Sahara Sansar

Wednesday, March 30, 2011

आन्तरिक विचारको बहसका कारण पार्टी नफुट्ने: डा. बाबुराम भट्टराई

चैत १६ दोलखा। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी भित्रको आन्तरिक विचारको बहसका कारण पार्टी नफुट्ने बताउनु भएको छ । डा. भट्टराईले पार्टी फुट्दै छ भन्ने हल्ला फिँजाएर आतंकित पार्ने काम भईरहेकाले त्यसबाट सतर्क हुन पनि आग्रह गर्नु भयो । हाम्रो रेडियो १०३.४ मेगाहर्जको चौथो वार्षिकोत्सव समारोहमा सहभागी हुन सदरमुकाम चरिकोट आउनु भएका डा. भट्टराईले पार्टी भित्र सही विचारको चलखेल गर्न दिएको खण्डमा मात्र पार्टीको जीवन फस्टाउने र त्यसले पार्टीलाई झन् बलियो बनाउने बताउनु भयो ।

वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै डा. भट्टराईले देशलाई लोकतन्त्रको सही मोडल दिनका लागि राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र पनि मजुबद हुनुपर्नेमा जोड दिनु भएको छ । जनताबाट चुनिएर गएका ठुला दलका नेताहरुले अहिले राजा महाराजा ठान्ने प्रवृत्तिका कारण देशमा संकट निम्तिएको डा. भट्टराईको टिप्पणी थियो  । त्यस अवसरमा डा. भट्टराईले  संविधान निर्माणका लागि २ महिनाको समय बाँकी रहेकाले संविधान निर्माणका लागि सबै नेपालीले खबरदारी गर्न बेला भएको बताउँदै कुर्सीको झगडाका कारण देशमा खतरा निम्तने र जसबाट अहिलेको राजनीतिक उपलब्धि गुम्न सक्ने प्रति सजक रहन आग्रह गर्दै संविधान निर्माण गर्ने अवसर गुम्न गएमा देश प्रतिगमन तिर फर्कने बताउनु भयो ।

तीन वर्ष अघि स्थापना भएको हाम्रो रेडियोले वार्षिक उत्सवको अवसर पारेर आजदेखि आफ्नैे नवनिर्मित भवनबाट प्रसारण सुरु गरेको छ । रेडियोको नवनिर्मित भवनको पनि डा. भट्टराईले  उद्घाटन गर्नुृ भएको थियो । वार्षिक उत्सवको अवसरमा रेडियो क्रियाशिल पत्रकारिता पुरस्कारबाट रेडियोकै समाचार प्रमुख लक्ष्मण खड्कालाई सम्मान गरेको छ । साथै विभिन्न क्षेत्रलाई रेडियोलाई सहयोग गर्नेलाई पनि सम्मान गरिएको छ ।

त्यसअघि डा. भट्टराईले दोलखाको लाँकुरीडाँडा गाविसको हलहलेमा रहेको गौरीशंकर रेन्बो ट्राउट माछा एग्रो फार्मको पनि उद्घाटन गर्नुभएको थियो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae