार्गदर्शक सिदान्त बहुवाद हो भनेको अहिलेसम्म कहींकतै पनि देखिँदैन । मैले त माधवजी (माधव नेपाल) सँग पनि कुरा गरेँ, बहुलवाद के हो भन्नेबारे व्यवहारिक रुपमा बहस गर्नु पनि भों । एकैसाथ द्वन्द्वात्मक भौतिकवाद र बहुलवाद मान्ने कुरा दुनियाँमा कहीं हुन्छ ? यी मिल्दै नमिल्ने फरक दर्शन हुन्, आकाश र पातालको फरक छ यिनमा । यसर्थ, आफूलाई कम्युनिष्ट पार्टीको दाबी गरे पनि सिदान्ततः एमाले कम्युनिष्ट पार्टी नै हैन । बहुलवाद मानेकै कारणले पनि यसै कुराको पुष्टि हुन्छ ।

बहुदलीय व्यवस्था मान्नुपर्छ भन्नुको अर्थ बहुलवाद र संसद्वाद दुवैलाई मान्नुपर्छ भनेको होइन । यदि कुरा त्यही नै हो भने त्यो एकैसाथ यथास्थितिवादी र रुढीवादी चिन्तन हो । यो चिन्तनले लोकतन्त्रलाई सदाका लागि स्थिर मान्दछ । त्यसले लोकतन्त्रलाई नयाँ ढङ्गले विकसित तुल्याउन चाहेका छौं । लोकतन्त्रको अभ्यास गर्ने प्रक्रियामा रुस, पूर्वी युरोपलगायतका पुर्वसमाजवादी मुलुकमा पनि केही कमजोरी भए र विश्वका पुँजीवादी मुलुकहरुमा पनि संसदीष् व्यवस्था असफल बन्न पुग्यो त्यो स्थितिमा हामी यी दुवै प्रकारका कमजोरीलाई हटाउँदै एक्काइसौं शताब्दीमा जनवाद वा लोकतन्त्रको सिर्जनात्मक तथा मौलिकताको पक्षमा र सबैखाले स्थितिवाद तथा रुढीवादको विरोधमा छौं । संविधानमा ‘बहुलवाद’ नराख्दा कतिले के तर्क पनि गर्छन् भन्ने गरेको द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद सर्वसत्तावाद अर्थात् सर्वहारा अधिनायकतन्त्रको पक्षमा रहेको छ । हो, लोकतन्त्रको चरित्र वर्गीय हुन्छ । यस अर्थमा माओवादीले राज्यसत्तालाई वर्गीय अधिनायकत्वका रुपमा ग्रहण गर्दछ । साथै, ठीक त्यसै कारण कुरा के सत्य हो भने अमूर्त लोकतन्त्र, सबैका लागि लोकतन्त्र, संसदीय लोकतन्त्र वा बहुलवादी लोकतन्त्र पनि आफ्नो सारतत्वमा पुँजीवादी अभिनायकत्व नै हुन्छ । सर्वसत्तावादी कम्युनिष्टहरु होइनन्, बहुलवादका नाममा एकाधिकार पुँजीवादी सैन्यावादको
अभ्यास गर्ने साम्राज्यवादी तथा तिनका पक्षधर नै हुन् ।

विविधतामा एकरुपता नयाँ संविधान निर्माणकै क्रममा हामीले हाम्रो मौलिक पहिचान सहितको नयाँ संस्कृतिको आधार खाज्नुपर्छ । नेपाललाई हामीले बहुजातीय, बहुधार्मिक मुकुक भन्ने गरेका छौं । यही ‘बहु’ शब्द र पदावलीको प्रयोगलाई आधार मानेर एकथरीले नेपालमा बहुलवादी संस्कृतिमा विविधता छ, त्यो सत्य हो छ । विविधता मात्रै छैन, त्यसलाई जोड्ने एकरुपता पनि छ । एकातिर विविधताको पाटो छ, अर्कोतिर एकरुपताको पाटो । अहिलेसम्म गौण रुपमा राखेर एकमनावादी एकरुपतालाई बढी स्थान र महत्व दिइयो । खास अर्थमा त्यो सही एकरुपता पनि थिएन । जस्तो, पृथ्वीनारायण शाहको केन्द्रीकरणको प्रक्रियादेखि यता संस्कृतिको क्षेत्रमा एकमनावाद लागु गरियो ।

सांस्कृतिक एकरुपताका नाममा एक खस भाषा, एक हिन्दु धर्म र एक खस आर्य जातिलाई प्राथमिकतामा राखियो । नेपाली समाजमा भएका अरु विभिन्न किसिमका विविधतालाई यसले समेट्न सकेन । हामीले एकमनावादमा आधारित एकात्मकताको विरोध र सङ्घात्मकको पक्षमा लामो समयदेखि सङ्र्घष गर्दै आएका छौं । हामी नयाँ ढङ्गले राज्यको पुनःसंरचना भाषिक, जातीय,क्षेत्रीय तथा सांस्कृतिक विविधतामा आधारित रहेर हुन्छ । यसरी विविधतालाई स्वीकार गर्नु भनेको बहुलवादीहरुले भनेजस्तो सबै विविधता एकअर्कासँग एकदमै पृथक हुन्छ भन्ने होइन । त्यो विविधतालाई हामीले एकरुपताले जोड्नुपर्छ । मार्क्सवादीहरुले भन्ने गरेको विपरीतहरुको एकत्वको सिद्धान्त यही हो । कसैकसैले हामीलाई नै विखण्डनवादी भन्छन् । हामी विखण्डनवादी होइनौं, हामी विविभतामा एकरुपता खोज्नेहरु हौं ।

वास्तविक अर्थमा विखण्डनवादी त बहुलवादी नै हुन् किनभने उनीहरु विविधतामा एकरुपता हुन्छ भन्ने नै मान्दैनन् । यसले असलमाको विखण्डनवादी हो भन्ने प्रष्ट हुन्छ । नेपाली संस्कृतिमा भएका विविधतालाई एकरुपतामा आबद्ध गर्ने केही तत्व वा सूत्रहरु छन् । तीमध्ये पहिलो सूत्र हो जावाद । जब सबै वर्ग, समुदाय, जाति, क्षेत्र र लिङ्गका जनताले जनवादको उच्च अभ्यास गर्न पाउँछन्, त्यो बेला ती उत्पीडनबाट मुक्त हुन्छन् र एकअर्कासँग सुमधुर प्रकारको सम्बन्ध कायम गर्न दोस्रो तत्व राष्ट्रियता हो । राष्ट्रियता यस्तो तीज हो। जसले सबैलाई एउटै सूत्रमा आबद्व गर्दछ । राष्ट्रियताका पनि दुई रुप छन्–आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता । आन्तरिक राष्ट्रियतालाई मजबुत पारेर सामन्तवादको विरोध र बाह्य राष्ट्रियतालाई बलियो बनाएर साम्राज्यवाद÷विस्तारवादको प्रतिरोध गर्नुगर्छ । यी दुबैको विरोध गरेर नै सच्चा राष्ट्रियता स्थापित हुन्छ । यसैगरी विविधतामा एकरुपताको अर्के सूत्र हो वैज्ञानिक चिन्तन । सांस्कृतिक एमरुपताका लनगि हामीमा वैज्ञानिक चिन्तन हुनुपर्छ । यसका निम्ति हामीले आफूमा विद्यमान रुढीवादी, अन्धविश्वास, भाग्यवाद, कर्मवाद लगायतका सोचभन्दा भिन्न वैज्ञानिक चिन्तन अँगाल्न जरुरी छ । त्यसो भयो भने हामी एकअर्काको कदर गरेर जान सक्छौं ।

नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने नयाँ संसकृति हो । यही नै विविधतामा एकरुपता हो । सास्कृतिक क्षेत्रमा बहुविधतामा एकरुपता कायम गर्ने काम आदर्शवादी अद्वैतवाद र बहुलवादबाट होइन,द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अद्वैतवादको आलोकबाट मात्र हुन सक्छ । यो कुरालाई गम्भीरतापूर्वक हृदयङ्गम गर्न जरुरी छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae