संगम तिवारी
चैत १३ गोरखा (आरुघाट)। पर्यटन वर्ष २०११ लाई लक्षित गरेर उत्तरी गोरखाको आरुघाटमा एउटा विशेष किसिमको व्याम्वो कटेज निर्माण भएको छ । करिव सवा करोडको लगानिमा करिव २ रोपनी जग्गामा पैmलिएको कटेजको नयाँ वर्ष २०६८ को बैशाखवाट सुरुहुने भएको छ।
१० वटा कजेट रुम, ४ वटा रुमको व्यवस्था भएको सो कटेजमा, चाइनीज, इन्डीयन, नेपाली र कन्टीनेन्टल खानाको व्यवस्था छ । २४ सै घण्टा तातो चिसो पानीको व्यवस्था भएको, गाडी, खच्चर साथै हेलिप्याड को समेत व्यवस्था भएको कटेजमा सुन्दर फुल, पानीको फोहोरा जस्ता आकर्षक सजावट रहेको छ ।
सस्तो सुलभ र छरितो सेवा प्रदान गर्ने, आन्तरिक तथा वाह्य पर्यटकका लागि सुहाउँदो रहेको कटेजका प्रवन्ध निर्देशक उदय श्रेष्ठले बताउनुभयो ।
0 comments:
Post a Comment