Sahara Sansar

Tuesday, March 29, 2011

जिल्ला सहकारी संघ नुवाकोटले ५४ औं राष्ट्रिय सहकारी दिवस मनाउने

कूल तामाङ्
 चैत १५   नुवाकोट। जिल्ला सहकारी संघ नुवाकोटले ५४ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मंगलवार विदुरमा भएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार हाजिरी जवाफ प्रतियोगिता, सहकारीकर्मी, उद्यमी, व्यवसायी, कर्मचारी र पत्रकार विच मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, मोटरसाइकल ¥याली लगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।

चैत २० गते हुने ५४ औं राष्ट्रिय सहकारी दिवसको दिन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाण पत्र उत्कृष्ट सहकारी र उत्कृष्ट सहकारी कर्मीहरुलाई पुरस्कृत समेत गरिने संघका अध्यक्ष बैकुण्ठ मिश्रले जानकारी दिनुभयो ।

नुवाकोटमा २०१० सालमा नर्जामण्डप र २०१७ सालमा तुप्चेमा सहकारी स्थापना भएको हो । जिल्लामा सहकारी आन्दोलनले आधा शताब्दी पुरा गरिसकेको छ । यस अबधिमा २ सय ८० वटा सहकारी संस्थाहरु संचालनमा रहेको अध्यक्ष मिश्रले बताउनुभयो ।

जिल्लामा एउटा जिल्ला सहकारी संघ, २ वटा विषयगत संघ, ५८ वटा बहुउद्देश्यीय सहकारी, ६३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी, ९ जटा दुग्ध सहकारी, ५१ वटा महिला सहकारी, ५ वटा उपभोक्ता सहकारी र १५ वटा अन्य सहकारी सञ्चालनमा रहेका छन् ।

सहकारीमा ४६ हजार शेयर सदस्य, १४ करोड ५० लाख रुपैया शेयर पुजी, १ अर्ब २५ करोड निक्षेप संकलन र १ अर्ब १० करोड रुपैया कर्जा लगानी रहेको अध्यक्ष बैकुण्ठ मिश्रले बताउनुभयो ।

सहकारीको माध्यमबाट दैनिक ६ हजार किलो तरकारी, ३ हजार ५ सय लिटर दुध उत्पादन तथा बजार व्यवस्थापन भईरहेको छ । जिल्लामा सहकारीको माध्यमबाट मात्र ७० लाख रुपैया रेमिट्यान्स भित्रिने गरेको संघले जनाएको छ । जिल्ला सहकारी संघका १ सय ३ वटा सहकारी आबद्ध भएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae