Sahara Sansar

Saturday, March 26, 2011

भन्सार छुट दिने निर्णयको नेपाल विद्युतीय व्यवसायी महासङ्घद्वारा स्वागत


चैत १२ काठमाडौँ । सरकारले सिएफएल चिमको प्रवद्र्धनका लागि आयतमा भन्सार छुट दिने निर्णय गरेकोमा नेपाल विद्युतीय व्यवसायी महासङ्घले त्यसको स्वागत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले हालै व्यवस्थापिका संसदमार्फत सो चिमको आयतमा केही प्रतिशत भन्सार छुट दिने जानकारी दिनुभएको थियो ।

महासङ्घको प्रथम वार्षिक साधारणसभाका सहभागीले  सो निर्णयको स्वागत गर्दै यसबाट वर्तमान लोडसेडिङ अन्त्यका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री अधिकारीले साधारणसभाको उद्घाटन गर्दै दुई वर्षभित्र दैनिक लोडसेडिङको समय १२ घण्टा घटाउन ऊर्जा सङ्कटकाल घोषणा गरिएको बताउनुभयो ।उहाँले भन्नुभयो ‘सरकार र निजी क्षेत्रको सहकार्यबाट विद्युत् उत्पादन बढाउन प्राथमिकता दिनुपर्छ ।’

सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक जिभेन्द्र झाले विद्युत् उत्पादन कम र माग अत्यधिक भएकाले नै लोडसेडिङको समय दिन प्रतिदिन बढिरहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले लोडसेडिङका कारण उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae