Sahara Sansar

Wednesday, March 23, 2011

स्वास्थ्य चौकीमा तालाबन्दी


कूल तामाङ्
 चैत ९ नुवाकोट।   तारुका गाविसका सर्वसाधारणलाई सेवा दिन सरकारले स्थापना गरेको उपस्वास्थ्य चौकीमा दश दिनदेखि कर्मचारी नआएपछि स्थानीयबासिन्दाले तालाबन्दी गरेका छन् ।

गाउँभरिका स्थानीयबासिन्दालाई स्वास्थ्य सेवा पु¥याउन खोलिएको उपस्वास्थ्य चौकी दुई वर्षदेखि पिएनको भरमा सञ्चालन हुँदै आएकोमा पिएन चन्द्रमान श्रेष्ठ विरामी भई उपचारमा हिँडेपछि दश दिनदेखि कार्यालय बन्द भएकोमा नियमित स्वास्थ्यकर्मीको माग गर्दै गाउँलेहरुले उपस्वास्थ्य चौकीमा ताला लगाएका हुन् ।

उपस्वास्थ्य चौकीका प्रमुख देवेन्द्र राय महिनौ देखि कार्यालयमा नआएको बताउँदै स्थानीय शिक्षक नवराज भण्डारीले मासिका लक्ष्मी भट्टराई फागुन २४ गते पोलियो थोपा खुवाएपछि कार्यालय नफर्किएको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae