Sahara Sansar

Wednesday, March 30, 2011

विश्वमै दुर्लभ रेडपण्ढा प्रचार प्रसार हुन नसकेमा स्थानीयबासीको गुनासो

कूल तामाङ्  
 नुवाकोट। विश्वमै दुर्लभ रेडपण्ढा नुवाकोटको दुर्गम पुर्वी गाविस घ्याङफेदीको जंगलमा पाइने भए पनि प्रचार प्रसार हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज अन्र्तगत घ्याङफेदी पनि रेडपण्डाको मुख्य बासस्थान रहेको स्थानीय सामाजिक कार्यकर्ता कर्मजीत तामाङले बताउनुभयो । गोसाईकुण्ड जाने मार्गको चन्दनबारी लगायतको क्षेत्रमा रेडपाण्डा भेटिए पछि हालसम्म पनि निकुञ्जे माथिल्लो क्षेत्रमा मात्र रेडपण्डा पाइने भन्दै प्रचार प्रसार गरेको तर घ्याङफेदी क्षेत्रको वेवास्ता गरेको तामाङले बताउनुभयो ।

जिल्लाको शिखरबेशी, घ्याङफेदी गाविसका जंगलमा पनि रेडपाण्डाको बासस्थान रहेकोले रेडपाण्डा अध्ययनको लागी यो क्षेत्र पनि उपयुक्त भएको स्थानीयबासीको भनाई छ । जिल्लाको पुर्वी क्षेत्रका शिखर बेशी र घ्याङफेदीलाई गोसाईकुण्ड जाने मार्ग र रेडपाण्डा अध्ययनको क्षेत्र बनाई प्रचार प्रसार गर्न सकेका बाह्य तथा आन्तरिक पर्यटकहरुका लागी उत्कृष्ट गन्तव्य बन्ने नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटाले बताउनुभयो ।

जिल्लाको पुर्वी क्षेत्र भ्रमण गरी फर्किएका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले पनि गोसाईकुण्ड र लाङटाङ निकुञ्ज अध्ययन तथा पदयात्राको लागी यस क्षेत्रलाई बैकल्पिक पदमार्गको रुपमा विकास गर्नु पर्ने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae