Sahara Sansar

Saturday, March 26, 2011

तोकिएको समयमा नयाँ संविधान बन्छ :प्रचण्ड


चैत १२ काठमाडौँ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले तोकिएको समयमा नयाँ संविधान बन्ने सम्भावना रहेको बताउनु बताउनु भएको छ ।

शनिबार काठमाडौंको कीर्तिपुरस्थित मंगल माध्यमिक विद्यालयको वाषिर्कोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले विवादित विषयमा दलहरुबीच सहमति हुँदै गएकाले आगामी जेठ १४ मै संविधान बन्ने सम्भावना रहेको बताउनु भयो ।

संविधान निर्माण प्रक्रिया राज्य पुनःसंरचनाका विषयमा अड्किएको बताउदै  उहाँले मेरो नेतृत्वमा रहेको उपसमितिले १२७ विवादित विषयमा रहेको अन्तरविरोधलाई ३० ओटामा झारिसकेको छ, यसपनि बाँकी दुई महिनामा संविधान बन्नसक्छ भन्ने पुष्टि गरेको जानकारी दिनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया माओवादी लडाकूहरुको समायोजन तथा पुनःस्थापनाको मोडालिटीमा अड्किएको बताउनु भयो ।

यसमा सहमति हुनासाथ अन्य विषयमा सहमति जुट्ने शान्ति प्रक्रिया पुरा हुने उहाँको भनाई छ । प्रचण्डले शान्ति र संविधान निर्माणमा दलहरुबीच भइरहेको सहमति भाड्न प्रतिगामी तत्वहरुले षड्यन्त्र थालिसकेको बताउनु भयो ।



0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae