यम चौलागाई
चैत १२ ओखलढुंगा। जिल्लाको जन्तरखानी स्थित नलिडाडा सामुदायिक वन क्षेत्रमा चार दिनअघिदेखि लागेको आगो झन् झन् फैलिदै गएको छ । आगलागी भएको क्षेत्र भिरालो जग्गा रहेको र एकदमै हावाहुरी चलिरहेकाले आगो झन् झन् फैलिदै गएको हो । आगो घना जङ्ंगल भएको क्षेत्रतिर बढेकाले वडा नम्बर ९ का एक दर्जन मगर समुदायका घरहरु जोखिममा परेका छन । अहिले पनि स्थानियहरु हात हातमा पानी बोकेर आगोबाट घरहरु जोगाउन घरको छानामा बसिरहेको बताइएको छ । तत्काल आगो नियन्त्रणमा लिन नसके जनधनको ठूलो क्षति हुन सक्ने त्यहाँबाट मैदाने सेवा समितिका सदस्य केदारनाथ खतिवडाले जानकारी दिनुभयो ।
आगलागीबाट आजसम्म ११ सय ६९ हेक्टर रहेको बनको धेरैजसो क्षेत्र सखाप भइसकेको छ । आगलागीका कारण लोक्ता, अर्गेली, लोठसल्ला, रक्तचन्दन, लालीगुरास, चिराइतो, सतुवा, सल्ला लगाएतका करोडौका बहुमूल्य जडिबुटी जलेर सखाप भएका छन । जिल्लाकै सबैभन्दा ठुलो सो सामुदायिक वनमा लागेको आगो नियन्त्रणको लागी अहिलेसम्म पनि सरकारी तबरबाट केहि सहयोग नभएको भन्दै स्थानियले आक्रोस पोखेका छन् ।
आगलागी भएको स्थानमा प्रहरी जाने भौगेलिक अवस्थाका कारण सम्भाबना नरहेको प्रहरी निरीक्षक अच्युत चापागाइले बताउनुभयो । तक्काल आगो नियन्त्रण नभए सोलुखुम्बु र रामेछाप जिल्लातिर आगो बढ्न सक्ने खतरा रहेको छ ।
0 comments:
Post a Comment