Sahara Sansar

Thursday, March 31, 2011

अर्थमन्त्री नआएपछि लेखा समितिको बैठक स्थगित

चैत १७ काठमाडौं ।अर्थमन्त्री भारतमोहन अधिकारी उपस्थित नभएपछि बिहान बस्ने तय गरिएको संसदको सार्वजनिक लेखा समितिको बैठक स्थगित गरिएको छ । अर्थसचिव रामेश्वर खनाललाई विदामा बस्न वा राजीनामा गर्न बाध्य पारिएको खबर सार्वजनिक भएपछि स्पष्टीकरणका लागि संसदीय समितिले उपप्रधान एवं अर्थमन्त्री अधिकारीलाई आज बिहान बोलाएको थियो ।

 तर अधिकारी आफ्नो विशेष काम परेको भन्दै समितिमा आउन नसक्ने बताएपछि बैठक स्थगित गरिएको हो । बिहान अर्थमन्त्री अधिकारीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । छलफलमा सरकारले ल्याउने पुरक बजेट र अर्थसचिव खनालसँगको मुनमुटावका विषयमा छलफल भएको थियो । लेखा समितिको बैठक फेरि आईतबार बिहान वोलाइएको छ ।

हिजो बुधवार अर्थसचिवको राजीनामाको कारण सहितको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै कांग्रेसले संसद स्थगन गराएको थियो । अर्थमन्त्री अधिकारीले भने आफुले कुनै दवाव नदिएको दावी गर्नु भएको छ । अर्थसचिवलाई राजीनामाका लागि दवाव दिएको भन्दै अर्थमन्त्रालय अन्र्तगतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae