Sahara Sansar

Wednesday, March 23, 2011

माओवादी गाउँले फकाउँदै

 चैत १० गोरखा। संविधान घोषणा गर्ने समय नजिकिँदै गर्दा एकीकृत नेकपा (माओवादी) गोरखाले गाउँ गाउँमा जनता फकाउन थालेको छ । जनताको पक्षमा संविधान बने संविधान जारी गर्ने समयमा सहयोग गर्ने र जनताको पक्षमा नबने विरोध गर्ने नीतिका साथ जनजागरण अभियान जिल्ला भरी सञ्चालन गरेको छ ।

माओवादी गोरखाले जेठ २० गतेसम्मको अवधिलाई आन्दोलनको चरण भनेको छ । गाउँ गाउँमा यतिवेला माओवादीका नेता तथा कार्यकर्ताहरु छ्याप्छ्याप्ती देखिएका छन् ।

माओवादीका जिल्ला स्तरका नेताहरु दुर्गम गाउँमा पसेका छन् । गाउँमा जनवर्गिय संगठनको निर्माण गर्ने देखि लिएर जनयुद्धकालमा घोषणा गरिएको जनसत्ता फेरी व्युँताउने काम गरि एको माओवादी जिल्ला सेक्रेटरी चुडामणि खड्काले जानकारी जनताको सत्ता प्राप्ति नहुँदा सम्म क्रान्ति नसकिने उहाँले बताउनुभयो । क्रान्तिलाई सफलता मिलोस् भन्दै माओवादीले भईरहेका इलाका, क्षेत्र र गाउँ स्तरका नेतृत्वमा समेत व्यापक फेर पछिल्लो समयमा एक सार्वजनिक कार्यक्रममा डा. बाबुराम भट्टराई माथि संस्थापन पक्षले राम्रो व्यवहार नगरेको भन्ने समाचारको लगतै माओवादीका जिल्ला स्तरका नेताहरु गाउँ पसेका हुन् ।

गाउँमा पुगेपछि विकासका कुरा भन्दा पनि धेरै राजनैतिक वैचारि छलफल हुने गरेको छ।गोरखा जिल्लामा स्थानीय संघ संस्थाहरुमा प्राय सबै ठाउँमा माओवादीले नेतृत्व गर्दै आएको छ । संगठन सुदृढ तथा विस्तार अभियान अत्तर्गत पार्टीभित्र क्रियाशील हुनेलाई संगठित गर्दै लैजाने र निश्क्रिय हुनेलाई पार्टीमा जिम्मेवारी घटाउने काम माओवादीले गर्दै आएको छ । जिल्ला भरी १० हजार भन्दा बढी माओवादी पार्टी सदस्यहरु रहेको माओवादी स्रोतले जानकारी दिएको छ ।

शान्तिपूर्ण तरिकाले परिवर्तन गर्नु आजको आवश्यकता हो भन्दैमाओवादी गोरखाले गाउँ गाउँमा अभियान सञ्चालन गरेको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae