चैत १० काठमाडौँ। एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्तिप्रक्रिया सँगसँगै संविधान लेखनको काम तोकिएकै मितिमा नसकिएमा संविधानसभाको समय थप्न सकिने बताउनुभएको छ ।
संवाद क्लब नेपालले बिहीवार आयोजना गरेको संवादमा उहाँले लडाकू पुनःस्थापन समायोजनको काम पूरा गर्दागर्दै संविधान लेखनको काम पूरा हुन नसके सबै दलसँग सल्लाह गरेर संविधानसभाको समय थप्न सकिने विचार राख्नुभयो ।
लडाकू पुनःस्थापन र समायोजन नभए पनि संविधान बन्न सक्ने तर संविधान लेखन र शान्तिप्रक्रियाको काम सँगसँगै अगाडि बढाउनु पर्नेमा उपाध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।
वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिनुपर्ने उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसलाई पनि सरकारमा सहभागी हुनका लागि आह्वान गर्नुभयो ।
सरकार निर्माणको आधार नै सातबुँदे सहमति भएकाले सो खारेज हुन नसक्नेमा जोड दिँदै उहाँले सातबुँदे सहमतिको मूल मर्म समयमै संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउनु भएको स्पष्ट पार्नुभयो ।
एमाओवादी पार्टी भारत विरोधी नभएको स्पष्ट पार्दै उहाँले नेपालको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा आँच आउने काम भारतले गरेमा सो कार्य सैह्य नहुने बताउनुभयो ।
0 comments:
Post a Comment