Sahara Sansar

Saturday, March 26, 2011

नुवाकोटमा छुट्टाछुट्टै घटनामा एक महिलासहित दुई जनाको मृत्यु

कूल तामांग
 चैत १२ नुवाकोट। नुवाकोटमा शुक्रवार राति छुट्टाछुट्टै घटनामा एक महिलासहित दुई जनाको मृत्यु भएको छ । महिलाको सडक कल्भर्टमा खसेर र एक युवकको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हो ।

चारघरे गाविस वडा नंं ३ घर भइ बेलकोट नमुना गाविस वडा नंं १ माइतीमा बस्दै आएकी अर्जुन मिजारकी श्रीमति ४० वर्षिया बतिनी मिजारको खेतमा पानी लगाउन जान लाग्दा कल्भर्टबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मिजारको पासाङल्हामु मार्गस्थित त्रिशूली काठमाडौं सडक खण्डको हकुवा भन्ने स्थानको कल्भर्टबाट खसेर मृत्यु भएकी मिजारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

उता, कुमरी गाविस वडा नंं ९ खनीयाखर्कमा अत्याधिक मादक पदार्थ सेवनका कारण स्थानीय २४ वर्षिय माइला तामाङको मृत्यु भएको छ । उनको शव शनिवार विहान मदिराको बोतलसहित घरदेखि पाच सय मिटरको दुरीमा भेटिएको हो ।

विदुर नगरपालिका वडा नंं ५ माझिाटारका युवक दिपेन्द्र मिश्र मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।  गंगटेबजारबाट घरतर्फ जादै गर्दा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मिश्रको उपचारका लागि स्थानीय व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरी काठमाडौं पठाइएको छिमेकी शिव कुवरले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae