Sahara Sansar

Wednesday, March 30, 2011

विस्फोटका घटनामा आफूहरुप्रति आशंका गरिएको भन्दै मधेशवादी दलहरुको आपत्ति


चैत १६ काठमाडौँ। तराइका जिल्लमा पछिल्ला समय भएका विस्फोटका घटनामा आफूहरुप्रति आशंका गरिएको भन्दै मधेशवादी दलले आपत्ति जनाएका छन । उनिहरुले सरकार र सत्तारुढ दलले आफ्नो दलको अक्षमता लुकाउन मधेशवादी दलप्रति आशंका गरेको आरोप लगाएका हुन । व्यबस्थापिका संसदको आज बसेको बैठकमा सभामुखसंग समय लिएर नेपाल सदभावना पार्टीका तराइका जिल्लामा भएका विस्फोटका घटनालाइ लिएर तीन मधेशवादी दलका नेताको भारत भ्रमणसंग जोडेर आशंका गर्नु आपत्तिपूर्ण भएको बताउनुभयो ।

तीन नेताले भारतमा कुनैपनि सशस्त्र समूहसंग वार्ता नगरेको पटक÷पटक स्पष्टिकरण दिदा समेत मधेशवादी दलको संलग्नता रहेको भन्नु गैर जिम्मेवार अभिव्यक्ती भएको कर्णले दावीगर्नुभयो ।तराइमा आन्दोलनरत सशस्त्र संघर्षसंग राजनीतिक तवरबाट वार्ता गर्नु सुझाव दिर्दै बन्दुकवाट समाधान नहुने उल्लेख गर्नुभयो ।

 मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीले तराइका जिल्लामा भएका विस्फोटका घटनामा मधेशवादी दलहरुलाइ आशंकागर्नु आपत्ति पूर्ण भएको बताउनुभयो । शान्ति सुरक्षा कायमगर्न नसक्ने सरकारले आफ्नो असक्षमता ढाक्न मधेशवादी दलहरुलाइ आरोप लगाएको चौधरीले दावी गर्नुभयो । ‘के मधेशवादी दलले मन्त्रीमण्डल विस्तार गर्न दिएका छैनन्, उनले प्रश्न गरे–आफ्नो असक्षमताको दोष माओवादीलाइ लगाउन मिल्छ ?’

एमालेका रवीन्द्र अधिकारीले तराइमा सर्बसाधारण जनताप्रति लक्षित गरेर गराइएका सृङ्खलाबद्ध विस्फोटका घटना शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ खल्बलाउने षडयन्त्र भएको आरोप लगाउनुभयो । राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपालीले दलहरु सत्ताको भागबण्डामा लागेका कारण तराइका जिल्लामा आपराधिक समुहले सर्बसाधारण जनताको ज्यानै जानेगरी विस्फोटका घटना गराइएको आरोप लगाउनुभयो । माओवादीका लेखराज भट्टले तराइका जिल्लामा भएका सृङ्खलाबद्ध सिव्फोटका घटना राष्ट्रियतामाथीको आक्रमण भएको दावी गर्नुभयो ।

 संसद बैठकमा नेकपा एकीकृतका परि थापा र सदभावना आनन्दीदेवीकी सभासद सरिता गिरिले तराइका जिल्लामा भएका सार्वजानिक विस्फोटका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae