Sahara Sansar

Monday, March 28, 2011

रसुवाको गतलाङ गाउँमा पर्यटकका लागि ‘होम स्टे’सञ्चालन

कूल तामाङ्
 चैत १४ रसुवा।पर्यटन वर्ष २०११ लाई लक्ष्य गर्दै तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ गाउँमा पर्यटकका लागि ‘होम स्टे’सञ्चालन गरिएको छ । उत्तरी रसुवाको गतलाङ गाउँमा आगन्तुक पर्यटकलाई गुणस्तरीय खानपिन र बसोबासको व्यवस्था मिलाई प्राप्त आयले जीवनस्तरमा सुधार ल्याउन गत हप्तादेखि आफूले आठवटा शैया क्षमताको होम स्टे सञ्चालनमा ल्याइसकेको र पर्यटकहरू नयाँ होमस्टेमा बस्न सुरु गरिसकेको राजेश लामाले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उत्पादन भएको मकै, कोदो र जौको पिठोबाट तयार भएको ढिँडो र सिस्नु, सिमी, मुला र आलु एवम् सागबाट बनेका तरकारी खुवाउने गरेको छु,लामाले भन्नुभयो–मैले सञ्चालनमा ल्याएको होम स्टेमा बस्न आएका पर्यटक स्थानीय खानाबाट नै प्रफुल्ल भई फर्कनथालेका छन् ।

तामाङ संस्कृतिमा वैभवशाली गतलाङ क्षेत्रको प्रचारप्रसारबाट पर्यटक भित्र्याई स्थानीय रसास्वादन दिलाउन होम स्टे व्यवस्थापन समिति गठन गरिसकेको र अन्य सातवटा होम स्टे सञ्चालनमा ल्याउने अन्तिम तयारी भइसकेको बताइएको छ ।

यस्तै,पर्यटन कार्यक्रमअन्तर्गत पाँच वर्षअगाडि देखि सञ्चालनमा आएको सामुदायिक पर्यटकीय लजले पाहुनाहरू माझ सेवा पु¥याउन धौधौ बनिरहेका बेला नयाँ होम स्टेले पर्यटकलाई आकर्षण गरेको पर्यटन व्यवसायीहरूले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae