Sahara Sansar

Thursday, March 31, 2011

चैते दशैं पर्वमा मुक्तिनाथ दर्शन गर्न आउनेलाई बिषेश ब्यबस्था

चन्द्रश्वर बस्ताकोटी
 चैत १७ जोमसोम । कागबेनीमा हिन्दुहरुले आफ्ना मृत पितृहरुको सम्झनामा तपर्णका साथै श्राद्धगर्ने र मुक्तिनाथ दर्शन गर्ने परापुर्वकाल देखिको चलनले मुस्ताङमा तिर्थालुहरुको आवागमन रामनवमी तथा चैते दशैं नजीकिदै गर्दा बृदिहुन थालेको छ । बर्षेनि  दशै र चैते दशैका बेला तिथालुहरुको घुइचो बढने भएकाले तिथालुहरुको सुबिधालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय मुस्ताङले आफ्नै कार्यालयमा बुधबार सर्वपक्षिय छलफल कार्यक्रमको आयोजन गदै बिभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय छलफल कार्यक्रममा रामनवमी तथा चैते दशैं पर्वमा मुक्तिनाथ दर्शन गर्न आउने तिर्थयात्रीहरुलाई बसोबासको व्यवस्थाका लागि घासामा स्थानीय क्लव, जोमसोममा महिला समूह जोमसोमलाई भवन, आवश्यक कम्वलका लागि नेपाल रेडक्रस सोसाइटी मुस्ताङ,  तिर्थयात्रीहरुको चाप बढे जनहिन उच्च माध्यामीक विद्यालयको भवन र एयरपोर्ट सामुदायीक भवनका लागि अनुरोध गरेको छ ।

तिर्थयात्रीको चाप हेरी आवश्यक टेन्ट व्यवस्था गर्न नेपाली सेना र सशस्त्र प्रहरीलाई, कागवेनीको लागि कागवेनीको जनशान्ती माध्यामिक बिद्यालय र स्थानीय सभाहल, मुक्तिनाथकोलागि झारकोट तथा मुक्तिनाथको स्थानीय सभाहल उपलब्ध गराईदिन स्थानीय समुदायलाई अनुरोध गरेको छ ।
शान्ति सुब्यबस्थाका साथै सवारी व्यवस्थालाई सहज बनाउन सरकारी सवारी साधन तन्दुरुस्त अवस्थामा राखी परिचालनको व्यवस्था गर्ने र लेतेको एम्वुलेन्स घासामा, कागवेनी र जोमसोमको एम्वुलेन्स कागवेनी र मुक्तिनाथमा राख्ने व्यवस्था गर्न जिल्ला स्वास्थ्य र जिल्ला रेडक्रस सोसाईटीलाई अनुरोध गरिएको छ । २८, २९, ३० गते घासा, कागवेनी र मुक्तिनाथमा तिर्थयात्रीको सुविधाको लागि स्वास्थ्य टोली खटाउन जिल्ला स्वास्थ्य कार्यालयलाई लिखत अनुरोध गरिएको छ ।

मुक्तिनाथ र कागवेनीमा चिया बिस्कुटका लागि मुस्ताङ जिप व्यवसायी समिति र जिल्ला विकास समितिलाई, मुक्तिनाथ, कागवेनीको सरसफाईका लागि जनपथ, सशस्त्र र नेपाली सेनालाई अनुरोध गदै र आवश्यक सामाग्रीका लागि जिल्ला विकास समितिलाई अनुरोध गरिएको छ । जोमसोम मुक्तिनाथ सडक खण्डमा बिग्रिएको बाटो मर्मत गर्न आवश्यक गिट्टीको रकमका लागि जिल्ला विकास समिति र लेबर खर्च जुटाउन जिप व्यवसायी समिमिलाई अनुरोध गरिएको छ ।
तिर्थालुको सुबिधाका लागि मार्फाको एक्लेभट्टी, जोमसोमको गणेशमन्दिर, कागबेनी तपर्णस्थल सगैको धर्मशाला र मुक्तिनाथको रानपौवामा धर्मशालाहरु निरन्तर सचालित हुदै आएका छन । तिर्थालुलाई धर्मशालाले निशुल्क खाने बस्ने ब्यबस्था गदै आएको रानीपौवाका स्वामी इन्द्रले बताउनु भयो । गत बर्षहरुमा तिर्थालुहरुको चापले गर्दा होटल एव धर्मशालाहरु समेत नपाएर बाहिरै बस्न अवश्था यो बर्ष जिल्ला प्रशासन कायालयमा भएका महत्वपुर्ण निणयले समाधान गर्नेमा आफु आसाबादी भएको स्वामीको भनाइ रहेको छ ।

कार्यक्रममा राजनितिक दलका जिल्लानेता, स्थानिय बिकास अधिकारी, सचारकर्मी, ब्यबसायी, स्थानिय युवा एव महिला समुह सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae