Sahara Sansar

Thursday, March 31, 2011

समयमा नै संबिधान बन्नेमा शीर्ष नेताहरु आशाबादी

चैत १७ काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुले तोकिएको समयमा संविधान बन्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दहाल र कांग्रेस सभापति सुशील कोइरालाले तोकिएको समयमा संविधान बन्नेमा शंका नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री खनालले सरकार दिगो शान्तिको स्थापना सहित अग्रगमन प्राप्त गर्ने खालको संविधान जारी गर्न प्रयत्नशिल रहेको बताउनुभयो । मुलुक अहिले इतिहासकै महत्त्वपूर्ण सक्रमणकालमा रहेको भन्दै प्रधानमन्त्री खनालले ले नयाँ संविधानको निर्माणपछि सक्रमणकालको अन्त्य हुने बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणको विषयमा धेरै प्रगति भइसकेकोले दलहरुबीच इच्छाशक्ति भए बाँकी रहेको दुई महिनामा संविधान जारी हुने विश्वास ब्यक्त गर्नु भयो ।प्रचण्डले मुलुकमा फेरि अर्को विद्रोह नजन्मियोस् भन्नका लागि पनि अग्रगामी राज्यको पुनःसंरचना सहितको संविधान जारी हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका सभापति सुशील कोइरालाले सवै दलहरुमा इमान्दारिता हुन सके संविधान र शान्ति प्रक्रियालाई समयमै निष्कर्षमा पुर्‍याउन सकिने विश्वास ब्यक्त गर्नुभयो ।

सहमति र सहकार्यको विकल्प नरहेको भन्दै उहाँले यसको विकल्प खोज्न खोजिए मुलुकमा भयावह अवस्था आउने चेतावनी दिनुभयो । कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जेठ १४ गते भित्रै संविधान जारी गर्न त्यसअघि नै शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउनु पर्ने बताउनुभयो

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae