Sahara Sansar

Monday, March 28, 2011

प्रकृया छोट्याएर भएपनि आगामी जेठ १४ मै संविधान: डा भट्टराई

 चैत १४ काठमाडौं। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले प्रकृया छोट्याएर भएपनि आगामी जेठ १४ मै संविधान जारीगर्न सकिने बताउनु भएको छ । संवैधानिक समितिको बैठकपछि सोमबार सिंहदरवारमा पत्रकारहरुसंग कुरागदै र्उपाध्यक्ष भट्टराइले संविधानका अन्तरबस्तुमा देखिएका मतभेद सुल्झाउने विषयमा संवैधानिक समितिमा भएको छलफल सकारात्मक रहेकोले प्रक्रिया छोट्टयाएर भए पनि तोकिएको समयमै संविधान जारीगर्न सकिने बताउनु भएको हो। संविधानसभा आफैले तय गरेको कार्यतालिका संशोधनगर्न सकिने उहाँको भनाइ थियो ।

यसैबीच संवैधानिक समितिले राज्यपुर्नसंरचना समितिको मस्यौदामाथि लगातार तीन दिनदेखी छलफल गरेपनि कुनैपनि बिषयमा सहमति जुटाउन सकेको छैन । संविधानसभा सचिवालय सिंहदरवारमासोमबार विहान बसेको बैठकमा आजपनि सदस्यहरुले प्रतिवेदन परिमार्जनमा जोड दिएका छन । समिति सभापति निलाम्बर आचार्यले संवैधानिक समितिको मस्यौदामाथी एकचरणको छलफल दुइ–तीन दिनमा सकिने जानकारी दिनुभयो । एक चरणको छलफलपछि विबादित विषयलाई समाधानको प्रयास गरिने जानकारी दिनुभयो ।

संविधानसभा अन्तरगत गठित विबाद उपसमितिको म्याद पुनः थप गरिने भएको छ । पहिलोपटक थप गरिएको म्याद भोली सकिने भएपछि म्याद थपको तयारी भएको समितिका एक सदस्यले बताए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae