Sahara Sansar

Thursday, March 31, 2011

संवैधानिक समितिको बैठक स्थगित

चैत १७ काठमाडौं ।अल्पसंख्यक मुस्लिम दलित र मधेशी समुदायको अधिकार सुनिश्चित गर्न कञ्जुस्याइँ गरेको दावी सहित दुइजना सभासदले विरोध जनाएपछि संविधानसभा संवैधानिक समितिको बैठक  प्रभावित भएको छ । राज्यपुनर्संरचना समितिको मस्यौदामाथिको छलफलका क्रममा विबाद सृजना भएपछि दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवान र स्वतन्त्र सभासद सदरुल मियाँले चर्को स्वरमा कुरा राखेपछि बैठक प्रभावित गरेको थियो ।

संविधानसभाका ठूला दल र नक्कली मधेशवादी दल पिछडिएको समुदायलाई ठग्ने किसिमको संविधान बनाउन चाहेका कारण भण्डाफोर गर्न बैठक बहिस्कार गरेको सभासद मियाँले बताउनुभयो । सभासदद्वयले ठूला दलको संविधान नबनाउने नियत देखिएको दावी गर्दै जनतामा जाने भन्दै राज्यपुनर्संरचना समितिको मस्यौदा च्यातेका थिए ।

समिति सभापति निलाम्वर आचार्यले असहज स्थिति बनेका बैठक भोलि सम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले बैठकमा सामान्य विवाद हुनु स्वाभाविक भन्दै आगामी वैठकमा राज्य पुनर्संरचना वारेमा छलफल गरिने वताउनुभयो । बैठक स्थगित भएको वारे सभापति आचार्यले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाइ जानकारी गराउनु भएको छ ।

बैठक सञ्चालन भई रहेको अवस्थामा राज्यको पुर्नसंरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा मुस्लिमलगायतका अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नभएको भनी केही चर्काचर्की भई होहल्लाको अवस्था सृजना भयो संवैधानिक समितिद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

 बैठकमा चर्काचर्की र होहल्लाको कारण निरन्तर अवरोधको स्थिति रहेपछि माननीय सभापतिले समितिको बैठक भोली सम्मका लागि स्थगित गर्नु भयो ।



0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae