Sahara Sansar

Thursday, March 31, 2011

मुहान विवादले करोडौंको खानेपानी योजना अलपत्र

यम चौलागाई
 चैत १७ सिन्धुली।सिन्धुलीको भद्रकाली गाविसमा मुहान विवादले करोडौं रुपिया लागत रहेको सरस्वती खानेपानी आयोजनाको निर्माण कार्य सुरु हुन सकेको छैन । भद्रकाली गाविस–७ मा मूहान उक्त आयोजनले मुनीको खेतबारी सिंचाईका लागि र पेल्ट्रिक सेट निर्माण गर्न पानी नपुग्ने भन्दै स्थानीय बासिन्दाले अवरोध गरेपछि दुई करोड ७५ लाख ५१ हजार रुपिया निर्माण लागत रहेको उक्त अयोजनाको निर्माण अघि बढ्न नसकेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त आयोजनाले भद्रकाली गाविसको दामे, बसेरी, जलकन्या गाविसको सौरडाँडा, भञ्याङ्पोखरी, दमाईटोल, गढी, सोलाभञ्याङ्, रतनचुरा गाविसका थामडाँडा, बिजयछाप र कामीटोलका गरि २६३ घरलाई खानेपानी पु¥याउने लक्ष्य छ । 

 योजनाको कार्यान्वयन रोक्न माग गर्दै मुहानमुनीका बासिन्दाले खानेपानी डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दर्ता गराएका कार्यलय प्रमुख इन्द्र विलास खनालले बतायनु भयो । आयोजना कार्यान्वयन गर्न आफुले समन्वयनका लागि जिविसलाई पत्र लेखेर सर्बदलिय संयन्त्रमा पनि कुरा राखेको भएपनि अहिलेसम्म विवाद सुल्झिन नसकेको उहाको भनाई थियो ।

उक्त आयोजना कार्यान्वयन गर्न यो वर्षका लागि २० लाख रुपिया बजेट आएको छ भने पाईप र फिटिङ्गका अन्य समान् समेत किनी सकेको पनि उहाँको भनाई छ । कार्यालयका अनुसार उक्त आयोजनाको गत वर्ष सर्बे र स्टिमेट गरि यो बर्षदेखि निर्माण सुरु गर्न लागिएको हो । आर्थिक वर्ष ०६९÷०७० सम्ममा निर्माण पुरा गर्ने लक्ष्य रहेको उक्त आयो जनाको मूहानको विवाद नसुल्झिए अरु गाविसमा आयोजना सारिने छ ।
भद्रकाली गाविसका सचिब थलप्रसाद गौतमले मूहानमुनी रहेकासिमलटार,छतिवनटारका मोही(उपभोक्त) र निर्माणाधिन सरस्वती पेल्ट्रिक सेट योजनाका कारण उक्त खानेपानी आयोजनाको निर्माण कार्य अघि बढ्न नसकेको बताउनुभयो । उक्त विवाद मिलाई खानेपानी आयोजना सञ्चालन गर्न विभिन्न चरणमा प्रयासहरु भई रहेको पनि उहाँले जानकारी दिनुभयो । यता, मूहान मुनिका उपभोक्ताले उक्त आयोजना सञ्चालन गर्न दिदा मूहान मुनीका खेतमा सिंचाई सुविधा नपुगी बाँझै बस्ने र करिब २२ लाख रुपिया लागत रहेको निर्माणाधिन सरस्वती पेल्ट्रिक सेट योजना प्रभावित हुने भएकाले आफुहरुले विरोध गरेको बताएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae