चैत १३ काठमाडौँ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदुत राकेश सुद लगायत भारतका सभासद्हरुबीच भेटवार्ता भइरहेको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा जारी भेटमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा छलफल भइरहेको माओवादीले जनाएको छ ।
भारतका सभासद्हरुले यसअघि राष्ट्रपति डाक्टर रामबरण यादव, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ् लगायतसँग पनि छलफल गरेको थियो । छलफलका क्रममा सभासद्हरुले नेपाल र भारतबीचको सम्बन्धका बारेमा समेत छलफल गरे।
0 comments:
Post a Comment