Sahara Sansar

Sunday, March 27, 2011

जिल्ला अस्पताल बैतडीमा अल्ट्रासाउण्ड सेवा शुरु हुने

भगीरथ अवस्थी
 चैत १३ बैतडी। जिल्ला अस्पताल बैतडीमा निकट भविष्यमै अल्ट्रासाउण्ड सेवा शुरु हुने भएको छ । अल्ट्रासाउण्ड सेवा शुरु भएपछि गर्भवती जाँच, बच्चाको अवस्था, पत्थरी लगायत अल्ट्रासाउण्डबाट जाँच गरिने सबै रोगहरुको निदान बैतडीमै हुने बताइएको छ । अल्ट्रासाउण्ड सेवा शुरु गर्नका लागि मेसिन आइपुगेको र भौतिक निर्माण तथा आवश्यक जनशक्तिका लागि माग भइरहेको जिल्ला अस्पताल बैतडीका स्टाफ नर्स गीता तामाङले जानकारी दिनु भएको छ ।

 अल्ट्रासाउण्ड सेवा शुरु भएपछि महिलाहरुको पाठेघर सम्बन्धि समस्या जाँच गर्न समेत सजिलो हुने स्टाफ नर्स तामाङको भनाइ छ । अल्ट्रासाउण्डका लागि भारत जानुपर्ने नेपालीहरुको बाध्यता टर्ने र सेवाग्राहीलाई पनि सजिलो हुने स्वास्थ्यकर्मीहरुलेबताएका छन । अहिले बैतडी लगायत दार्चुलाका विभिन्न क्षेत्रहरुबाट उपचारका लागि भारतका निजी अस्पतालमा धाउनु पर्ने बाध्यता रहेको छ । 

अल्ट्रासाउण्ड गर्नुपन र बिरामीहरुलाई भारत तथा अन्य ठाउँमा रिफर गर्नुपर्ने जिल्ला अस्पतालको पनि बाध्यता रहेको छ । अल्ट्रासाउण्ड सेवा शुरु हुने भएपछि अल्ट्रासाउण्डको अभावमा रिफर गर्नुपर्ने बिरामीहरुलाई जिल्लामै सेवा दिन सकिने जनाइएको छ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae