Sahara Sansar

Friday, March 25, 2011

म्याग्दीका एक गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार

चन्द्रश्वर बस्ताकोटी
 चैत ११ मुस्ताङ  अफगानीस्तानमा १२ तालिवान बिद्रोहीको सशक्त प्रतिकार गरेका बेलायती सेनामा कार्यरत म्याग्दी जिल्लाका एक गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार प्रदान गरिएको छ । म्याग्दीका ३२ बर्षिय सर्जेन्ट दिपप्रसाद पुनले कन्सिप्युकियस ग्यालेन्ट्री सर्जेन्ट पाएका हुन । आफ्नो बटालियनका संघर्षपुर्ण लडाईहरुमा उनले दिएको योगदान बहादुरीपुर्ण भएको उल्लेख गदै पुरस्कृत गरिएको हो ।

द रोयल गोर्खा राइफल्स पहिलो बटालियनका पुनले एउटा भिडन्तमा एक सय मिटर टाढाबाट घ्रसिदै दुई बिद्रोही ढालेका थिए । त्यतिखेर उनिसहित ४ जना सानो पोष्टमा खटिएका थिए । अन्तराष्ट्रिय संचारमाध्यमा प्रथामिकताका साथ प्रकाशित तथा प्रसारित भएको समाचार भएतापनि  म्याग्दीको कुन गाविसका हुन भने बारेमा हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।

उनले दुईतिरबाट आक्रमण गदै रकेट,प्रोपेल,ग्रिनेट र साना हतियारसहित आएका बिद्रोहिमाथि गोलि चलाएका थिए । बेलायति आर्मी मिडिया एन्ड कम्युनिकेसन्सले खबरमा भनिएको छ,‘ गोर्खाली सेना पुनले आतंककारी विरुद्ध गरेको प्रतिरोधले र्गोखा पल्टनको इज्जत राखेका छन् ।’

पोष्टमा बसिरहेको अवस्थामा बिदे्राहीको एउटा ग्रिनेट उनि रहेको पर्खालमा लागेपछि उनलाई पछाडी हत्याएको भएपनि उनि १५ मिनेटसम्म १२ जना बिद्रोहीसँग एक्ले लडाई लडेका थिए ।

लडाईको समयमा पुनले आफ्नो र साथिहरुको ज्यान जोगाउन बाहेक अरु केही सोच्नै नभ्याएको बताएको अन्तराष्ट्रिय समाचारमाध्यमले जनाएको छ । उनि २००० मा बेलायति गोर्खा सैनिकमा भर्ना भई थुप्रै युद्ध लडेका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae