संगम तिवारी
चैत १० गोरखा । विहीवार बाट सुरु भएको यस वर्षको एस.एल.सी परीक्षामा गोरखा जिल्लाबाट चार हजार पाँच सय जना परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षामा ८१ सामुदायीक विद्यालयका ४ हजार १ सय ८३, दुई निजी विद्यालयबाट एक सय ३, प्राइभेटबाट एक सय २२ र खुल्लाबाट १४ र एक्जाम्ेटेड समुहबाट एक सय ८१ ज्ना परीक्षार्थी सहभागी भएका हुन् ।
त्यस्तै यसवर्षको परीक्षामा जिल्ला कारागार गोरखाका बन्दी समिर विष्ट पनि सहभागी भएका छन् । आज अग्रेजी विषयको परीक्षा सौभाद्र पूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
गोरखा जिल्लामा २१ परीक्षा केन्द्रमा परीक्षा संचालन भएको छ ।
0 comments:
Post a Comment