Sahara Sansar

Wednesday, March 30, 2011

अर्थसचिब प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसद्वारा संसद अबरुद्ध


चैत १६ काठमाडौं।  मन्त्रीको दवाबमा अर्थसचिव रामेश्वर खनाललाइ राजीनामा गर्न बाध्य पारिएको दावीसहित प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गर्दै कांग्रेस ले सदनको बैठक चल्न नदिने बताए पछि संसदको आजको बैठक स्थगित भएको छ ।

व्यबस्थापिका संसदको बुधवार बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर कागे्रस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एउटा निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न बाध्य तुल्लाइएको घटनाले अर्थमन्त्री भरतमोहन अधिकारी शंकाको घेरामा परेको आरोप लगाउनु भएको हो । सभामुखले नियमित कार्यसूचीमा प्रवेशगर्ने समयमा कागे्रस सचेतक घिमिरेले बैठकको कार्वाही अघि बढ्न नसक्ने दोहो¥याउनु भएको थियो । संसदको आर्को बैठक आगामी १८ गते शुक्रवार दिउसो ३ बजे सम्मकालागि स्थगित भएको छ । 

सचिव खनालको सक्रियतामा नक्कली भ्याट विलको छानविन रोक्नकालागि निर्देशन दिएको तथा व्यापक सरुवा गर्ने अर्थमन्त्रीको दवाब थेग्न नसकेर सचिवले राजीनामा गर्ने परिस्थिति सृजना भएको उहाँले आरोप लगाउनुभयो । घिमिरेले अर्थतन्त्रलाइ बचाउन लागेको निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न बाध्य बनाएर अर्वौ घोटाला गर्न खोजीएको जीकिर गर्नुभयो । ‘एक लाख, वा करोडको कुरा होइन, चाँर पाँच अर्ब घोटालाको शंका छ, घिमिरेले भन्नुभयो– स्वय अर्थमन्त्री शंकाको घेरामा पनुभएको छ ।’ मुलुकमा सुशासन दिलाउने, भष्ट्राचार अन्त्यगर्ने प्रधानमन्त्रीको आश्वासन विपरित एकजना दक्ष र निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न वाध्य पारिएको बिषयमा प्रधानमन्त्रीले सदनलाइ चित्तबुझ्दै जवाफ नदिएसम्म सदनको काम अघि बढ्न नसक्ने बताउनु भयो । 

नेकपा एमालेका रवीन्द्र अधिकारीले अर्थसचिव खनाल राजीनामा प्रकरणवारे बास्तविकता नबुझिकन हल्लाका भरमा अघि बढ्दा राज्यसंयन्त्र अस्थिर हुने खतरा हुने बताउनुभयो । बैठकमा प्रधानमन्त्री झलनाथ खनालले लगानि वोर्ड विधेयक पारितगर्न प्रस्ताव गर्ने कार्यसूची थियो । यसैवीच संसदको लेखा समितिले अर्थसचिव रामेश्वर खनालको राजीनामा समबन्धमा अर्थमन्त्री एवं उपप्रधानमन्त्री भरतमोहन अधिकारीसंग भोली विहान छलफल गर्ने भएको छ । अर्थमन्त्रीको दबावका कारण अर्थसचिवले राजीनामा दिएको भन्ने समाचारका सम्बन्धमा मन्त्री अधिकारीलाइ बोलाउने निर्णय गरिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae