Sahara Sansar

Thursday, March 24, 2011

गाडीको ठक्करबाट पैदलयात्री घाईते

यम चौलागाईं
 चैत १० सिन्धुली। सिन्धुलीमाढीको ट्राफिक चोक नजिकै आज बुलेरो गाडीले ठक्कर दिदा दुईजना पैदलयात्री घाईते भएका छन् ।

सिन्धुलीमाढीबाट भिमान जादै गरेको ना १ ज २१३० नंम्वरको जिपले ठक्करदिदा कमलामाई ११ माइस्थानका १७ वर्षिय सागर श्रेष्ठ र सरु थापामगर घाईते भएका हुन् । गम्भीर घाईते थापामगरलाई उपचारको लागि काठमाण्डौं लगिएको छ। सामन्य घाईते श्रेष्ठको भने जिल्ला अस्पताल सिन्धुलीमा उपचार भएको प्रहरीले जनाएको छ ।

गाडी चालक कमलामाई १५ का विमल बराललाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव निरिक्षक महेन्द्र शाहले जानकारी दिनु भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae