Sahara Sansar

Thursday, March 24, 2011

नेपाल भुतपुर्व सैनिक कल्याणकारी सेवाको तेश्रो महाधिबेसन सम्पन्न

चन्द्रश्वर बस्ताकोटी
  चैत १० म्याग्दी। नेपाल भुतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्र बेनीको दशौ बार्षिक उत्सव तथा तेश्रो महाधिबेसन म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको छ ।

बार्षिक उत्सव तथा महाधिबेसनको अवसरमा धौलागिरीका चार जिल्लाका साथै कास्की स्याङजा तनहु लगायतका जिल्लाबाट भुपु सैनिकहरु बेनी आएका थिए ।

सो अवसरमा भुपु सैनिकहरुले नयाँ संबिधानमा भुपु सुैनिकहरुको अधिकार,सेवा सुबिधा बृद्धि र समयमै नया संबिधान निर्माण लगायतका नारा लगाउदै बेनी परिक्रमा गरेका थिए । सो बार्षिक उत्सव तथा महाधिबेसनको म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवानले उदघाटन गर्नुभएको थियो । सो महाधिबेसनमा मगर संघ म्याग्दीका कोषाध्यक्ष मोहन प्रसाद थकाली, कल्याणकारी सेवा केन्द्रका सल्लाहाकार तुलबहादुर छन्त्याल, क्या डमबहादुर पुन,मेजर चन्द्रबहादुर पुन, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मर्सानी,नागरिक समाजका अध्यक्ष शुदर्सन कुमार श्रेष्ठ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

सो कार्यक्रमको सञ्चालन महासचिव देउप्रसाद छन्त्याल,स्वागत उपाध्यक्ष अमृतकुमार श्रेष्ठ र अध्यक्षता क्या मिनबहादुर कार्कीले गर्नुभएको थियो । सहभागि भुपु सैनिकहरुले बिबिध सेवाहरुमा राज्यले ध्यान दिनुपर्ने बताएका  थिए ।

यसैविच बिहिबार साझँ सम्पन्न भएको तेश्रो महाधिबेसनबाट साझँ सम्पन्न भएको महाधिबेसनबाट  क्याप्टेन उपाध्यक्षमा ढम बहादुर पुन,महासचिवमा देउप्रसाद छन्त्याल, कोषाध्यक्षमा मनप्रसाद थजाली यस्तै सदस्यहरूमा क्याप्टेन जसबहादुर तिलिजा,क्याप्टेन रविन्द्र पुन, क्याप्टेन अमलाल फगामी, सुबेदार देव बहादुर पुन,सुबेदार थमबहादुर पुन लगाएत रहेका छन।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae