Sahara Sansar

Friday, March 25, 2011

सहमती वेगर नाम प्रयोग गरेकोमा आपत्ती

यम चौलागाई
 चैत ११ सिन्धुली। नेपाल पत्रकार महासंघ शाखा सिन्धुलीका निर्वाचित पदाधिकारीको नाम सहमती वेगर प्रयोग गरेकोमा उहाँहरुले आपत्ति जनाउनु भएको छ । सहमती बेगर महासंघमा आच आउने गरि आफ्नो नाम उपयोग गरेकोमा आज संयूक्त बिज्ञप्ती प्र कासित गर्दै पार्षद द्धय प्रमोद दाहाल, कृष्णप्रसाद गौतम तथा कार्यसमितिका सह–सचिव मन्जु तिरुवा र सदस्य नबिन श्रेष्ठले आपत्ति जनाउनु भएको हो । फागुन ४मा सौहार्दपुर्ण वातावरणमा निर्वाचित कार्य समिति उपर पराजित मानसिकताबाट ग्रसित केही पत्रकार  साथीले असन्तुष्टी व्यक्त गर्दै प्रचारवाजी गरेको प्रकासित बिज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा शाखाका सबै पत्रकार साथीहरुमा सौहार्द वातावरण सृजना गर्न र श्रमजिवी पत्रकारको वकालत गर्न सबैको मत ऐक्यवद्धता महसुस गरी गलत प्रचारवाजीको भ्रममा नपर्न सबैमा अनुरोध गरिएको छ ।

यसैबीच पत्रकार महासंघका अध्यक्ष श्यामहरि अधिकारीले निर्वाचित कार्यसमितिका पदाधिकारीको नाम जथाभावि प्रयोग गरि महासंघको विधान बिपरित जाने केहीले दुस्साहस गरेकोमा आपत्ति प्रकट गर्नुभएको छ । उहाँले महासंघको मर्म र भावनालाइ आच आउने काम नगर्न संपुर्ण सदस्यहरुलाइ अनुरोध गर्नुभयोे

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae