Sahara Sansar

Friday, March 25, 2011

नयाँ नेपालको आर्थिक दिशा

एन पी रिजाल ।
नयाँ नेपाल निर्माण गर्न देशमा विद्यमान सम्पूर्ण पक्षहरुमा सुधार ल्याउनु आवश्यक छ । अर्थतन्त्रलाई कमजोर स्थितीबाट माथि उठाउन अर्थशास्त्री प्रो. आर. रोदानले भनेझै ठूलो धक्काको आवश्यकता पर्दछ । नत्र आर्थिक विकासका गतिविधिहरुले गति लिन सक्दैनन् । अर्थतन्त्रका सुचकहरु सकारात्मक नभएको परिस्थितिको सिर्जनामा वर्तमान समयमा विद्यमान संक्रमणकालिन परिस्थितिले सबैभन्दा बढी रुपमा भूमिका खेलेको छ । विगतमा विभिन्न किसिमका आर्थिक विकासका योजनाहरु ल्याइए तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्रहरु भने असफल भए । तिब्र राजनीतिक हस्तक्षेप, भष्टाचार, अस्थिर सरकार, असुरक्षा, दक्ष श्रम साधानको अभाव, जनसहभागिताको कमी जस्ता विविधि कारणहरुले गर्दा आर्थिक विकासका योजनाहरु कार्यान्वयन हुन सकेनन् । केही रुपमा कार्यान्वयन भए पनि त्यसलाई दिगो रुप दिन भने सकिएन । फलस्वरुप भौतिक पूर्वाधारहरुको विकास पनि गर्न सकिएन । जुन कुनै पनि देशको समग्र क्षेत्रहरुको विकासका लागि आधार स्तम्भको रुपमा रहेको हुन्छ । फलस्वरुप रोजगार मुलक र उत्पादन मुलक नयाँ क्षेत्रहरुको सिर्जना हुन सकेनन् ।
अहिले मुलुक नयाँ राज्य संरचनाको प्रतिक्षामा छ । त्यसपछिको आर्थिक दिशा कस्तो प्रकारको हुने तत्कालिन परिस्थितिले निर्धारण गर्ने कुरामा दुई मत छैन । त्यसबेलाको राजनीतिक संयन्त्रको प्रभावकारिताको परीक्षाको रुपमा आर्थिक विकासको प्रगतिको स्थर पनि हुनेछ । कस्तो प्रकारको आर्थिक नमुना अपनाउने ? त्यसका लागि विभिन्न किसिमका विकल्पहरु छन । जसमा आन्तरिक र बाह्य क्षेत्रबाट गरिने लगानीले उल्लेखनीय भूमिका खेल्ने छ ।
तर जव हामी आर्थिक प्रगतिको दिशातर्फ मुलुकलाई धक्का दिने प्रयास गर्दछौँ । त्यसबेला आवश्यक पर्ने शक्तिको सही मूल्याड्ढन गरिनु आवश्यक छ । सही मूल्याड्ढन नगरिएका आर्थिक उत्प्रेरक तत्नहरुले वास्तविक दिशा दिन सक्दैनन् । यस्तो परिस्थितिमा गरिएको लगानी र समय पनि खेर जाने गर्दछ । जुन देशको अद्योतिगामी दिशा तर्फको शड्ढेत हो । यस्ता परिस्थितिबाट देशलाई पुन प्रगतिको दिशानिर्देश गर्न धेरै समय कुर्नु पर्ने हुन्छ ।
कुनै पनि अर्थतन्त्रमा आर्थिक फड्को मार्न जनसहभागिताले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । किनकी, जनसहभागिता आर्थिक विकासलाई उत्प्रेरक तत्वको रुपमा रहने गर्दछ । नेपालमा श्रम साधनको सदुपयोग प¥याप्त मात्रामा गर्न सकिरहेको छैन । स्वदेशभित्र प¥याप्त मात्रामा रोजगारका अवसरहरुको अभाव रहेको र कृषि क्षेत्रवाट पनि जीवन निर्वाह गर्न नसके पछि लाखौँ नेपालीहरु मजदुरको रुपमा भारतका विभिन्न सहरहरुमा कार्यरत रहेका छन् । अर्कोतिर, मजदुरको रुपमा तेस्रो मुलुक गएका नेपाली श्रमशक्तिको उपभोग यहाँ भौतिक पूर्वाधारहरुको सिर्जनामा लगाउनु पर्दछ । जसलाई जनसहभागिताको रुपमा सदुपयोग गर्न सकिन्छ । अक्रोतिर, मानव साधनको विकासमा प¥याप्त मात्रामा लगानी गरिनु पर्दछ । वर्तमान समयमा उच्च आर्थिक प्रतिफल प्राप्त गर्नका लागि आवश्यक पर्ने दक्ष मानव साधन तयार गर्न ठूला संस्थानहरु स्थापना गरिएका छन् र त्यसकै लागि ठूलो स्थरमा लगानी पनि गरिएको छ । अक्रोतिर, ठूला संस्थानहरु र उद्योगहरुमा मानव संम्साधन विभाग भनेर छुट्टै विभाग पनि स्थापना गरिएको हुन्छ जसले दक्ष मानव साधनको छनौट गर्ने गर्दछ साथै संस्थाभित्र विद्यमान मानव साधनलाई समयानुकुल रुपमा परिचालन गर्ने गर्दछ । जुन दक्ष संयन्त्र संस्थाको उद्देष्य प्राप्त गर्ने प्रमुख माध्यमको रुपमा रहेर क्रियाशिल हुन्छ । त्यसैले समय शान्दर्भिक मानव साधनको विकास गरिनु पर्दछ । जुन नेपाली अर्थतन्त्रको आधार स्तम्भ हो ।
नेपालको भौगोलिक विविधता, प्राकृतिक सम्पदाहरुमा भएको पहुँच र सौन्दर्यतालाई नकार्न मिल्दैन । यही वास्तविक्तालाई आधार मानी विगतमा हरियो वन नेपालको धन, नेपालको पानी सुनको खानी एसियाको स्विट्जरल्याण्ड जस्ता उक्तिहरु ल्याईए तर यी उक्तिहरु त्यस स्थितीमा मात्र शान्दर्भिक हुन सक्थे जव सम्पूर्ण पक्षबाट त्यसको प्राप्तिका लागि परिन्थ्यो । तर त्यसलाई वास्तविक्तामा बदल्न कुनै प्रकारको प्रभावकारी कलम चालिएन । नेपालमा ८३ हजार मेघावाट जलविद्युत उत्पादन गर्न सकिने सम्भावना छ । जसलाई सदुपयोग गर्दा मात्रै पनि देशले ठूलो आर्थिक फड्को मारि सक्थ्यो । तर यसलाई समर्थन गर्न आवश्यक पर्ने लगानी, उचित वातावरणको सिर्जना, सुरक्षा व्यवस्था र सही सदुपयोग जस्ता उत्प्रेरक तत्वहरु भएनन् । नेपालको भौगोलिक वनावटमा भएको विविधताले गर्दा विभिन्न प्रकारको वन सम्पदा छ । साथै विविधता युक्त हावापानी जडीबुटी उत्पादन, फलफूल उत्पादन र कृषि उत्पादनका लागि पनि उपर्युक्त किसिमको रहेको छ । यसलाई सही रुपमा सदुपयोग गर्न हरित क्रान्तिको नारा ल्याई प¥याप्त मात्रामा लगानी र श्रमशक्तिको उपभोग गरी मुलुकलाई आर्थिक प्रगतिको गति दिन सकिन्छ ।
एसियाको स्विट्जरल्याण्डको रुपमा नेपाली नेताहरले समय समयमा भन्ने गरेको भाषण पनि शान्दर्भिक हुन सकेन । नेपाल प्राकृतिक सौन्दयता, सांस्कृतिक विविधता, जैविक विविधता बोकेको देश हो तर विगतका तथ्याड्ढहरुलाई विश्लेषण गर्दा के देखिन्छ भने नेपालमा पर्यटकहरुको आगमन बढ्न सकेको छैन । पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको पहिचान र प्रवर्दन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको अभाव भयो । जुन वैदेशिक पर्यटकहरुको आगमनमा वृद्धि गरी विदेशी मुद्रा आर्जन गर्ने सपना वास्तविक रुपमा खोज्ने हो भने सम्पूर्ण पर्यटकीय सम्भाव्ताका क्षेत्रहरुको पहिचान, सुरक्षा व्यवस्थामा सुधार, ¥याप्त भौतिक पूर्वाधारको विकास, प्रचारप्रचारमा वृद्धि गरिनुका साथै आथ्त्यिताको संस्कारमा सुधार जस्ता पक्षहरुमा जोड दिनु पर्दछ । जुन भावी नेपालको लागि दिगो आयआर्जन गर्ने स्रोत बन्ने छ ।
नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्र पनि ठूलो आर्थिक सम्भाव्यता बोकेको क्षेत्र हो । कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी हिस्सा ओगटीरहेको कृषि क्षेत्र जीवन निर्वाह मुखी अवस्थामा नै रहेको छ । परम्परागत प्रविधिमा आधारित कृषि क्षेत्रमा बढी भन्दा बढी रुपमा नयाँ प्रविधि भित्रयाएर आधुनिकिकरण र व्यावसाहीकरण गरिनु पर्दछ । मेची अञ्चलका सबै जिल्लाहरु चिया र पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङमा भएको अलैचीको व्यवसाहीकरणलाई हामी नकार्न सक्दैनौ तर जुम्लाको स्याउ लक्षित स्थानमा पु¥याउन आवश्क पर्ने उचित वातावरणको सिर्जना भए त्यस्ता क्षेत्रहरुको आर्थिक विकासको स्थितीमा काया पलट गर्न सकिन्छ । यस्ता सम्भाव्यता बोकेका क्षेत्रहरको पहिचान गर्न र प्रयोग गर्न आवश्यक पर्ने लगानी र वातावरणको सिर्जनामा अत्याधिक मात्रामा ध्यान दिनु आवश्यक छ । जुन लगानी कृषिमा आधारित उद्योगहरुमा पनि लगानी गरिनु पर्दछ । किनकी, यी दुई क्षेत्रहरुलाई संगसंगै अगाडी बढाउन सकेमा मात्र पनि देशको आर्थिक स्थिती प्रगति तर्फ रुपान्तरित हुनेछ । यसका लागि नयाँ प्रविधिको प्रयोग, सहकारी खेतीको व्यवस्था र कृषि क्षेत्रमा प¥याप्त मात्रामा अनुदान र ऋणलाई पनि प्राथमिकता दिनु पर्दछ । यी दुई क्षेत्रहरुमा गरिने ठूलो स्थरको लगानी र स्रोत्र साधनको परिचालनले नयाँ आर्थिक दिशाको लक्ष्य प्राप्त गर्न उल्लेखनीय योगदान दिनेछ ।
देशमा विद्यमान आर्थिक परिसुचकहरु अत्यन्त सुस्त भएको अवस्थामा आर्थिक विकासको गति दिन अर्थतन्त्रमा देखा परेका आर्थिक रुपान्तरणका मागहरुलाई वेवास्था गर्न खोजियो भने मुलुकमा प्रगतिशिल आर्थिक दिशाको सिर्जना कहिल्लै हुन सक्दैन । कारण, अर्थतन्त्रमा अति आवश्यक पर्ने ठूला धक्काहरु बेबास्था गरिएको परिस्थितिको सिर्जना हुन्छ । राजनीतिक अस्थिरता, भौगोलिक प्रभाव, शैक्षिक समुदायको अभाव इत्यादि जस्ता कारक तत्वहरु क्रियाशिल रहेको मुलुकमा आर्थिक रुपान्तरणका मागहरु बीचैमा हराउने गर्दछन् । अक्रोतिर, आर्थिक प्रगतिको नयाँ दिशाका मागहरु कहिल्लै पनि देखा नपर्न पनि सक्दछन् । यस्तो स्थिती अर्थव्यवस्थामा विद्यमान रहिरहेको अवस्थामा आर्थिक प्रगतिका लागि आवश्यकता महसुस गरिएको ठूलो धक्का असम्भव हुनेछ । जुन स्थिती नेपाली अर्थतन्त्रमा नआउला भन्न सकिदैन । किनकी, विगतमा विभिन्न आन्तरिक र बाह्य तत्वहरुले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव पुन नदोहोरिने परिस्थितीको सिर्जना भए बेग्लै कुरा हो तर ती तत्वहरु पुन नेपाली अर्थतन्त्रमा देखा परे भने अर्थतन्त्रले गति लिन सक्दैन र पुन देशमा अन्यौलताका स्थितीहरु सिर्जना हुने परिस्थिति बन्ने छ .

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae