Sahara Sansar

Friday, March 25, 2011

कस्तो अनौठो चलन!

चन्द्रश्वर बस्ताकोटी
 मुस्ताङ । धेरैलाई लाग्न सक्छ मुस्ताङको चैले गाउँमा भेला भएका छुसाङ गाबिस घ्याकरका बासिन्दा जुवा खेलीरहेका छन् । तर तपाईले गरेको यस्तो अनुमान गलत पनि हुन सक्छ ! यहाँ कुनै सामाजीक काम गर्नुप¥यो भने जुवा खेले झै गरि हार्ने र जित्नेलाई सोही अनुसार कामको बाँडफाड गर्ने प्रचलन छ ।
     
कुनै सामुहीक काम गर्दा सबै भन्दा पहिले गर्नुपर्ने कामलाई क्रमसंख्याको आधारमा १ देखि ६ सम्म वर्गीकरण गरिन्छ । ६ जना ले पालैपालो पासा खेल्छन् । जति संख्याको पासा पल्टियो सोही नम्बरको काम गर्नुपर्ने अनौठो चलन छुसाङ गाबिसको वडा न. ८ घ्याकरका बासिन्दाहरूका लागि भने सामान्य भएको स्थानियबासी सन्टुक गुरूङले बताए ।

भारी बोक्ने देखि बाटाघाटा निर्माण गर्ने सम्मका सामाजिक काम स्थानियबासीले यसैगरि गर्ने गर्छन् । सजिलो काम गर्न सबैको होडबाजी हुने तर असजिलो काम गर्न कसैले स्विकार नगर्ने भएकाले शताब्दी आंै पहिले देखि स्थानियबासीले यस्तो चलनको सुरुआत गरेको गुरूङ बताउँछन् ।

पासा पल्टाएर कामको छनोट गर्ने यो चलन छुसाङ गाबिसको घ्याकर गाउँमा मात्र छ । यति बेला स्थानियबासीहरू बिद्यालय भवन निर्माणका लागि फर्निचर लिन चैले आएका हुन् । शारीरीक अवस्थाले नसक्ने काम पनि पासा प¥यो भने गर्नैपर्ने हुन्छ । यस चलनका कारण सामाजिक काम गर्दा घरको कमजोर सदस्यलाई पढाउनेहरु निरुत्साहित भएका छन भने घ्याकरमा बसोबास गर्ने ५० घर परिवार यस्तो चलनका कारण सामाजिक काम गर्दा कुनै बिवाद नआउने बताउँछन् ।

कतिपय ठाँउमा स–साना सामाजिक काम गर्दा पनि आपसी बिवादमा कारण ठप्प बन्ने गरेका छन् । यस्तो अवस्थामा दुर्गम हिमाली जिल्ला मुस्ताङको घ्याकर गाउँका बासिन्दाको यस्तो चलनबाट सबैले  सकारात्मक पाठ सिक्नु आवश्यक छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae