Sahara Sansar

Sunday, March 27, 2011

सहायक केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारी गरी पाच जना निष्कासित

चैत १३ बिराटनगर। एसएलसी परिक्षा अन्तर्गत आज भएको गणित विषयको परिक्षामा मोरङमा चिट चोराएको र प्रश्नपत्र आउट गरेको आरोपमा सहायक केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारी गरी पाँच जनालाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा कार्यालयका अधिकृतको अगुवाईमा गएको टोलिले आदर्श उच्च मावि डाइनीया केन्द्रबाट प्रश्नपत्र आउट गरेको आरोपमा सहायक केन्द्राध्यक्ष मोहमद रफि र निरीक्षक रामवति राजवंशीलाई निष्कासन गरेको छ । त्यही टोलीले बुद्ध उच्च मावि शनिश्चरे परिक्षा केन्द्रमा उत्तर पुस्तिका साटेर लेख्ने परिक्षार्थीहरु चन्द्र कार्की र रेनिका राईलाई परिक्षाबाट निश्कासन गरेको छ ।

यस्तै जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा मोरङ केराबारी स्थित मच्छिन्द्र उच्च माबि परिक्षा केन्द्रमा चिट चोराएको आरोपमा परिक्षाका गार्ड उलास राई र सीता बास्तोला तथा विद्यालयका पिएन गोबिन्द बुढाथोकीलाई निष्कासन गरेको छ ।

यसैगरी एसएलसी परीक्षाको तेस्रो दिन आज नवलपरासीको अरुणखोला स्थित अरुणखोला वोर्डिङ स्कुलमा परीक्षा नियम विपरितका काम गरेको भन्दै परीक्षा निरीक्षक धुव्र पाठक र भुपराज पाण्डेलाई शिक्षा कार्यलयले निष्कासन गरेको छ । खुल्ला विद्यालय अन्तर्गतका विधार्थीहरुको परीक्षा केन्द्र रहेको सो विधालयमा नियम विपरीतका कार्य गराएको पाइए पछि निरीक्षकवाट निष्कासन गरिएको जिल्ला शिक्षा कार्यलयका विद्यालय निरीक्षक एवं परिक्षाफाँट प्रमुख पशुपति भट्टराईले जानकारी दिनु भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae