चैत १५ काठमाडौं। सरकारले विगतको सशस्त्र द्वन्दका क्रममा विस्थापित भइ पुनस्थापना हुन बाकी सबैको एकैपटक पुनस्थापना गर्ने तयारी गरेको बताएको छ । शान्ति तथा पुर्ननिर्माणमन्त्री बर्षमान पुन अनन्तले मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पुनस्थापना प्याकेज नपाएका बाँकी सबै विस्थापितलाई एकै पटक पुनस्थापना गराउने सरकारी योजना रहेको बताउनु भएको हो ।
द्वन्दका क्रममा विस्थापित ७८ हजार मध्ये शान्ति प्रक्रिया सुरु भएको ४ बर्षमा जम्मा २५ हजारले पुनस्थापना प्याकेज पाएको स्मरणगर्दै उहाँले विद्यमान कार्यक्रमले सबैलाइ पुनस्थापित गर्न ९ बर्ष लाग्ने देखिएकोले एकैपटक पुनस्थापन कार्यक्रम संचालन गर्ने योजना बनाएको जानकारी गराउनु भयो ।
सरकारले शान्ति प्रक्रिर्याको पूर्णता र द्वन्दपीडितको राहत पुनस्थापनाकालागि संविधानसभामा रहेका २८ दलको सर्बदलीय बैठक छिट्टै बोलाउने बताएको छ । द्वन्द व्यबस्थापन सम्बन्धी एकीकृत कार्यक्रम बनाउन सर्बदलीय बैठकको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री अनन्तले माओवादी जनसेनाका अयोग्य लडाकूलाइ दिइने पुनस्थापना प्याकेजमा सहमति जुटन लागेको बताउनुभयो । माओवादी द्वन्दका क्रममा मारिएका १७ हजार २ सय ६५ मध्ये १३ हजार ५ सय ३८ जनाले राहत कार्यक्रम पाइसकेको र झण्डै २ हजार जनाले यसैबर्ष पाउने त्यस अबसरमा जानकारी गराइयो ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन सम्बन्धी व्यबस्थापिका संसदमा विचाराधीन विधेयक संसदको चालु सदनवाट पारित गर्ने बताएको छ । त्यसकालागि दलहरुसंग छलफल र परामर्श जारी रहेको मन्त्री अनन्तले बताउनुभयो । उहाँले तराइ र पुर्बी पहाडि जिल्लामा सशस्त्र संघर्ष समूहमध्ये केहिसंग वार्ता भइरहेको र केहिसंग वार्ता प्रयास जारी रहेको जानकारी दिनुभयो ।
0 comments:
Post a Comment