Sahara Sansar

Tuesday, March 29, 2011

३ हजार १ जनालाई साक्षर बनाउन सके मुस्ताङमा निरक्षरता उन्मुलन हुने दावी

चन्द्रश्वर बस्ताकोटी
 चैत १५ मुस्ताङ।हिमाली जिल्ला मुस्ताङमा रहेका ३ हजार १ जनालाई साक्षर बनाउन सके मुस्ताङबाटै निरक्षरताउन्मुलन हुने दावी जिल्ला शिक्षाकार्यालय मुस्ताङले गरेको छ । जिल्ला शिक्षा कार्यालय मुस्ताङमा प्राप्त तथ्याकलाई आधारमानी निरक्षरता उन्मुलन गर्ने अभियान सम्वन्धि एक जिल्ला साक्षरता अभियान सम्वन्धि कार्यक्रममा मगंलबार जिल्ला शिक्षा अधिकारी देवेन्द्र राज खनालले सो दावी गर्नु भएको हो ।

तत्काल निरक्षरता पुरै उन्मुलन गर्न नसकीए पनि निरन्तर प्रयास गरे केहि बर्ष भित्रैमा सबै जिल्लाबासीलाई साक्षर बनाउन सकिने खनालले बताउनु भयो । २०५८ सालको राष्टिय जनगणना अनुसार जिल्लाको कुल जनसख्या १४ हजार ९ सय ८१ मध्ये ७४.०९ प्रतिसत जनसख्या साक्षर रहेका छन । जसमा ६९. ०५ प्रतिसत महिला साक्षर थिए ।

राष्टिय साक्षरता अभियान अन्र्तगत अनौपचारीक शिक्षा केन्द्रबाट प्राप्त ६६ बटा साक्षरता कोटा सो अबसरमा मुस्ताङका सबै गाबिसका बितरण गरिएको छ । जिल्ला साक्षरता अभियान समन्वय समितिले उक्तकोटाहरु छोण्हुपमा ६, छोसेरमा ३, लोमन्थाङमा २, चराङमा ३, सुर्खाङमा ६, घमिमा ३, छुसाङमा ६, झोङमा ३, मुक्तिनाथमा ४, कागबेनीमा ६, जोमसोममा ४, मार्फामा ४ टुकुचेमा ३, कोवाङमा ३, लेतेमा ४ र कुन्जो गाबिसमा ६ बटा गरि ६६ साक्षरता कोटा बितरण गरेको हो ।

 जिल्ला साक्षरता अभियान समन्वय समितिका अध्यक्ष स्थानीय बिकास अधिकारी श्यामराज अधिकारी, प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी राजनितिकदलका जिल्ला प्रमुख, शिक्षक सगठनहरुका प्रतिनिधि, सचारकर्मी लगायतको उपस्थितिमा अधिकतम निरक्षरलाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालयमा कोटा बितरण गरिएको हो ।

बैसाख १ गते देखी असार मुान्त सम्म कक्षा सचालन हुने साक्षरता अभियानका प्रत्येक कोटामा कम्तिमा २० जना निरक्षरलाई साक्षर बनाइने जिल्ला शिक्षा कार्यालय मुस्ताङका बिद्यालय निरिक्षक एव साक्षरता अभियानका फोकल पर्सन बिदुर हरि आचार्यले बताउनु भयो ।

स्थानिय स्तरमा निरक्षरहरुको उपयुक्त समय मिलाई दैनिक २ घण्टा कक्षा सचालन हुने छ । जिल्लाभर सचालन हुने ६६ बटा कक्षामा ६६ जनानै साक्षरता स्वयम सेवक, ७ जना स्थानिय निरिक्षक नियुक्त गरि २२ गते दखि ५ दिन सम्म तालिम उपलब्ध गराइने उक्त अवसरमा जानकारी दिइयो ।

१६ देखि ६० बर्ष सम्मका निरक्षर मुस्ताङबासी उक्त साक्षरता कक्षाका बिद्यार्थी रहेको फोकल पर्सन आचार्यले बताउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae