Sahara Sansar

Thursday, March 24, 2011

जिल्लाका वनहरुमा आगलागी

राजेन्द्र न्यौपाने चैत  १० गोरखा।
गोरखा जिल्लाको कुहिरेभीर जंगल, लाप्राकको भुमेमण्डली सामुदायिक वनको याराङ पाखा लगायत विभिन्न सामुदायिक वनहरुमा आगलागी भएको छ ।

लाप्राकमा स्थानीय महिलाहरुले संरक्षण गरेको वन क्षेत्रमा बालबालिकाले लगाएको आगोको कारण आगलागि भएको इलाका प्रहरी कार्यालय बारपाकले बताएको छ । यसै गरी सदरमुकाम स्थित कुहिरेभीरमा वर्षेनी हुनेगरेको आगलागि यो वर्ष पनि बुधबारबाट भएको हो । स्थानीय गाउँलेहरुले वन जोगाउनको लागि जनचेतना दिन नसक्दा डढेलो लगाउँदा घाँस राम्रो हुने र दाउरा काट्न पाईने हुनाले वर्षेनी जंगलमा आगो लगाउने गरिएको छ । गाउँ गाउँमा वन संरक्षणका लागि सामुदायिक वन उपभोक्ता महासंघको गठन गरिएको भएपनि विभिन्न वहानामा समितिले नै आगो लगाई वन डढाउने गरेका छन् । वनमा आगो लगाउनेहरुलाई जिल्ला वन कार्यालय गोरखाले अहिले सम्म कुनै पनि कारवाही गरेको रेकर्ड वन कार्यलयमा छैन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae