Sahara Sansar

Wednesday, March 23, 2011

युवालाई राजनीतिमा समावेश गरिनुपर्ने

चन्द्रश्वर बस्ताकोटी
 चैत ९ म्याग्दी ।  समाज विकासका लागि युवावर्गको भुमिका महत्वपुर्ण हुने भएकोले राजनीतिमा युवालाई सहभागिता गराउनुपर्ने म्याग्दी जिल्लामा आयोजित एक कार्यक्रमका बक्ताहरूले बताएका छन् ।

गाजा युवाक्लव बाग्लुङद्वारा आयोजित पछाडी पारिएका युवाहरूको राजनैतिक समावेशीकरण परियोजना अन्तर्गत सामाजिक समावेशिकरण र सहभागिता विषयक तालिममा सहभागी म्याग्दीका युवाहरूले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा सहभागिले समावेशिकरणको परिभाषा, समावेशिकरणमा राज्यका नीति तथा कार्यक्रम, समाजमा युवावर्गको दायित्व लगायतका विषयमा चर्चा गरेका थिए ।

तालिममा युवा समावेशिकरणका मुद्धाहरू, सामाजिक, आर्थिक र राजनीतिक समावेशिकरण लगायतका विषयमा तालिम अधिकृत सुर्य न्यौपानेले प्रकास पारेका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae