Sahara Sansar

Thursday, March 31, 2011

बिषादी बिष हो, औषधी होइन, सुरक्षित भै प्रयोग गरौ

चन्द्रश्वर बस्ताकोटी
 चैत १७ जोमसोम । किसानहरुलाई बिषदीले पार्ने असरको बिषयमा २ दिने बिषादीको असरको लक्षण पहिचान बिषयक कृषक तालीम मुस्ताङमा सम्पन्न भएको छ ।   

बिषदी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवन तथा जिल्ला कृषि बिकास कार्यालय मुस्ताङको आयोजनामा सम्पन्न तलीममा कृषकहरुलाई बिषादी संलेषण, उत्पादन, बिक्री बितरण र  प्रयोग गर्दा बिषादी बिष हो, औषधी नभएको बताइएको थियो ।

बिषादीको लेवल अनिवार्यरुपले अध्ययन गरि सोही अनुरुप बिषादी प्रयोग गर्न कृषकलाई उक्त तालीमले उत्प्रेरीत गराएको तालीममा सहभागी एक कृषकले बताए । बिषदीको दुरुपयोगबाट हुन सक्ने दिर्धकालीन र अल्पकालीन असरको बिषयमा ब्यबहारीक एव सैधान्तिक ज्ञान कृषकहरुलाई उपलब्ध गराइएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत मेघनाथ तिमील्सिनाले बताउनु भयो ।

तालिमले किसानलाई बिषदीको सुरक्षित एव समुचित प्रयोग गर्न उत्प्ररित गराएको थियो । तालीमले कडा र सुरक्षित बिषदीको असरबारे जानकारी गराएकोले आफु बच्न र सम्पुर्ण बातावरणलाई असर पार्न नदिन आवश्यक सुरक्षाका लागि माक्स, एप्रोन, पन्जा, गमबुट, लगायतका सुरक्षा सामाग्रीहरु प्रयोग गर्ने बानीको बिकास गर्न सहयोग पुगेको तालीममा सहभागी किसान सकेन्द्र गौचनले बताउनुभयो । आफुले सिकेका कुराहरु आफ्नो घर,छिमेकीका साथै सबै किसानलाई बाडने सहभागीहरुले बताए ।

बिषादी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवनका बिषदी रजिष्टार श्रीमती साबीत्रा बराल, जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कृषी प्रसार अधिकृत रघुबिर श्रेष्ठ, बाली संरक्षण अधिकृत नारायण कुमार श्रेष्ठ र प्राबिधिक सहायक कमल खडकाले प्रशिक्षण दिनु भएको थियो । कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत तिमील्सिनाले जिल्लामा रोग किराको बस्तु स्थिति, बिषदीको प्रयोग र जनचेतनाको बारेमा प्रशिक्षाथीहरुलाई जानकारी गराउनु भएको थियो ।

तालिममा लेतेकुञ्जो, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ लगायत गाबिसका १८ जना किसान सहभागी रहेका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae