Sahara Sansar

Tuesday, March 29, 2011

छेकम्पारको पहिरोमा ५ जनाको ज्यान गयो १ जना घाईते

संगम तिवारी 
 चैत १५ गोरखा। उत्तरी गोरखाको अति दुर्गम गाविस छेकम्पारमा वाटो खन्ने क्रममा माथिवाट आएको पहिरोले पुरीदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा छेकम्पार गाविस वडा नं ६ का ५० वर्षिय दोर्जे लामा, सोही वडाकै ३९ वर्षिय स्याङ्दे दोर्जे लामा, सोही वडाकै ४० वर्षिय खेवाङ सुन्दुक लामा, सोही वडाकी ३९ वर्षिय नवाङ लम्दुङ लामा र सोही वडाकै २३ वर्षिय डजम लामा रहनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यस्तै पहिरोले किचेर छेकम्पार गाविस वडा नं ६ कै २३वर्षिय सिरिङ दोर्जे लामा घाईते भएको र स्थानीय स्तरमा उपचार भएको र उहाँको स्थिति सामान्य भएको पनि प्रहरीले जनाएको छ । छेकम्पार गाविस वडा नं ७ रहेको लारमा माच्छे हिड्नका लागी वनाईएको सो छोडेटो वाटो खन्ने क्रममा पहिरो आएको हो ।

छेकम्पार गाविसवाट छिमेकी देश चिनको तिव्वत जाने सो वाटज्यादै धराप भएकाले निर्माण गर्न लागेको पहिरोमा किचेर घाईते भएका सिरिङ दोर्जे लामाले जनाउनुभयो । गोरखा सखरमुकाम देखि उक्त घटना भएको ठाउँ पुग्ने हिडेर ७ दिन तथा ५२ कोषमा पुग्न सकिन्छ । यो नै गोरखाको तिव्वत पुग्ने अन्तिम गाविस हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae